Dictionary

All Word

92801 हण्डी ना. २. सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त।
92802 हत वि. १. ज्यान लिइएको; मारिएको। २ घाइते पारिएको।
92803 हत वि. ३. उत्साह भङ्ग भएको।
92804 हतक वि. १. मृत; मरेको; मुर्दा।
92805 हतक वि. २. तुच्छ; नीच; अधम।
92806 हतकडी ना. कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नदिन नारीमा लगाइने फलामे कडी वा बाला।
92807 हतचेत/हतज्ञान वि. १. चेतना हराएको; बेहोस।
92808 हतचेत/हतज्ञान वि. २. सुद्धी हराएको।
92809 हतपत ना. कुनै कामकुरो छिटै सिद्ध्याउनका निम्ति हतारिने चाल; हडबड; हतार।
92810 हतपताइ ना. हतपताउने भाव, क्रिया वा प्रक्रिया |
92811 हतपताइनु अ.क्रि. हतपत गरिनु।
92812 हतपताउनु अ.क्रि. १. हतपत गर्नु; हतारिनु।
92813 हतपताउनु अ.क्रि. २. कुनै काम गर्न चञ्चल हुनु।
92814 हतपतिनु अ.क्रि. हतारिनु।
92815 हतपती क्रि.वि. १. हतपत गरेर; चाँडो।
92816 हतपती क्रि.वि. २. सितिमिति; हत्तपत्त।
92817 हतपते वि. हतपत गर्ने बानी भएको; हडबडे; चटपटे।
92818 हतप्रभ वि. १. प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन |
92819 हतप्रभ वि. २. परास्त।
92820 हतबुद्धि वि. बुद्धि मरेको; बुद्धिहीन।
92821 हतभागी / हतभाग्य वि. भाग्य नभएको; भाग्यहीन; अभागी |
92822 हतर ना. घाँटी सानो हुने तामा, पित्तल आदिको सानो गाग्रो; घल्चा।
92823 हतश्री वि. १. मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन।२. सौन्दर्य हराएको; ओइलाएको; म्लान।
92824 हतार ना. चाँडो गर्न आत्तिएको स्थिति; चटारो; हतपत।
92825 हतारपतार ना. हडबडी; हतपत।
92826 हतारिनु अ.क्रि. छिटोछिटो काम सक्न आत्तिनु; चटारिनु; आत्तिनु।
92827 हतारो ना. हतार।
92828 हता ना. हतारिने भाव, क्रिया वा प्रक्रिया।
92829 हताश वि. आशा मरेको वा मेटिएको; हतोत्साह; निराश |
92830 हतासो ना. गुन्द्री आदि बुन्ने हाते साँचो |
92831 हताहत वि. हत र आहत; मारिएको र घाइते पारिएको।
92832 हतिनी ना. हात्तीको पोथी; ढोई।
92833 हतिनु स.क्रि. हातमा आउनु; रतिनु।
92834 हतियार ना. १. हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरबार, बन्दुक आदि); काट्ने औजार।
92835 हतियार ना. २. काट्ने खन्ने आदि काम गर्ने उपकरण (कुटो; कोदालो; घन; साबेल इ.); औजार ३ साधन; उपकरण; ज्याबल।
92836 हतियारबन्द वि. हतियार भिरेको; सशस्त्र।
92837 हतुवा वि. १. दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पार्नुपर्ने (गाई; भैँसी आदि)।
92838 हतुवा वि. २. हातले काम गर्ने।
92839 हतुवापतुवा वि. सहायक; मदतगार।
92840 हतोत्साह वि. उत्साह सेलाएको; आँट वा जाँगर मरेको।
92841 हतोत्साहित वि. उत्साह भङ्ग गराइएको; हिम्मत वा जाँगर टाइएको।
92842 हतौडा ना. हतौडोको तिर्यक् रूप |
92843 हतौडी ना. १. श्राद्ध, यज्ञ, पूजा आदि गर्दा गराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी।
92844 हतौडी ना. २. सुन, चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो।
92845 हतौडो ना. ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो धन; होत्रो।
92846 हत् वि.बो. चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा, तिरस्कार, घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द; धत्।
92847 हत्केलो ना. हथुङ्गा र औँलाका फेदका मा गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हथुङ्गोको माथिल्लो भाग।
92848 हत्त न पत्त क्रि.वि. एकदम हतारिंदै; चटाकसँग।
92849 हत्तपत्त क्रि.वि. १. छिटो; चाँडो।
92850 हत्तपत्त क्रि.वि. २. सितिमिति; हतपती।