Dictionary

All Word

92901 हनुमन्ते ना. २. अनुचित रूपले वा अचाक्लीसँग खाने व्यक्ति; हन्तकाली।
92902 हनुमन्ते ना. ३. काठमाडौँ उपत्यकामा भक्तपुरको दक्षिणतर्फ बग्ने एक खोलो।
92903 हनुमान् ना. १. रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार | वि.
92904 हनुमान् ना. २. ठुलो र लामो च्युँडो भएको।
92905 हनुमान् ना. ३. बलवान्; वीर; शक्तिशाली।
92906 हनुमान् ढोका ना. काठमाडौँको वसन्तपुरस्थित मूल ढोकामा हनुमान्को मूर्ति रहेको प्राचीन राजदरबार वा त्यसकै मूलढोका।
92907 हन्को ना. ज्वराको ताप वा तीव्र वेग।
92908 हन्टर ना. घोडा चढ्दा घोडाको गतिमा तीव्रता ल्याउन पिठिउँमा पिट्ने छालाको डोरी वा सिप्केनी; कोर्रा; चाबुक।
92909 हन्डर ना. कामकुरो गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर, त्रिपन्न ठक्कर - उखान )।
92910 हन्ड्याङहुन्डुङ क्रि.वि. मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी।
92911 हन्तकाली वि. १. जतिबेला पनि खाइरहने; जति खाए पनि नअघाउने; अगस्ती।
92912 हन्तकाली वि. २. असन्तोकी।
92913 हन्तकाले वि. हन्तकाली।
92914 हन्न क्रि.वि. एकाएक ज्वराको ताप बढ्ने गरी।
92915 हन्बेर्नु/हन्बेर्नो ना. १. तातेको भाँडो वा भाँडाको बिँड समात्ने हतियार वा झुम्रो ( सनासो, लँडो आदि)।
92916 हन्बेर्नु/हन्बेर्नो ना. २. फलामको काम गर्ने कालिगडहरूले आगो तह लाउने, टुप्पो घुमेको लामो ज्याबल। ३ बाध्यतावश संरक्षण दिनुपर्ने वस्तु वा व्यक्ति; घाँडो।
92917 हन्बेर्नु/हन्बेर्नो ना. ४. कुनै काम नलाग्ने व्यक्ति; हल्लौंडो।
92918 हप- ना. पाङ्ग्राका बिचमा रहने फलाम वा काठको लामो डन्डी; धुरा।
92919 हपक्क क्रि.वि. हावा नचलेको बेलामा कडा गर्मी हुने गरी; गर्मी, राप आदि सहसा अनुभव हुने चालले।
92920 हपहप क्रि.वि. १. ज्यादा गर्मी भएर गुम्सिने हुने किसिमले; हपहपी।
92921 हपहप क्रि.वि. २. ठुलाठुला गाँस हालेर खाँदै; खपखप।
92922 हपहपती/ हपहपी क्रि.वि. अझै हपहप हुने गरी।
92923 हपार्नु स.क्रि. १. बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु।
92924 हपार्नु स.क्रि. २. ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु।
92925 हपाराइ ना. हपार्ने भाव, क्रिया वा प्रक्रिया।
92926 हपारिनु क.क्रि. हपार्ने काम गरिनु।
92927 हपाप क्रि.वि. ठुलठुला गाँस हालेर खाने गरी; हपहप |
92928 हप्कनु अ.क्रि. १. अरूको हप्कीदप्कीले डराउनु; तर्सनु; दच्कनु।
92929 हप्कनु अ.क्रि. २. पिठिउँ छुट्टिएलाजस्तो गरी दुख्नु।
92930 हप्कनु अ.क्रि. ३. धर्ती फाटेका ठाउँमा छुट्टिन खोज्नु।
92931 हप्काइ ना. हप्कने हप्काउने भाव, क्रिया वा प्रक्रिया |
92932 हप्काइनु क.क्रि. हप्काउने काम गरिनु; हप्की दिइनु।
92933 हप्काउनु स.क्रि. १. कामकुरो बिग्रेमा गाली; गर्नु वा हकार्नु हप्की दिनु हपार्नु।
92934 हप्काउनु स.क्रि. २. त्रास वा डर देखाउनु सावधान गराउनु।
92935 हप्की ना. १. कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम खप्की।
92936 हप्की ना. २. रल्लिने; बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऐँचन।
92937 हप्कीदप्की ना. हप्काउने र गाली गर्ने काम; तह लाउन कडाइसित गर्ने काम।
92938 हप्ता ना. सात दिनको समय; साता; सप्ताह।
92939 हप्तावारी वि. १. हरेक हप्तामा गरिने वा दिइने ( काम वा ज्याला आदि)।
92940 हप्तावारी वि. २. सातसात दिनको; साप्ताहिक।
92941 हप्प क्रि.वि. कडा गर्मीले सताउने गरी; हावा नचलेर गुम्सँदै।
92942 हप्याक ना. तिर्खा, थकाइ आदिले कष्टसित सास फेर्ने चाल।
92943 हप्याकहप्याक क्रि.वि. १. लगातारको हप्याकका साथमा। ना.
92944 हप्याकहप्याक क्रि.वि. २. ढाडको करकरी दुखाइ।
92945 हप्याकहप्याक क्रि.वि. ३. धर्ती फाट्ने चाल।
92946 हप्याक्क क्रि.वि. हप्याक चालसित एकै खेपमा।
92947 हबलदार ना. सिपाहीभन्दा माथि र जमादारभन्दा मुनिको सैनिक वा जगी कर्मचारी |
92948 हबलदारी ना. हबलदारको पद वा काम।
92949 हबला ना. मल्लकालीन राजाहरूका पालामा प्रचलित प्रसिद्ध राजचिह्न (आसागुर्जा, गदा, सोँठा, सिंहध्वज, चमर, पखा, दण्ड आदि)।
92950 हबलामाल ना. राजकीय पर्व वा माङ्गलिक उत्सवमा नियत कर्मचारीहरूद्वारा बोकिने उपर्युक्त राजचिह्न।