Dictionary

All Word

92551 हँकुवा वि. २. हाँक्ने व्यक्ति; चालक।
92552 हँखी ना. सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रङको धागो बेर्ने सानो लट्टाई।
92553 हँगालो ना. १. जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ।
92554 हँगालो ना. २. त्यसरी छापिएका हाँगाबिँगा।
92555 हँडिक ना. रुपियाँ, पैसा वा यस्तै अन्य वस्तु केही समयका लागि सापटी लिन विश्वासका लागि दिइने वस्तु; धितो; धरोट।
92556 हँडिदो वि. १. सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको ( पानी, मही आदि)।
92557 हँडिदो वि. २. रगत, बोसो आदिको भाग मिसिएको र हल्का रातो (पानी)।
92558 हँपाइ ना. हाँप्ने भाव, क्रिया वा प्रक्रिया।
92559 हंस ना. १. प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस।
92560 हंस ना. २. जीवनशक्ति; प्राण। ३ होस; चेतना; सुद्धी।
92561 हंस ना. ४. जीवात्मा।
92562 हंस ना. ५. परब्रह्म; ईश्वर।
92563 हंस ना. ६. विष्णुका चौबिस अवतारमध्ये एक।
92564 हंस ना. ७. सूर्य।
92565 हंस ना. ८. सन्न्यासीको एक वर्ग।
92566 हंस ना. ८. सास तान्दा 'ह' र छोड्दा 'स' गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र।
92567 हंसगति ना. १. हाँसको जस्तो चाल; हाँसको जस्तो हिँडाइ।
92568 हंसगति ना. २. जीव गएर परमात्मामा लीन हुने काम; सायुज्यमुक्ति।
92569 हंसगामिनी वि. हाँसको जस्तो हिँडाइ भएकी (स्त्री)।
92570 हंसराज ना. १. रजहाँस।
92571 हंसराज ना. २. खस्रा; केही घुँगुरिएका पात र मसिना लामा डाँठ हुने; विविध रङका फूल फुल्ने तथा प्रायः पत्थरिलो जमिनमा पाइने एक पोथ्रो वा त्यसैको फूल।
92572 हंसिनी / हंसी ना. पोथी हाँस।
92573 हँसमुख वि. १. सधैँ हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको।
92574 हँसमुख वि. २. हँसीमजाक गर्ने; ठट्यौलो; विनोदी।
92575 हँसाइ ना. १. हाँस्ने भाव, क्रिया वा प्रक्रिया। [ हँसाउ + आइ]
92576 हँसाइ ना. २. हँसाउने भाव, क्रिया वा प्रक्रिया।
92577 हँसाइनु क.क्रि. हाँस्न लाइनु।
92578 हँसाउनु प्रे. क्रि. हाँस्न लाउनु; हाँस्ने पार्नु; हाँसो उठाउनु।
92579 हँसालु वि. हँसिलो प्रकृतिको; हाँस्ने स्वभावको।
92580 हँसिया ना. हातले बिँड समातेर घाँसपराल आदि काट्ने; टुप्पासम्म घुमेको फलामे हतियार; आँसी।
92581 हँसिलो वि. १. सधैँ हाँसिरहे झैँ देखिने; प्रसन्न (अनुहार )।
92582 हँसिलो वि. २. हाँस्ने प्रकृति भएको; हँसमुख।
92583 हँसिलो वि. ३. हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदप्रिय।
92584 हँसुली ना. हँसियाका आकारको प्राय: तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना।
92585 हँसुवा ना. हँसिया जस्तै घाँस, पराल काट्न प्रयोग गरिने, बिचमा भाँचिएको फलामे हतियार।
92586 हँसुवा वि. १. हँसीदिल्लगी गर्ने प्रकृतिको; ठट्यौलो; मजाकी।
92587 हँसुवा वि. २. हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने।
92588 हँसेउली / हँस्यौली ना. १. हाँसो उठाउने खालको ठट्यौलो कुराकानी।
92589 हँसेउली / हँस्यौली ना. २. नभएको गफ हाँकेर आकाशपाताल जो काम; ठट्टा; दिल्लगी।
92590 हँसेउली / हँस्यौली ना. ३. सानो हास्य अभिनय; प्रहसन।
92591 हँसेउली / हँस्यौली ठट्यौली ना. आपसमा गरिने हाँसो र ठट्टा; हँस्यौली र ठट्यौली।
92592 हँस्यौलो वि. १. सधैँ प्रसन्न अनुहार भएको; हँसिलो।
92593 हँस्यौलो वि. २. हँसीदिल्लगी गर्ने; ठट्यौलो। ना.
92594 हँस्यौलो वि. ३. हँस्यौली।
92595 हँस्सी ना. १. हाँस्ने वा हँसाउने काम; हाँसो।
92596 हँस्सी ना. २. हाँस्नहँसाउन गरिने तथ्यहीन कुरा; दिल्लगी।
92597 हँस्सी ना. 3. अरूलाई उल्ल्याउने खालको गफ; ठट्टा।
92598 हँस्सी ना. ४. उपहासपूर्ण निन्दा; बदनामी।
92599 हँस्सी दिल्लगी ना. १. भएनभएका गफ चुटेर वातावरणलाई नै रमाइलो पार्ने काम।
92600 हँस्सी दिल्लगी ना. २. अरूलाई जिस्क्याउने वा सामान्य कुरालाई पनि बङ्ग्याउने ख्यालठट्टा।