Dictionary

All Word

92601 हँस्सी दिल्लगी ना. ३. झुटो कामकुरो; तथ्यहीन कुराकानी।
92602 हँस्सीमजाक ना. हाँस्ने र मजाक गर्ने काम; ख्यालठट्टा।
92603 हर्र क्रि.वि. १. रोकिएको हावा एकाएक वेगसित बहने गरी; उखुम गर्मी भएको वेला हावा सर्सराएजस्तो गरी।
92604 हर्र क्रि.वि. २. हावा चले जस्तै एकाएक आउने वा जाने गरी; उड्ने वा वेगसित दौडने चालले।
92605 हर्र क्रि.वि. 3. अकस्मात् पानी पर्ने गरी।
92606 हर्र क्रि.वि. ४. दन्केर आगो बल्ने किसिमले। ना.
92607 हर्र क्रि.वि. ५. बाख्रा, भेडा आदिलाई बोलाउँदा भनिने शब्द।
92608 हर्रा ना. पातलो दिसा; झाडा; पखाला।
92609 हर्रो ना. १. ठुलठुला पात हुने, मञ्जरीका रूपमा ससाना निला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट।
92610 हर्रो ना. २. आयुर्वेदमा रेचक, वात-पित्त-कफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्द्धक र बुद्धिवर्द्धक भनी बताइएको त्यसैको टर्रो स्वादको फल; त्रिफलामध्ये एक।
92611 हइ निपा. है; हैँ।
92612 हक ना. १. अधिकार; अख्तियार।
92613 हक ना. २. न्याय वा इन्साफबाट पाइने सम्पत्ति; अधिकार भएको वस्तु।
92614 हक ना. ३. कुनै वस्तुमा त्यसका मालिकको हुने स्वत्व।
92615 हक ना. ४. उचित वा सही कामकुरो। वि.
92616 हक ना. ५. सही; उचित; साँचो; यथार्थ।
92617 हकडक ना. हैकम; प्रभुत्व।
92618 हकदाबी ना. १. आफ्नो हक भएको सम्पत्ति।
92619 हकदाबी ना. २. त्यस्तो सम्पत्तिमा आफ्नो प्रभुत्व देखाउन गरिने वकालत।
92620 हकदार वि. अधिकार भएको; न्यायले पाइने; हकवाला।
92621 हकदैया ना. दाजुभाइमा पाइने अंशको अधिकार; अंशबन्डा गर्ने अधिकार; अंश।
92622 हक बेहक ना. कुनै वस्तुका विषयमा उजुरवालाको हक छ वा छैन भनी ऐनकानुनका आधारमा छानबिन गर्ने कामकुरो।
92623 हकवाला वि. १. कुनै काम वा वस्तु आदिमा पूरै वा आंशिक स्वामित्व भएको; हकदार; अंसियार। ना.
92624 हकवाला वि. २. दाजुभाइमा कानुनअनुसार अंश खान पाउने सबभन्दा नजिकको व्यक्ति।
92625 हकसफा ना. बिक्री, बन्धकी वा दानबकस भएको कुनै अचल सम्पत्ति हकवाला वा सन्धिसर्पन आदिको नाताले कानुनअनुसार फिर्ता लिने काम; बिक्री भइसकेको घरजग्गा आदि हकवालाले थैली बुझाई कानुनअनुसार आफ्नो बनाउने काम।
92626 हकार ना. ह अक्षर; ऊष्म वर्गको चौथो वर्ण।
92627 हकार ना. १. बोलाउने काम; आह्वान।
92628 हकार ना. २. सप्रन वा सुधनका लागि गरिने हप्काइ; फटकार।
92629 हकार ना. ३. तिरस्कार।
92630 हकारपकार ना. हकार्ने र तर्साउने काम; डाँटफटकार।
92631 हकारा ना. हकार्ने भाव, क्रिया वा प्रक्रिया; हप्काइ।
92632 हकारिनु क.क्रि. हकार्ने काम गरिनु; हप्काइनु।
92633 हकारी भवन ना. महाप्राण वा यस्तै अन्य वर्णहरू रगडिएर निर्बल भई हकारमा हुने परिवर्तन (जस्तै- गभीर > गहिरो, द्वादश > बाह, हृद > दह आदि)।
92634 हकार्नु स.क्रि. १. ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डा।
92635 हकार्नु स.क्रि. २. गाली गर्नु; हप्काउनु; झपार्नु।
92636 हकि वि.बो. कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द; हो कि होइन; हगि।
92637 हकिकत ना. १. वास्तविक वा तथ्य कुरो; यथार्थ भनाइ।
92638 हकिकत ना. २. नतिजा; परिणाम।
92639 हकि ना. नाउँ कपेर औँठीमा जड्न र कचौरा, रिकापी आदि बनाउन प्रयोग हुने, प्रायः अरब मुलुकमा पाइने रङ्गदार साह्रो पत्थर (यसका भाँडामा विष पर्यो भने रङको परिवर्तन हुन्छ भनिन्छ)।
92640 हकिम ना. युनानी पद्धतिअनुसार चिकित्सा गर्ने वैद्य; युनानी डाक्टर।
92641 हकिमी ना. १. हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र। वि.
92642 हकिमी ना. २. हकिमसम्बन्धी; हकिमको।
92643 हकी वि. १. निर्भीक भएर तथ्य वा यथार्थ कुरा बोल्ने; हक्की।
92644 हकी वि. २. कसैसित नदब्ने; निर्भीक।
92645 हकी ना. टुप्पो घुमेको लट्ठीले सानो बल वा भकुन्डो खेलिने एक खेल।
92646 हकुवा ना. बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल।
92647 हक्क न बक्क वि. १. उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको।
92648 हक्क न बक्क वि. २. यसो न उसो।
92649 हक्की वि. नडराईकन भएको कुरा बोल्ने; हकी; निर्भीक।
92650 हगन ना. हग्ने वा दिसा गर्ने काम।