Dictionary

All Word

93251 हलाइ ना. हाल्ने क्रिया वा प्रक्रिया।
93252 हलाइनु क.क्रि. हाल्न लाइनु।
93253 हलाउनु प्रे. क्रि. हाल्न लाउनु।
93254 हलान ना. हाल्ने काम वा खेप; हलाइ।
93255 हलापाटे ना. हलो जोत्ने मानिस; हली।
93256 हलायुध ना. कृष्णका दाजु बलराम; हलधर।
93257 हलाल ना. इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी, भेडा आदि पशु मार्ने तरिका।
93258 हलाहल ना. १. क्यात्तुकेका छाँटका लामालामा सेता स भएका पात, झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका टुप्पामा मसिनो रातो फूल तथा सो कन्द हुने, हिमालयका लेकमा पाइने एक जातको विषबुटी; नर्सिङ विष
93259 हलाहल ना. २. पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष।
93260 हली ना. १. खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा।
93261 हली ना. २. वसुदेवका छोरा बलराम।
93262 हलीभाग ना. १. शारीरिक श्रम बेसी गर्ने र खान पनि अबेर आउने हुँदा भोक र श्रमअनुसार हलीलाई चाहिने खानाको निकै ठुलो परिमाण।
93263 हलीभाग ना. २. त्यस्तै ठुलो भाग।
93264 हलुको वि. १. सजिलै उचाल्न र बोक्न सकिने; गह्र नभएको; कम वजनको; हलौ हलका।
93265 हलुको वि. २. उज्जर वा चर्को रङ्ग नभएको फिक्का।
93266 हलुको वि. 3. मानमर्यादा नभएको; कम इज्जतको; अप्रतिष्ठित।
93267 हलुको वि. ४. थोरै अलिकति (घाउ वा चोट ) |
93268 हलुङ वि. हलुको।
93269 हलुङ्कसी क्रि.वि. हलुङ्गो चालसित; बिस्तारै। (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी लेखनाथ; 'लालित्य')।
93270 हलुङ्गो वि. हलुको; हलौँ।
93271 हलुवा ना. गहुँको पिठो वा सुजी घिउमा भुटी सखर; चिनी आदि मिलाएर दुधमा वा घिउ र चास्नीमा पकाइएको नरम खाद्य पदार्थ; मनभोग।
93272 हलुवाई ना. हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति, मिठाई बेच्ने पसले; हलवाई |
93273 हलुवाबेत/हलुवाबेद ना. कडाकडा पात, सेता फूल, राता, मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसैको फल |
93274 हले वि. १. हलगोरु जोत्ने; हली।
93275 हले वि. २. नेपालमा कृषकका तीन श्रेणी (हले; कोदाले र सुकुम्बासी) - मध्ये एक।
93276 हलेकोदाले वि. १. हलाले जोत्ने र कोदालाले खन्ने।
93277 हलेकोदाले वि. २. हलगोरु हुने र कोदालाले खनेर मात्र दुःखजिलो गर्ने।
93278 हलेदे वि. १. हलेदोजस्तो; हलेदोको रङको। ना.
93279 हलेदे वि. २. हलेदो हुने ठाउँ।
93280 हलेदे आँप ना. आँपको जस्तो गन्ध आउने र अचार बनाएर खाइने एक जातको हलेदो; हर्दिआँप।
93281 हलेदो ना. सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहेँला फूल फुल्ने, अदुवाको आकारको, तितो टर्रो भावको पहेँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द |
93282 हलेपाखो ना. हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो।
93283 हलेबीज ना. बीजनप्रणालीमा तिरो लगाउनका लागि कायम गरिएको एक हल गोरुबाट जोत्न मिल्ने जग्गा।
93284 हलेसा ना. नाचनी' नामको नृत्यभित्र पर्ने एक थरी राग।
93285 हलेसो ना. हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको भएको, परेवाज एक जातको चरो।
93286 हलो ना. गोरु, राँगा आदिले तानेर खेतबारी जोत्ने फाली, अनौ, हरिस, जुवा र जोतारो भएको साधन; हल; हर।
93287 हलोजुवा ना. जोत्ने हलो र हलामा गोरु नार्ने जुवा।
93288 हलोजोता / जोताहा ना. हलो जोत्ने व्यक्ति; हली; हरुवा।
93289 हलौं वि. हलुङ्गो; हलुको।
93290 हलौ ना. फोन, ट्रङ्कल गर्दा वा कसैलाई भेट्दा सम्बोधन गरिने शब्द |
93291 हलौर निपा. कुनै कामकुरामा स्वीकृति जनाउने शब्द; हुन्छ; लौ।
93292 हल् ना. अन्तमा 'अ' स्वर नलागेका व्यञ्जनवर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखा (्) भएको चिह्न (जस्तो- क्, ख्, ग्, घ्, ङ् इ.)।
93293 हल्कनु अ.क्रि. बोटबिरुवा आदि छिटै सप्रनु; हलक्क बढ्नु; लहलहाउनु।
93294 हल्का वि. हलुको; हलौं।
93295 हल्काइ ना. हल्कने भाव, क्रिया वा प्रक्रिया।
93296 हल्काइनु क.क्रि. हल्काउने काम गरिनु; हलक्क बढाइनु।
93297 हल्काउनु प्रे. क्रि. हलक्क बढाउनु; लहलहाउने पार्नु।
93298 हल्काफुल्का वि. १. हलुको खालको।
93299 हल्काफुल्का वि. २. पथ्य (खाना)।
93300 हल्किनु अ.क्रि. हलक्क बढिनु।