Dictionary

All Word

93201 हर्ने वि. हरण गर्ने; खोस्ने।
93202 हर्नेभर्ने वि. बनाउन र बिगार्न सक्ने; खोस्ने र दिने; हरण तथा भरण गर्ने; हर्ताकर्ता।
93203 हर्पी ना. १. सानो हर्पे।
93204 हर्पी ना. २. हर्पे।
93205 हर्पे ना. घिउ; तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ; हर्पी |
93206 हर्फारबडी ना. ससाना पात, पहेंला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली।
93207 हर्ष ना. चिताएको कुरो पुग्दा वा चाहेजस्तो कुनै काम बन्दा मनमा हुने आनन्द; प्रसन्नता; खुसियाली।
93208 हर्षगीत ना. उत्सव आदिमा गाइने हर्षप्रधान गीत |
93209 हर्षबढाइँ ना. १. कुनै उन्नतिको काम हुँदा हर्षले मनाइने उत्सव; हर्कबढाइँ; खुसियाली।
93210 हर्षबढाइँ ना. २. ठुलो खुसियालीमा बन्दुक, तोप आदि पड्काई गरिने उत्सव वा बढाइँ।
93211 हर्षमान् वि. हर्षित; दङ्गदास।
93212 हर्षातिरेक ना. अत्यधिक हर्ष भएको स्थिति; चारैतिरबाट सुन्न पाइने हर्षको कुरो।
93213 हर्षाश्रु ना. धेरै कालपछि प्रियजनसँग मिलन हुँदा आनन्दको उद्रेकले आँखाबाट निस्कने आँसु; प्रेमाश्रु।
93214 हर्षित वि. ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकित।
93215 हर्सन्दा ना. भइपरी आउने कामकाजका निम्ति सरकारी ढुकुटीमा जगेडा राखिछोडिने रकम; अतिरिक्त कामका लागि छुट्ट्याइएको धन।
93216 हर्सा ना. गुदद्वारको भित्रपट्टि खटिरो आउने र रगत बग्ने एक रोग; अल्काई; अर्श।
93217 हर्से वि. हर्साको रोग लागेको।
93218 हलपिराहा वि. हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस)।
93219 हलफुटाइ ना. साथीसाथी फुट्ने छुट्टिने काम।
93220 हल ना. १. खेतबारी जोतिने काठे साधन वा फलामे यन्त्र; हलो।
93221 हल ना. २. एउटा हलाले दिनभरि जोतिने जमिनको एकाइ (जस्तो- एक हलको जग्गा, एक हलको मेलो इ.) ।
93222 हल ना. ३. एउटै हलामा नारिएका गोरुको जोडी । वि.
93223 हल ना. ४. जोडा; युगल । (उदा.- ती दुई साथी एक हल भएका छन्)।
93224 हल ना. कुनै कठिन विषय, प्रश्न, समस्या आदिको समाधान; निराकरणको उपाय |
93225 हलका वि. हलुको।
93226 हलका ना. छुट्ट्याइएको क्षेत्र; निर्धारित घेरो; वृत्त; परिधि।
93227 हलकारो ना. १. चिठीपत्र आदि घरघर बाँड्दै हिँड्ने हुलाकअड्डाको निम्नतहको कर्मचारी; हुलाकी।
93228 हलकारो ना. २. हुलाकी सिपाही।
93229 हलक्क क्रि.वि. बोटबिरुवा आदि छिटै बढ्ने वा हुर्कने गरी; छिटै सप्रने चालसित।
93230 हलगोरु ना. १. एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु।
93231 हलगोरु ना. २. आपसमा प्रायः नछुट्टिने दुई व्यक्ति; जोडी दौँतर|
93232 हलचल ना. १. हल्लने, चल्ने र चलबलाउने काम |
93233 हलचल ना. २. जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल |
93234 हलधर ना. १. पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम।
93235 हलधर ना. २. लो जो व्यक्ति; ही वि.
93236 हलधर ना. ३. हलो बोक्ने; हलाले जोत्ने काम गर्ने।
93237 हल न चल वि. चल्न - चलमलाउन नसक्ने; रोगले शरीर हल्लाउनेसम्म क्षमता नभएको (व्यक्ति)।
93238 हलन्त वि. स्वररहित व्यञ्जनवर्ण अन्तमा हुने; हल् अन्तमा भएको (शब्द; जस्तो- पश्चात्; झन्; हट् इ.)।
93239 हलन्त बहिष्कार ना. प्राचीन र मध्यकालीन वाङ्मयकार एवं साहित्यिक स्रष्टाहरूको पालादेखि उच्चारणका आधारमा राम, विकास, एक आदि शब्दलाई गद्य वा पद्य दुवै विधामा विकल्पले राम्, विकास, एक् इत्यादि हलन्त रूपमा लेख्ने गरिएकोमा उक्त, वैयक्तिक हलन्त रूप लेखिनु हुँदैन र सक्छन्, भन्छन् आदि क्रियापदलाई सकछन, भनछन आदि रूपमा लेखिनुपर्छ भनी सं. १९६५ मा 'माधवी' पत्रिकाका सम्पादक स्व. राममणि आचार्य दीक्षित र उनका अनुयायीहरूले प्रस्तुत गरेको मत र सो मतसँग सम्बन्धित आन्दोलन।
93240 हलपाटे वि. जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति)।
93241 हलम्बु वि. कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ |
93242 हवाई ना. हलुवाई |
93243 हलसारो ना. १. प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषिपर्वमा पहिलो पटक हलो जोत्ने काम।
93244 हलसारो ना. २. पाडा, बाच्छा मरेको लैनो भैँसी वा गाई; हतुवा पशु।
93245 हलसारो ना. ३. बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु। वि.
93246 हलसारो ना. ४. पाडाबाछा मरेर हातले पघार्नुपर्ने; हतुवा (गाई-भैँसी); हातसारो।
93247 हलहल क्रि.वि. १. छाद्ने वा बान्ता गर्ने चाले।
93248 हलहल क्रि.वि. २. बोटबिरुवाहरू राम्रोसँग सप्रने र बढ्ने गरी।
93249 हलहलती / हलहली क्रि.वि. अझै हलहल भएर।
93250 हलहले ना. पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने एक थरी साग।