Dictionary

All Word

93051 हराइ ना. १. हर्ने भाव, क्रिया वा प्रक्रिया। हराउ (+आइ)] हराउने वा परास्त गर्ने भाव, क्रिया वा प्रक्रिया।
93052 हराइ ना. २. हराउने वा बेपत्ता हुने क्रियाप्रक्रिया।[/ हार (+आइ)
93053 हराइ ना. ३. हार्ने भाव, क्रिया वा प्रक्रिया।
93054 हराइनु क.क्रि. १. हराउने काम गरिनु; हार गराइनु।
93055 हराइनु क.क्रि. २. हरण गराइनु।
93056 हराइनु क.क्रि. ३. अ.क्रि. कुनै वस्तु वा व्यक्ति बेपत्ता होइन।
93057 हराउनी ना. १. मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी।
93058 हराउनी ना. २. हराउने स्थिति वा काम |
93059 हराउनु स.क्रि. १. कुनै प्रतियोगिता वा मुद्दामामिलामा अर्को पक्षलाई परास्त गर्नु; हार गराउनु; जित्नु।
93060 हराउनु स.क्रि. २. दमन गर्नु; ड्याक्नु।
93061 हराउनु अ.क्रि. १. कुनै वस्तु अन्यत्र पुगेर बेपत्ता हुनु; लापता हुनु; गुम्नु।
93062 हराउनु अ.क्रि. २. राखेका ठाउँको वस्तु नदेखिने हुनु; अदृश्य बन्नु; फेला नपर्नु; अलप वा लुप्त हुनु।
93063 हराउनु अ.क्रि. ३. टुङ्गो बिर्सनु।
93064 हराउरी ना. १. हार्नेलाई लाग्ने दण्ड। विप. जिताउ।
93065 हराउरी ना. २. हराउनी।
93066 हराम वि. १. नियम, अनुशासन, आज्ञा वा अहोट नमान्ने; हत्तेरो।
93067 हराम वि. २. काम नलाग्ने; दुष्ट नजाती; अनुचित।
93068 हराम वि. ३. त्याग्नुपर्ने; निषिद्ध। ना
93069 हराम वि. ४. अधर्म; पाप; बेइमानी।
93070 हरामखोर वि. १. पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने।
93071 हरामखोर वि. २. सित्तैँमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी।
93072 हरामखोरी ना. केही उद्योग नगरीकन अर्काको कमाइ खाने काम।
93073 हरामजादा ना. १. साह्रै दुष्ट वा बदमास व्यक्ति।
93074 हरामजादा ना. २. हरामीको छोरो।
93075 हरामी वि. १. खराब; दुर्जन। ना.
93076 हरामी वि. २. व्यभिचारबाट उत्पन्न पुरुष।
93077 हरि ना. १. ईश्वर; भगवान्।
93078 हरि ना. २. विष्णु।
93079 हरि ना. ३. सूर्य।
93080 हरि ना. ४. चन्द्रमा।
93081 हरि ना. ५. बाँदर।
93082 हरि ना. ६. दयाको भाव; दैवी गुण। (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ)।
93083 हरि पू. स. विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल, हरिलट्ठक, हरिलम्फु आदि)।
93084 हरिकङ्गाल वि. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम |
93085 हरिकीर्तन ना. हरिको गुणगान वा भजन; ईश्वरभजन।
93086 हरिचन्दन ना. १. हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड - चन्दन।
93087 हरिचन्दन ना. २. पाँच प्रकारका देवतरुमध्ये मगमगाउँदो काठ भएको एक तरु।
93088 हरिचन्दन ना. ३. कमलको पराग।
93089 हरिचन्दन ना. ४. केशर।
93090 हरिचन्दन ना. ५. चन्द्रमाको किरण।
93091 हरिजन ना. १. एक मात्र हरिमा समर्पित हुने भक्त।
93092 हरिजन ना. २. परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थी नाम |
93093 हरिटट्टु वि. १. हारेर टाट भएको; सिरीखुरी भएको।
93094 हरिटट्टु वि. २. हरिलट्ठक।
93095 हरिण ना. ठुलठुला मोहक आँखा हुने र गीत वा सङ्गीतको धुन सुन्न मन पराउने एक बनैया जन्तु; मृग।
93096 हरिणाक्षी वि. हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री)।
93097 हरिणी ना. १. पोथी हरिण; मृगी।
93098 हरिणी ना. २. कामशास्त्रमा वर्णित चार प्रकारका स्त्रीमध्ये एक; चित्रिणी।
93099 हरिणी प्लुता ना. विषम पाउमा क्रमशः तीन सगण, एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण, दुई भगण र एक रगण हुने वार्णिक छन्द |
93100 हरित वि. १. हरियो रङ भएको; हरियो। ना.