Dictionary

All Word

93001 हयग्रीव ना. २. घोडाको जस्तो टाउको भएको एक दानव।
93002 हर ना. १. शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग।
93003 हर ना. २. शरीरको ढाडनसासहितको अगलबगलको भाग।
93004 हर ना. ३. पछाडिको फिलाको जोर्नी र आसपासको भाग।
93005 हर ना. १. महादेव; शिव।
93006 हर ना. २. गणितको भिन्न राशिमा भाग दिने सङ्ख्या; भिन्न गर्दा अंशभन्दा मुनिको सङ्ख्या।
93007 हर ना. ३. नुहाउने काम; स्नान (बालबोलीमा)। वि.
93008 हर ना. ४. जबर्जस्ती गरी लिएर जाने; हरण गर्ने; चोर्ने।
93009 हर ना. ५. नाश गर्ने; नष्ट पार्ने।
93010 हर ना. ६. कुनै शब्दका पछिल्तिर गाँसिएर नाश गर्ने; शान्त गर्ने आदि अर्थ बुझाउने उत्तरपद (जस्तो- कष्टहर; रोगहर; दुःखहर आदि)।
93011 हर : ना. खेत जोत्नका लागि प्रयोग गरिने साधन; हलो (तराई प्रदेशमा )।
93012 हर ना. केही नामवाचक शब्दको अगाडि रही त्यसका सबै एकाइसँग सम्बन्ध रहेको कुरा बुझाउने शब्द; प्रति (जस्तो- हर व्यक्ति; हरघडी आदि)।
93013 हर एक वि. प्रत्येक; एकएक; हरेक।
93014 हरक ना. नाक खिहिऱ्याउने गन्ध; नमिठो गन्ध; सडेगलेका वस्तुको दुर्गन्धको वेग |
93015 हरकट्टा ना. फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहेंला फूल फुल्ने सुगन्धी जरा हुने, आयुर्वेदअनुसार घाउखटिरा आदिलाई शमन गर्ने एक कार।
93016 हरघडी क्रि.वि. जुनसुकै बेला पनि; हरबखत; हमेसा; निरन्तर।
93017 हरण ना. १. अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम।
93018 हरण ना. २. चोरी; अपहरण।
93019 हरण ना. ३. हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण, दुःखहरण आदि)।
93020 हरतरह ना. १. नाना किसिम; अनेक तरह।
93021 हरतरह ना. २. धेरै उपाय।
93022 हरताल ना. पासा, कौडी आदि जुवामा लगातार तिरिरहनुपर्ने दाउ; तिरताल; हारताल।
93023 हरताल ना. हडताल।
93024 हरताली वि. हडताली।
93025 हरदम क्रि.वि. १. हरेक समयमा; जुनसुकै बेला
93026 हरदिन क्रि.वि. हरेक दिनमा; प्रत्येक दिन; दिनहुँ।
93027 हरप्पा ना. बाँडा, सुनार आदिको तराजु राख्ने बट्टा |
93028 हरफ ना. १. अक्षरको हार वा ताँती; वर्णको लहर।
93029 हरफ ना. २. पङ्क्ति; ताँती; लहर।
93030 हरफ ना. ३. अक्षर; वर्ण।
93031 हरफनमौला वि. हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपटुय्याँ।
93032 हरबखत क्रि.वि. जुनसुकै बेला पनि; हरसमय; सधैँ।
93033 हरबर ना. १. केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल |
93034 हरबर ना. २. अनेकतिर घुमाउने काम; ठुलो सासना वा सास्ती।
93035 हरबागे वि. ढाड बाङ्गो भएको; ढाड कुप्रिएको।
93036 हररा ना. एक प्रकारको साँपको जात।
93037 हररोज क्रि.वि. हरेक दिन; दिनदिनै; दिनहुँ।
93038 हरल वि. कौडी, पासा, तास आदि जुवामा हारेको पैसा, वस्तु आदि); पराजित।
93039 हरसङ्गा / हरसङ्घा ना. हलो आदि बनाउने काठपातका साधन।
93040 हरसमय क्रि.वि. हरबखत |
93041 हरहमेसा क्रि.वि. सधैँभरि; जुनसुकै बेला पनि।
93042 हरहर ना. १. नुहाइधुवाई गर्दा धार्मिक भावनाले दोहोऱ्याई - तेहऱ्याई महादेवको नाम लिइने शब्द।
93043 हरहर ना. २. नुहाउने काम; स्नान (बालबोलीमा) |
93044 हरहर क्रि.वि. १. बत्ती, आगो आदि ज्वाला छुटेर बल्ने गरी।
93045 हरहर क्रि.वि. २. कडा गर्मी वा भित्री रोगले हृदयमा जलन पैदा भएर; डाह हुने किसिमले।
93046 हरहर क्रि.वि. ३. हावा सरसराउने चालसित।
93047 हरहरी क्रि.वि. १. अझ बेसी हरहर हुने गरी। ना.
93048 हरहरी क्रि.वि. २. नाम्लाको पाटो वा गुन्द्रीको बिट मार्दा आखिरमा पारिने गाँठो।
93049 हरहिफाजत ना. थन्क्याउने र व्यवस्थित गर्ने काम; सुरक्षा; थान्कोमान्को।
93050 हरहिसाब ना. धनपैसाको मामलामा तेरोमेरो गर्न खाता वा टिपोट हेर्ने काम; लेनदेनको व्यवहार हेर्ने काम; हिसाबकिताब |