Dictionary

All Word

92651 हगन गौंडी / गौंडो ना. गौँडो र छेको परेको, हग्नका लागि चल्तीको ठाउँ; गुहेगौँडी; पाइखाना।
92652 हगने वि. खाएर दिसा गर्नुबाहेक केही काम नगर्ने।
92653 हगाइ ना. हग्ने भाव, क्रिया वा प्रक्रिया।
92654 हगाइनु क.क्रि. हग्न लाइनु।
92655 हगाउनु प्रे. क्रि. हग्न लाउनु।
92656 हगास ना. तारन्तार लाग्ने दिसा; झाडा; छेरपटी।
92657 हगासन ना. ठाडो गरी दुवै खुट्टा खुम्च्याएर चाक झुन्डिने गरी पैतालाले टेक्ने आसन; हग्न बस्दा बन्ने आसन।
92658 हगि वि.बो. हो कि होइन; होइन त; हकि।
92659 हगिनु क.क्रि. हग्ने काम गरिनु; दिसा गरिनु।
92660 हगुवा वि. १. तारन्तार हगिरहने; दिसा लागिरहेको।
92661 हगुवा वि. २. जहाँ पायो त्यहीँ दिसा गर्ने; बाटाकुबाटामा हग्ने ( केटाकेटी)।
92662 हग्नु स.क्रि. १. खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु।
92663 हग्नु स.क्रि. २. अन्यायसित लगेको धन फिर्ता गर्नु।
92664 हग्नु स.क्रि. ३. पैदा गर्नु; जन्माउनु (तुच्छार्थमा )।
92665 हङ्गामा ना. १. दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा।
92666 हङ्गामा ना. २. होहल्ला; कोलाहल; हलचल।
92667 हड्रायो ना. पाङ्ग्रो, बल्ड्याङ्ग्रो आदि खाने स्यालजस्तो एक बनैया जन्तु।
92668 हचक ना. हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ।
92669 ह-चार ना. मानवसभ्यताका लागि आवश्यक चार गुण- होरो; हृदय; हात; हष्टता (फोर - एच)।
92670 ह- चार क्लब ना. चारपाते क्लब।
92671 हचिनु ना. विभिन्न आकारका पात भएको; थुंगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेँलो रङको हुने, तिसदेखि साठी मिटरसम्म अग्लो झारविशेष।
92672 हचुवा वि. १. नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल)।
92673 हचुवा वि. २. तर्क वा प्रमाणबाट सिद्ध नभएको (नीति वा सिद्धान्त)। ना.
92674 हचुवा वि. ३. नापजोख र गन्ती नगरी अन्दाज गरिएको मोल।
92675 हच्कनु अ.क्रि. १. डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु।
92676 हच्कनु अ.क्रि. २. अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु; आँट हराउनु।
92677 हच्काइ ना. हच्कने तथा हच्काउने भाव, क्रिया वा प्रक्रिया।
92678 हच्काइनु क.क्रि. हच्काउने काम गरिनु; दच्काइनु।
92679 हच्काउनु स.क्रि. १. विपत्ति वा त्रास देखाएर हतोत्साह पार्नु।
92680 हच्काउनु स.क्रि. २. दच्काउनु।
92681 हच्किनु अ.क्रि. १. हच्कने काम गरिनु; दच्किनु।
92682 हच्किनु अ.क्रि. २. हच्कनु।
92683 हच्को ना. हच्कने काम वा स्थिति; हच्काइ।
92684 हच्क्याइ ना. हच्किने भाव, क्रिया वा प्रक्रिया।
92685 हच्क्याहट ना. हच्किने भाव, क्रिया वा अवस्था; हच्क्याइ।
92686 हज ना. मुसलमानहरू कावाको दर्शनका लागि मक्का जाने काम।
92687 हज कमिटी ना. हज गर्न जानेहरूका लागि व्यवस्था मिलाउन गठन गरिएको कमिटी।
92688 हजम ना. १. खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन।
92689 हजम ना. २. भएभरको खाना खाइसिध्याउने काम।
92690 हजम ना. ३. अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप।
92691 हजाम ना. कपाल खौरने वा बनाउने पेसा भएको जाति; नाऊ; नापित।
92692 हजामत ना. कपाल, दाह्री आदि कत्रने, खौरने वा बनाउने काम; क्षौर कर्म।
92693 हजार ना. १. दश सयको सङ्ख्या; १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या वि.
92694 हजार ना. २. दश सय; सहस्र सङ्ख्याको।
92695 हजार वि. हजारौँ।
92696 हजारा ना. धारा, फोहरा आदिको टुटीमा जडिएको धेरै ससाना छिद्र भएको साधन; हजारी।
92697 हजारिया वि. १. धेरै हजार सम्पत्ति भएको; धनाढ्य। ना.
92698 हजारिया वि. २. सेठ; महाजन।
92699 हजारिया वि. ३. एउटै घारीमा थुप्रै मसिना कोसा फल्ने एक जातको केरा; घिउ
92700 हजारी ना. फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा।