Dictionary

All Word

93651 हाते प्रेस ना. हातैले चलाइने मुद्रणयन्त्र ।
93652 हाते बन्चरो ना. पाषाणयुगमा मानवले प्रयोग गर्ने गरेको विनाबिँडको बन्चरो |
93653 हाते बर्मा ना. काठ प्वाल पार्न हातले घुमाइने ज्याबल।
93654 हातेमाथ ना. तासको खेलमा भुइँको पत्ती नटिपी - नथुतीकन बाँडेको तासले नै बाजी जित्ने काम।
93655 हातेमालो ना. परस्परमा हात समात्ने काम; अङ्कमाल; बाहाँजोरी।
93656 हातो ना. १. जाँतो घुमाउन समातिने बिँड।
93657 हातो ना. २. यन्त्र आदि चलाउँदा हातले समातिने अवयव।
93658 हात्ती ना. लामो सुँड, ठुलो र भद्दा शरीर, नाङ्लाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर।
93659 हात्ती काने ना. १. खस्रा ठुलठुला पात हुने, राता वा पहेँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने; खस्रो बोक्रा हुने र पहेँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत।
93660 हात्ती काने ना. २. मास्तिर कान जस्तै निस्केको; फित्ता बान्न नपर्ने छालाको जुत्ता ।
93661 हात्ती छेरा ना. नफलेको निम्न खालको रातो मोटो चामल।
93662 हात्तीपाइले ना. १. हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो।
93663 हात्तीपाइले ना. २. खुट्टा सुन्निएर थामजस्तो हुने रोग। वि.
93664 हात्तीपाइले ना. ३. खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे।
93665 हात्तीबार ना. विशेषगरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामालामा हुँडका आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा तिखा र घोच्ने काँडा भएको, ठुलठुला झाङ हुने र त्यसै झाङबाट निस्किएको टुसो बढी फुलेर फलसमेत लाग्ने बुटो |
93666 हात्तीबुटे ना. मसिना हरिया फूल फुल्ने खालको बन्सो घाँस।
93667 हात्तीसार ना. हात्ती बाँध्ने ठाउँ वा घर; हात्ती राखिने ठाउँ।
93668 हात्तीसुँडे वि. १. हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको। ना.
93669 हात्तीसुँडे वि. २. टीकाटीका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँड जस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने एक बुटी |
93670 हात्तीहौवा ना. ठुलो डर देखाएर केटाकेटीलाई तर्साए जस्तै तर्साउने काम।
93671 हानथाप ना. कुनै फाइदा लिन दुई वा धेरै जनाले तँछाडमछाड गर्ने काम; परस्परको प्रतिस्पर्धा; हारालुछ; लुछाचुँडी
93672 हानमार ना. काटमार; मारकाट।
93673 हानाहान ना. १. एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट ।
93674 हानाहान ना. २. हानथाप; प्रतिस्पर्धा; लुछाचुँडी।
93675 हानि ना. १. खेती, व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा।
93676 हानि ना. २. दुःख पुऱ्याउने काम; कुभलो; अपकार।
93677 हानि ना. ३. खती; बर्बादी।
93678 हानिकर वि. नोक्सान गराउने वा गर्ने; हानि पुऱ्याउने।
93679 हानिकरक वि. हानिकर ।
93680 हानिनोक्सानी ना. घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था।
93681 हानिनु अ.क्रि. १. वेगसित जानु; जोडले जानु। क.क्रि.
93682 हानिनु अ.क्रि. २. कुनै वस्तुले हिर्काइनु।
93683 हानिनु अ.क्रि. ३. काममा बाधा पारिनु।
93684 हानेफाने ना. १. फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल।
93685 हानेफाने ना. २. हाइँफाइँ; लम्कीझम्की।
93686 हान्डहुड ना. कुनै वस्तु वा व्यक्तिलाई यताउता पारेर खलबल्याउने काम; हन्डाङहुन्डुङ।
93687 हान्नु स.क्रि. १. हातहतियार, सिङ, मुक्का, आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु।
93688 हान्नु स.क्रि. २. काठ, ढुङ्गा आदिमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु; ठोक्नु।
93689 हान्नु स.क्रि. ३. घडी, घण्टा आदि बजाउनु।
93690 हान्नु स.क्रि. ४. दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि छाड्नु वा पैसा हार्नु।
93691 हान्नु स.क्रि. ५. स्त्रीसमागम गर्नु।
93692 हान्नु स.क्रि. ६. अर्काले उठाउने लाभमा हानि र आफ्नो लाभ वा हुँदो गराउनु।
93693 हान्नु स.क्रि. ७. छिटै हिँड्नु; टाढा मिल्काउनु वा आफल्नु (जस्तो- वेग हान्नु, ढुङ्गा हान्नु, जाल हान्नु इ.)।
93694 हापहाप ना. १. फ्याउरो कराएको आवाज। क्रि.वि.
93695 हापहाप ना. २. उक्त आवाज निस्कने गरी।
93696 हापा वि. १. बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको।
93697 हापा वि. २. हाब्रे; खन्चुवा।
93698 हापा वि. ३. बाँसको खबटो।
93699 हापुङ्ङ क्रि.वि. १. बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुङ्ङ खाई )।
93700 हापुङ्ङ क्रि.वि. २. ना. त्यसरी खाने किसिम; खवाइ।