Dictionary

All Word

93451 हस्तिकर्णी पलाँस ना. एउटै पातको डाँठबाट तीनतीनवटा पात निस्कने संयुक्त पात भएको, मञ्जरीका भावको गाढा रातो वा सुन्तला रङको फूल फुल्ने, आयुर्वेदअनुसार कृमि, पखाला र आउँलाई निको पार्ने तथा सर्पको बिख मार्ने मानिएको (लेगुमिनोसी समूहको) एक बोट।
93452 हस्तिनी ना. १. पोथी हात्ती; ढोई।
93453 हस्तिनी ना. २. कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये रोमयुक्त तथा स्थूल काय हुने, धेरै खाने र कामवासना प्रबल भएकी स्त्री।
93454 हस्ती ना. हात्ती; गज।
93455 हस्ते क्रि.वि. अर्काको हात हुँदै; कसैको हातमा; मार्फत।
93456 हस्तेवारी ना. कुनै वस्तु कसैको मार्फत पाउने वा पठाउने काम।
93457 हत्यायुर्वेद ना. हात्तीको चिकित्साविषयमा लेखिएको शास्त्र।
93458 हस्त्यारोही ना. १. हात्तीको सबार। वि.
93459 हस्त्यारोही ना. २. हात्ती चढ्ने।
93460 हस्याङफस्याङ क्रि.वि. हतारमा आत्तिएर दौडँदा गर्मी वा थकाइले स्वाँस्वाँ गर्ने गरी।
93461 हस्स क्रि.वि. १. सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स।
93462 हस्स क्रि.वि. २. जिल्लिने गरी; निराश हुने चालले।
93463 हह वि.बो. गाईगोरु धपाउँदा भनिने शब्द |
93464 हाँ वि.बो. १. अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द।
93465 हाँ वि.बो. २. मन्जुरी वा स्वीकृति |
93466 हाँक ना. १. प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आहवान; ललकार; हुङ्कार।
93467 हाँक ना. २. कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम।
93468 हाँक ना. ३. आँट; हिम्मत; साहस।
93469 हाँकडाँक ना. हप्कीदप्की।
93470 हाँकिनु क.क्रि. १. हाँक्ने काम गरिनु; हाँक दिइनु।
93471 हाँकिनु क.क्रि. २. बग्गी, मोटर आदि चलाइनु।
93472 हाँकिनु क.क्रि. 3. फर्माएर वा बढाई चढाई कुरा गरिनु।
93473 हाँकोडाँको ना. १. तारन्तारको बोलावट ठुलो स्वरको बोलाइ।
93474 हाँकोडाँको ना. २. हारगुहार |
93475 हाँक्नु स.क्रि. १. शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिन ललकार्नु।
93476 हाँक्नु स.क्रि. २. हैकम चलाउनु; अह्राउनु।
93477 हाँक्नु स.क्रि. ३. हिम्मतका साथ कुनै गौरवपूर्ण कामलाई अगाडि बढाउनु; आँट गर्नु।
93478 हाँक्नु स.क्रि. ४. मोटर, बग्गी, वायुयान आदि सवारी चलाउनु।
93479 हाँक्नु स.क्रि. ५. चमर; पङ्खा आदि हल्लाएर हावा निकाल्नु; हम्कनु।
93480 हाँक्नु स.क्रि. ६. फुर्माएर वा बढाई चढाईकन कुरा गर्नु; गफ चुट्नु।
93481 हाँगा ना. हाँगो |
93482 हाँगाबिंगा सानातिना धेरै हाँगा; ठुलो हाँगो र त्यसमा पलाएका साना हाँगा |
93483 हाँगिनु अ.क्रि. कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु।
93484 हाँगे वि. १. हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि)।
93485 हाँगे वि. २. बढी औंलो पलाएको (व्यक्ति)।
93486 हाँगेटिको ना. तीन हाँगा भएको, आइमाईले निधारमा लाउने टीको।
93487 हाँगो ना. १. रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा।
93488 हाँगो ना. २. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी।
93489 हाँगो ना. ३. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा।
93490 हाँडाचिन्डा ना. १. माटाका भाँडा र लौका, तुम्बी आदिका भाँडा।
93491 हाँडाचिन्डा ना. २. भाँडाकुँडाका लागि तुच्छार्थबोधक शब्द।
93492 हाँडी ना. मकै, खट्टे, चिउरा आदि भुट्ने कसौडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी।
93493 हाँडीओढार ना. हाँडीका आकारको वा हाँडीजस्तो अँध्यारो ठुलो ओडार |
93494 हाँडीखउडे वि. १. अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे। ना.
93495 हाँडीखउडे वि. २. त्यस्तो मानिसलाई गाली गर्दा प्रयोग गरिने शब्द |
93496 हाँडीगाग्रा ना. मकै भुट्ने हाँडी र पानी ओसार्ने, हाल्ने गाग्राधैँटाहरू।
93497 हाँडीघोप्टे वि. १. कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको।
93498 हाँडीघोप्टे वि. २. सबै आफू मात्र खाऊँ भन्ने; भएभरको खान खोज्ने (व्यक्ति)।
93499 हाँडी घोप्ट्याएजस्तो वि. ज्यादै अँध्यारो; अति कालो।
93500 हाँडे ना. कानका फेदमा च्यापुका दुवैपट्टि फुकुन्डो निस्केर सुन्निने एक रोग।