Dictionary

All Word

92701 हजारौँ वि. १. धेरै हजार; हजारन्; सहस्रौँ।
92702 हजारौँ वि. २. निकै धेरै; अनगन्ती; असङ्ख्य।
92703 हजुर ना. १. ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द।
92704 हजुर ना. २. मान्य जनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द।
92705 हजुर ना. ३. मान्य जनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द। सर्व.
92706 हजुर ना. ४. मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द।
92707 हजुरआमा ना. पिता वा माताकी आमा; पितामही वा मातामही।
92708 हजुरबुबा ना. पिता वा माताका बुबा; पितामह वा मातामह।
92709 हजुरिया ना. दरबारमा राजामहाराजाका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूमध्ये प्रमुख व्यक्तिलाई दिइने पद।
92710 हजुरिया जनरल / जर्नेल ना. राणा प्रधानमन्त्रीका निजी सचिव।
92711 हटक ना. १. रोक्ने काम रोक्का; मनाही ; निषेध।
92712 हटक ना. २. जाति वा समाजबाट छुट्ट्याउने; पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही।
92713 हटक ना. ३. चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने काम (जस्तो पानीहटक; भातहटक आदि)। वि.
92714 हटक ना. ४. पृथक्; छुट्टै।
92715 हटकी वि. कुनै काम नगर्न रोक्का गरिएको; मनाही भएको।
92716 हटहट ना. १. घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द।
92717 हटहट ना. २. घोडा (बालबोलीमा)।
92718 हटाइ ना. १. हट्ने भाव, क्रिया वा प्रक्रिया। [हटाउ + आइ] २ हटाउने भाव, क्रिया वा प्रक्रिया।
92719 हटाइनु क.क्रि. हट्न लाइनु।
92720 हटाउनु स.क्रि. / प्रे. क्रि. १. एक ठाउँबाट अन्यत्र पुऱ्याउनु; पर सानु; पन्छाउनु।
92721 हटाउनु स.क्रि. / प्रे. क्रि. २. अलग गराउनु; छुट्ट्याउनु। ३ झिक्नु; निकाल्नु।
92722 हटारु ना. १. मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी।
92723 हटारु ना. २. हाटबजारमा किनमेल गर्न जाने व्यक्ति।
92724 हटिनु अ.क्रि. एक ठाउँबाट अर्को ठाउँमा सारिनु।
92725 हटिया ना. १. सानो वा अस्थायी बजार।
92726 हटिया ना. २. अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ।
92727 हटिया ना. नेपालको पल्लो किराँतमा पर्ने हिमालयको एक घाटी।
92728 हटिलोमटिलो वि. मोटोघाटो; हष्टपुष्ट।
92729 हटौरी ना. ठेक्का वा इजाराको रकम; चुरोटको ठेक्काको रकम।
92730 हट्ट ना. १. अस्थायी बजार; हाट; मेला।
92731 हट्ट ना. २. पसल; दुकान।
92732 हट्टाकट्टा वि. १. मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट।
92733 हट्टाकट्टा वि. २. ज्यादै बलियो; बल भएको।
92734 हट्टी ना. १. ठेक्कापट्टा; इजहारा।
92735 हट्टी ना. २. ठेकदारको पसल।
92736 हट्टीवाल ना. रक्सी, चुरोट आदिको हट्टी वा ठेक्का लिने व्यक्ति।
92737 हट्ठाकट्ठा वि. हट्टाकट्टा।
92738 हट्ठी ना. एकलौटी हक; एकाधिपत्य ( मनोपली )।
92739 हट्नु अ.क्रि. १. बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु।
92740 हट्नु अ.क्रि. २. अलग हुनु; छुट्टिनु।
92741 हट्नु अ.क्रि. ३. नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु।
92742 हट्नु अ.क्रि. ४. काम चल्नु; टर्नु।
92743 हठ ना. १. कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी; तारन्तारको आग्रह; ढिपी; टेक।
92744 हठ ना. २. दृढ सङ्कल्प; अटल प्रतिज्ञा।
92745 हठ ना. ३. अनुचि कुरामा पनि गरिने जिद्दी; दुराग्रह।
92746 हठधर्म ना. १. ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम; धर्ममा अति कट्टर हुने काम।
92747 हठधर्म ना. २. लिँडे ढिपी; नचाहिँदा काममा गरिने आग्रह।
92748 हठधर्मिता ना. हठधर्मी हुनाको भाव, क्रिया वा प्रक्रिया; हठधर्म।
92749 हठधर्मी वि. आफ्नो विचार, अवस्था, धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही।
92750 हठयोग ना. पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने, राजयोगको विपरीत योग; आसन, मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि।