Dictionary

All Word

92951 हबलो ना. १. केही नेपाली ब्राह्मण परिवारहरूमा भाद्र शुक्ल अष्टमीका दिन ढड्याएको बिरौँला काँचै दूवदिवीलाई चढाएर त्यसको प्रसाद खाने एक चाड; दूर्वाष्टमी पर्व।
92952 हबलो ना. २. त्यही अवसरमा चढाइएको केराउ; सिमी आदिको भिजेको दाना; क्वाँटी।
92953 हबालु वि. हावा लाग्ने हावादार (उदा.- सकल कोष्ठ बालु फराकिला। - ल. प्र. देवकोटा; सुलोचना')।
92954 हबिगत ना. १. शक्ति; सामर्थ्य, तुजुक।
92955 हबिगत ना. २. खस्केको आर्थिक स्थिति; दारिद्र्य; गरिबी।
92956 हबेली ना. ठुला झ्यालढोका भएको हावादारी भवन; ठुलो घर; महल; हवेली |
92957 हब्बाँ ना. १. गाईगोरुले रामेको शब्द; बाँ। पनि।
92958 हब्बाँ ना. २. दम रहेसम्म।
92959 हब्बा ना. हबिगत; हब्बे।
92960 हब्बा कब्बा ना. शक्ति र सामर्थ्य; हब्बेकब्बे।
92961 हब्बाकब्बा ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने 'कव्य' को समुदाय |
92962 हब्बे ना. १. छाँटकाँट नमिलेको; अमिल्दो।
92963 हब्बे ना. २. बोल्न नजान्ने लठचौरो।
92964 हब्बे ना. ३. सामर्थ्य; हब्बा। हबिगत।
92965 हब्बेकब्बे ना. शक्तिसामर्थ्य; बलबुता।
92966 हब्बे न कब्बे ना. शक्तिसामर्थ्यको अभाव; गति न गरास। (उदा.- जब पुग्यो नब्बे; हब्बे न कब्बे )
92967 हब्बेहब्बे क्रि.वि. १. पुगेसपुगेस; जसोतसो।
92968 हब्बेहब्बे क्रि.वि. २. हव्यकव्य।
92969 हब्सी ना. १. पूर्वी अफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति। वि.
92970 हब्सी ना. २. ज्यादै कालो वर्णको; भद्दा रूपको (व्यक्ति)।
92971 हमला ना. कुनै देशबाट अर्को देशमाथि वा कुनै व्यक्ति वा समुदायबाट अर्को व्यक्ति वा समुदायमाथि गरिने आक्रमण; चढाइ; युद्ध |
92972 हमलादार वि. हमला गर्ने।
92973 हमलावर वि. हमलादार |
92974 हमाल ना. १. राजपूत र जैसी ब्राह्मण जातका आमाबाबुबाट पैदा भएको सन्तान।
92975 हमाल ना. २. नेपाली जातिको एक थर।
92976 हमाली ना. तिस पोल अर्थात् डेढ बिसौली वा पौने धार्नी बराबरको तौल।
92977 हमेसा क्रि.वि. नित्यजसो; सधैँभरि दिनप्रतिदिन; सदा।
92978 हम्कनु स.क्रि. १. हाते पङ्खा; कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु; पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु। अ.क्रि. [सं. हन्+नु]
92979 हम्कनु स.क्रि. २. गाई; भैँसी आदिले फुंक्क गरेर हान्न खोज्नु; गाईबस्तुले टाउको तलमाथि गराई हान्न उद्यत हुनु।
92980 हम्कनु स.क्रि. ३. चाँडोचाँडो सास फेर्नु; हाँफ्नु।
92981 हम्काइ ना. १. हम्कने वा पङ्खा हल्लाउने क्रियाप्रक्रिया।
92982 हम्काइ ना. २. हम्कने वा हान्नेहाने क्रियाप्रक्रिया |
92983 हम्काइनु क.क्रि हम्कन लाइनु; पङ्खा हल्लाइनु।
92984 हम्काउनु प्रे. क्रि. हम्कन लाउनु; पङ्खा हल्लाउनु।
92985 हम्काहम्की ना. १. गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया।
92986 हम्काहम्की ना. २. परस्परमा पङ्खा आदि हम्कने काम।
92987 हम्किनु क.क्रि हावा चलाउनाका लागि पङ्खा आदि हल्लाइ।
92988 हम्को ना. १. पङ्खा आदिले हम्केको हावाको वेग।
92989 हम्को ना. २. गाईभैँसी आदिले हानेजस्तो टाउको हल्लाउने काम।
92990 हम्को ना. ३. प्रभुत्वको भाव।
92991 हम्कोझम्को ना. १. हम्कोसाथैको हल्लाइको वेग।
92992 हम्कोझम्को ना. २. हान्ने र हाँफ्ने क्रिया।
92993 हम्कोझम्को ना. ३. प्रमुखताको भाव वा प्रदर्शन; बडप्पन।
92994 हम्मे ना. कठिनाइ; गाह्रो |
92995 हम्मेहम्मे क्रि.वि. गाह्रोगाह्रो भएर; बल्लतल्ल।
92996 हम्मेसि क्रि.वि. १. सितिमिति; हत्तपत्त।
92997 हम्मेसि क्रि.वि. २. एकाएक सहसा। ३ सधैं; हमेसा।
92998 हय ना. १. घोडा; अश्व।
92999 हय ना. २. देवराज; इन्द्र।
93000 हयग्रीव ना. १. विष्णुका चौबिस अवतारमध्ये एक।