Dictionary

All Word

92751 हठात् क्रि.वि. १. बलपूर्वक; जबरजस्ती।
92752 हठात् क्रि.वि. २. एकाएक; अचानक; एक्कासि; सहसा।
92753 हठी वि. हठ गर्ने; जिद्दीवाल।
92754 हडक्नु स.क्रि. निषेध गर्नु; मनाही गर्नु।
92755 हडका ना. हडक्ने भाव, क्रिया वा प्रक्रिया।
92756 हडचुर ना. अरू नै रुखका प्रकाण्डमा उम्रने; सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक प्रकारको लहरो; अस्थिसंयोजक।
92757 हडताल ना. कुनै कामकारबाई वा प्रचलनप्रतिअसन्तोष, दुख, विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरागराउनाका निम्ति मजदुर, कर्मचारी, विद्यार्थी आदि रजनसाधारणद्वारा सामूहिक रूपले पसल, अड्डा, पढाइ; काम आदि बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार; हरताल।
92758 हडताली ना. १. हडताल गर्ने; हरताली ( व्यक्ति वा समूह )।
92759 हडताली ना. २. हडतालसम्बन्धी।
92760 हडप ना. १. अर्काको धनमाल लिएर फिर्ता नदिने चाल; अनुचित तरिकाद्वारा अरूको सम्पत्तिको हत्याइ।
92761 हडप ना. २. निल्ने वा पचाउने काम।
92762 हडपाइ ना. हडप गर्ने वा हडप्ने क्रिया वा प्रक्रिया |
92763 हडपाइनु क.क्रि. हडप्न लाइनु; पचाइनु।
92764 हडपाउनु प्रे. क्रि. हडप्न लाउनु।
92765 हडपिनु क.क्रि. हडप गरिनु।
92766 हडप्नु स.क्रि. अरूको धनमाल वा सम्पत्ति हडप गर्नु; पचाउनु।
92767 हडप्पा ना. भारतको सिन्धुप्रदेशमा रहेको, प्राचीन सभ्यता र संस्कृतिका थुप्रै भग्नावशेष भेट्टिएको एक प्रसिद्ध जनपद।
92768 हडबड ना. १. काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी।
92769 हडबड ना. २. हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी।
92770 हडबडाइ ना. हडबड गर्ने भाव, क्रिया वा प्रक्रिया; हतार।
92771 हडबडाइनु अ.क्रि. हडबड गरिनु।
92772 हडबडाउनु अ.क्रि. १. हडबड गर्नु; हतारिनु; चटपटाउनु।
92773 हडबडाउनु अ.क्रि. २. आत्तिनु; घबडाउनु।
92774 डबडिनु अ.क्रि. हडबड गर्नु; चटारिनु।
92775 हडबडी ना. हडबड।
92776 हडबडे वि. हडबड गर्ने; चटपटे; अस्थिर।
92777 हड्कनु स.क्रि. कुनै कामकुरो गर्नबाट रोक्नु; निषेध गर्नु; मनाही गर्नु।
92778 हड्काइ ना. हड्कने भाव, क्रिया वा प्रक्रिया |
92779 हड्काइनु क.क्रि. हड्ङ्कन लाइनु; रोकाइनु।
92780 हड्काउनु प्रे. क्रि. हड्कन लाउनु; रोकाउनु; हच्काउनु।
92781 हड्किनु क.क्रि. हड्कने काम गरिनु।
92782 हड्खाइँ ना. १. आगामा पिल्स्याउने वा झुल्स्याउने काम।
92783 हड्खाइँ ना. २. हाड तताउने ज्वरो।
92784 हड्डी ना. १. हाड; अस्थि।
92785 हड्डी ना. २. मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साहो अंश। वि.
92786 हड्डी ना. ३. हाड मात्र भएको; साहै दुब्लो; सिट्टी |
92787 हड्पनु स.क्रि. अर्काको धनमाल, सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु।
92788 हड्पाइ ना. हड्पने भाव, क्रिया वा प्रक्रिया |
92789 हड्पाइनु क.क्रि. हड्पन लाइनु।
92790 हड्पाउनु प्रे. क्रि. हड्पन लाउनु।
92791 हड्पिनु स.क्रि. हड्पनु।
92792 हड्याइ ना. हड्याउने वा धरपकड गरेर लिने क्रिया वा प्रक्रिया |
92793 हड्याइनु क.क्रि. धरपकड गरेर लिइनु।
92794 हड्याउनु स.क्रि. लिनुपर्ने धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु।
92795 हड्याङबड्याङ / हड्याङहुडुङ ना. १. साह्रै हडबडसित काम गर्दाको चाल; हड्याडहुडुङ।
92796 हड्याङबड्याङ / हड्याङहुडुङ ना. २. हुन्डर।
92797 हण्डा ना. १. धातु, माटो आदिको ठुलो घ्याम्पो।
92798 हण्डा ना. २. निम्न जातकी स्त्री।
92799 हण्डाचिण्डा ना. माटाका भाँडा र तुम्बी; लौका आदिका भाँडा।
92800 हण्डी ना. १. मझौला कसौडीका आकारको माटाको भाँडो; हाँडी।