Dictionary

All Word

93101 हरित वि. २. हरियो रङ।
93102 हरित वि. ३. सूर्यको घोडा।
93103 हरित वि. ४. सिंह।
93104 हरित वि. ५. दिशा।
93105 हरितकण ना. बोटबिरुवाको प्रकाश संश्लेषण गर्ने वा पात र हाँगालाई हरियो गराइराख्ने मसिना कण |
93106 हरितक्रान्ति ना. बालीनाली सपारौँ, धेरै अन्न उब्जाऔँ भन्ने नारा; अन्न र फलफूल उब्जाउने कृषिक्रान्ति वा अभियान।
93107 हरिताल ना. प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहेँलो रङ्गको विषालु खनिज पदार्थ; हरताल; निलोतुथो।
93108 हरितालिका ना. १. विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुऱ्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत।
93109 हरितालिका ना. २. प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा। ३ भाद्रशुक्ल तृतीयाको दिन; तीज।
93110 हरितिमा ना. हरियो हरियो वर्ण; हरियोपन; हरियाली |
93111 हरिद्वार ना. १. उत्तरभारतमा रहेको एक प्रसिद्ध तीर्थस्थल; गङ्गाद्वार।
93112 हरिद्वार ना. २. हरिका मन्दिरको ढोका; हरिमन्दिर।
93113 हरिधाम ना. १. विष्णु रहने स्थान; वैकुण्ठलोक।
93114 हरिधाम ना. २. हरिको मन्दिर; देवमन्दिर |
93115 हरिनास ना. रगतको विकारबाट पैताला फुट्ने एक रोग; हर्ना।
93116 हरिनु क.क्रि. धनमाल चोरेर वा लुटेर लगिनु।
93117 हरिप वि. १. कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल।
93118 हरिप वि. २. भनेको नटेर्ने; जोधाहा।
93119 हरिप वि. ३. शत्रु; दुस्मन।
93120 हरिप्रिया ना. १. विष्णुकी पत्नी; लक्ष्मी।
93121 हरिप्रिया ना. २. तुलसी।
93122 हरिप्रिया ना. ३. पृथिवी।
93123 हरिबोधिनी ना. चतुर्मास समाप्त भएर देवोत्थान हुने एकादशी; कार्तिक शुक्ल एकादशी।
93124 हरिमुस्ले वि. ठुलो तिघ्रा हुने; भुसतिघ्रे।
93125 हरियाली ना. हरिया घाँसपात, बोटबिरुवा, लतावृक्ष आदि वनस्पतिले चारैतिर आकर्षण देखिनाको भाव वा स्थिति; हरितिमा।
93126 हरियो ना. १. सामान्यतः सागपातमा हुने रङ; पहेंलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण। वि.
93127 हरियो ना. २. भखरै पलाएको कलिलो (बोटबिरुवा)।
93128 हरियो ना. ३. ताजा; आलो।
93129 हरियो जाई ना. पाकेपछि पनि हरियै रहने एक जातको जाई।
93130 हरियो ढुकुर ना. सेता आँखा, रछाय रङ्गको घाँटी र कालो पुच्छर हुने एक जातको पक्षी।
93131 हरियोपरियो ना. १. हरियो सागपात वा हरियो। वि.
93132 हरियोपरियो ना. २. हरियो।
93133 हरियो परेवा ना. पहेँलो टाउको, हरियो गर्धन र हरियै पखेटा हुने एक जातको परेवा |
93134 हरियो बकुल्लो ना. कालो सिउर र हरियो भावका पखेटा हुने एक जातको बकुल्लो।
93135 हरियो भरियो / भरिलो वि. सप्रिएर हरियो भएको (बोटबिरुवा, बाली आदि)।
93136 हरियो मास ना. मुगीको रङ्गको एक जातको मास।
93137 हरियो मुला ना. गोठाले सागको मुला।
93138 हरिलट्ठक वि. भनेको नबुझ्ने र नमान्ने; लट्ठक; स्वाँठ; मूर्ख।
93139 हरिलम्फु वि. केही पनि नजान्ने; मूर्ख; अपढ; हलम्बु।
93140 हरिलो भरिलो वि. चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको।
93141 हरिवासर ना. १. एकादशी। २ आइतबार।
93142 हरिवाहन ना. १. विष्णुको वाहन; गरुड।
93143 हरिवाहन ना. २. सूर्य।
93144 हरिवाहन ना. ३. इन्द्र।
93145 हरिशयनी ना. चतुर्मास व्रतको आरम्भ भएर हरिले पातालमा शयन गर्ने भनी मानिएको दिन; आषाढ शुक्ल एकादशी।
93146 हरिश्चन्द्र ना. पुराणप्रसिद्ध, दानी तथा सत्यनिष्ठामा रहेका हलीषा] एक छेउमा हलो र अर्को छेउमा जुवा रहने सूर्यवंशी एक राजा।
93147 हरिस ना. हलाको ठाडो लामो काठ |
93148 हरिहर ना. १. विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव।
93149 हरिहर ना. २. भोजन गर्दा अनुमति दिइने शब्द।
93150 हरिहर ना. ३. कुनै भजनको प्रत्येक चरणका आखिरमा भनिने शब्द।