Dictionary

All Word

93151 हरिहर ना. ४. हरिकङ्गाल भएको स्थिति; तन्नम अवस्था |
93152 हरिहरपुर गढी ना. मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला |
93153 हरीछाल ना. मालभोगका भन्दा लामा र ठुला कोसा हुने एक जातको केरा |
93154 हरीतकी ना. हर्रो।
93155 हरुवा वि. १. खेल, युद्ध आदिमा असफल हुने; हार्ने।
93156 हरुवा वि. २. डरछेरुवा; काँथर; नामर्द |
93157 हरुवा ना. खेतबारीमा हलो जोत्ने व्यक्ति; हली।
93158 हरू प.स. नाम, सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउने वा सादृश्यबोध गराउने प्रत्यय (जस्तै- गाईहरू, मानिसहरू, श्यामहरू इ.)।
93159 हरे वि.बो. १. अफसोच; ग्लानि; निराशा; कष्ट; समवेदना; सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम; हरे शिव।
93160 हरे वि.बो. २. 'हरि' शब्दको सम्बोधनको रूप; हे हरि।
93161 हरेउ ना. १. प्रायः वर्षामासमा हरिया झारपातहुँदो बस्ने हरियो रङ्गको एक प्रकारको विषालु सर्प।
93162 हरेउ ना. २. काई।
93163 हरेक वि. प्रत्येक; हरएक।
93164 हरेरी ना. भारी बोक्ने नाम्लाको कानको गाँठो |
93165 हरेलो ना. १. खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा।
93166 हरेलो ना. २. धान रोपिसकेपछि रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको • मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा।
93167 हरेस ना. काम गर्दागर्दै पनि लक्ष्यप्राप्ति नभएर उत्साह सेलाएको वा आशा टुटेको स्थिति; निरुत्साह; निराशा।
93168 हरोहर ना. हुँदै नहुनुको अवस्था; अत्यन्त अभाव; शून्यता।
93169 हरौरी ना. हराउरी।
93170 हर्क ना. आनन्दको क्षण; खुसियाली; हर्ष। (उदा.- कौवालाई बेल पाक्यो हर्क न बिस्मात् उखान )।
93171 हर्कबढाइँ ना. खुसियालीमा गरिने उत्सव; विवाह, पदोन्नति, पुत्रलाभ आदिको खुसियाली।
93172 हर्कमान वि. खुब हर्क मानेको; हर्षमान्।
93173 हर्क अ.क्रि. अनिष्टको डर वा शङ्काले बतास भैँ दौडेर भाग्नु।
93174 हर्काइ ना. हर्कने भाव, क्रिया वा प्रक्रिया |
93175 हर्काइनु क.क्रि. हर्कने पारिनु।
93176 हर्काउनु प्रे. क्रि. १. मुहुरी फर्काउनु।
93177 हर्काउनु प्रे. क्रि. २. हर्कने पार्नु।
93178 हर्को ना. १. मर्ने वेलाको अन्तिम श्वास; एकोहोरो सास।
93179 हर्को ना. २. बेतोडको दौड।
93180 हर्को ना. हे. हरक |
93181 हर्ख ना. हे . हर्क।
93182 हर्खबढाइँ ना. हर्कबढाइँ।
93183 हल ना. गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको बोटविशेष |
93184 हर्जा ना. कुनै वस्तु नभइनहुने स्थिति; खाँचो; अत्यावश्यकता।
93185 हर्जाना ना. कसैको धनमाल वा अन्नबाली नोक्सान भएमा सट्टामा दिइने धन वा वस्तु; क्षतिपूर्ति।
93186 हर्ता वि. १. हरण गर्ने; हर्ने।
93187 हर्ता वि. २. टाढा लैजाने।
93188 हर्ताकर्ता वि. १. कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा। ना.
93189 हर्ताकर्ता वि. २. कुनै कामकुरो बनाउने र बिगार्ने वा खोस्ने र पूरा गरिदिने व्यक्ति।
93190 हर्ताधर्ता वि. १. घरपरिवारको अभिभारा बोक्ने वा पालनपोषण गर्ने। ना.
93191 हर्ताधर्ता वि. २. हालीमुहाली।
93192 हथुङ्गो ना. हातको नाडीदेखि औँलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग।
93193 हर्दि आँप ना. हलेदे आँप।
93194 हर्न ना. १. हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र |
93195 हर्न ना. २. सडकमा हिँड्ने पथिकलाई सचेत गराउन बस, कार, रिक्सा, टेम्पो आदि गाडीमा जडान गरिएको ध्वनिउत्पादक यन्त्र |
93196 हर्न ना. ३. ध्वनियन्त्रबाट निस्केको आवाज।
93197 हर्नाठ ना. कुकुर्चा र पैताला फुट्ने र धाँजा फाट्ने एक प्रकारको रोग; हरिनास।
93198 हर्नियाँ ना. अण्डकोषमा आन्द्रा झर्ने एक रोग।
93199 हर्नु स.क्रि. १. अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु।
93200 हर्नु स.क्रि. २. कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु।