Dictionary

All Word

93351 हवाई वि. २. हावामा चल्ने; हिँड्ने वा उड्ने |
93352 हवाई अड्डा ना. हवाईजहाज उड्ने वा बस्ने ठाउँ; विमानस्थल; विमानघाट |
93353 हवाई उडान ना. हवाईजहाजबाट उड्ने वा उडाउने काम।
93354 हवाई उडान बिमा ना. हवाईजहाजको उडानमा जहाजको हानिनोक्सानी भएमा सम्बन्धित कम्पनीले दिने क्षतिपूर्ति; हवाई उनको बिमा |
93355 हवाई उड्डयन आयोग ना. हवाईजहाजको उडान तथा नियमसम्बन्धी कार्य गर्नेगराउने अधिकारप्राप्त समिति।
93356 हवाई ग्राउन ना. हवाईमैदान।
93357 हवाई जहाज ना. आकाशमार्गबाट यात्रा गर्ने यान; विमान; वायुयान।
93358 हवाई डाँक ना. १. हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि।
93359 हवाई डाँक ना. २. हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था।
93360 हवाई पत्र ना. चिठी लेखेर हवाईजहाजबाट पठाइने खाम र पत्रसमेत एउटैमा भएको विशेष पत्र।
93361 हवाई बिमा ना. हवाईजहाजमा चढ्ने यात्रीहरूले गराउने बिमा।
93362 हवाई मैदान ना. हवाईजहाज उड्ने-ओर्लने ठाउँ; विमानस्थल।
93363 हवाई यातायात ना. वायुसेवाद्वारा गरिने आवतजावत।
93364 हवाई सैन्य- ना. जलसेना र थलसेनाबाहेकको, हवाईजहाजबाट युद्ध गर्ने सेना।
93365 हवाल ना. १. काम गरेर पनि जस नपाउने स्थिति; हैरानी दुर्दशा; फजिती।
93366 हवाल ना. २. अवस्था; परिस्थिति।
93367 हवाला ना. १. कुनै व्यक्ति वा वस्तुलाई अर्कासमक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी।
93368 हवाला ना. २. प्रमाण दिने उद्धरण; साक्ष्य; उल्लेख; दृष्टान्त।
93369 हवाला ना. 3. अधीनता; परतन्त्रता।
93370 हवाला ना. ४. अपराधीको पिछा गर्ने सिपाही; पहरा।
93371 हवालात ना. १. कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत।
93372 हवालात ना. २. विचाराधीन कैदीलाई राख्ने ठाउँ।
93373 हवालाती वि. १. थुनामा रहेको; हवालातमा परेको।
93374 हवालाती वि. २. हवालातसम्बन्धी; हवालातको।
93375 हवास ना. चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने) |
93376 हवास- ना. १. भुइँको चिसो नआओस् भनेर छिंडीको तलामनि गराइएको खाली ठाउँ वा प्वाल।
93377 हवास- ना. २. भान्छाको धुवाँ जाने प्वाल वा निकास; चिम्नी।
93378 हवि ना. यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ, चरु आदि हवनीय द्रव्य |
93379 हविगत ना. १. तुजुक; शक्ति; सामर्थ्य |
93380 हविगत ना. २. गिर्दै गएको आर्थिक अवस्था; दारिद्र्य।
93381 हविष्पात्र ना. यज्ञको अग्निमा हवन गर्न घिउ छुट्याउने भाँडो; घृतवहन - पात्र।
93382 हविष्य वि. १. अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र। ना.
93383 हविष्य वि. २. व्रत; यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न।
93384 हविष्यान्न ना. १. हवनयोग्य पवित्र अन्न; चरु।
93385 हविष्यान्न ना. २. पवित्र वा सात्त्विक भोजन |
93386 हवेली ना. १. खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल।
93387 हवेली ना. २. सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर।
93388 हव्य वि. १. अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ; चरु आदि)। ना.
93389 हव्य वि. २. हवन गरिने वस्तु होमका लागि छुट्ट्याइएको घिउ, चरु, तिल, जौ आदि; हवि।
93390 हव्यकव्य ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति; तर्पण; सिधा; पिण्ड आदि देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय |
93391 हसक ना. सडेगलेका वस्तुको गन्ध; हरक; हस्को।
93392 हसक्क क्रि.वि. १. सडेगलेका वस्तुबाट नमिठो गन्ध; आउने गरी; हस्को आउने चालले।
93393 हसक्क क्रि.वि. २. काम नबन्दा मन दुख्ने गरी; खिसिक्क।
93394 हसना ना. प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहेंला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना।
93395 हसबली ना. सालबसाली खातालगतमा नभएको बेठेगानको फुटकर सरकारी आम्दानी; लगत नभएको भइपरी आउने आम्दानी।
93396 हसहस क्रि.वि. छिटोछिटो खाने चालले।
93397 हसहसी क्रि.वि. हसहस।
93398 हसित ना. १. केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ। वि.
93399 हसित ना. २. फुलेको; विकसित।
93400 हसित ना. 3. उपहास वा गिल्ला गरिएको।