Dictionary

All Word

93701 हlप्प क्रि.वि. नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी; हुप्प।
93702 हाप्सिलो ना. १. रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंस्रक प्राणी | वि.
93703 हाप्सिलो ना. २. ठुलठुला गाँस हालेर खाने; धेरै खाने; खन्चुवा।
93704 हाफ वि. आधा; अर्ध।
93705 हाफटिन ना. लगभग एक पाथी पानी अटाउने टिनको भाँडो।
93706 हाबी ना. रुचि; चासो; लगनशीलता।
93707 हाब्रे वि. १. बेछाँटको ठुलो; ज्यादै भद्दा।
93708 हाब्रे वि. २. चुबुरचुबुर खाइरहने; खन्चुवा।
93709 हाब्रे वि. ३. मुख बढ्ता च्यातिएको; खाने मुख ठुलो भएको।
93710 हाब्रो ना. १. बढ्ता च्यातिएको वा ठुलो मुख ।
93711 हाब्रो ना. २. तालुमनि र जिब्रोमाथि कलनासोसम्मको खाली ठाउँ; वर्णात्मक ध्वनि उच्चारण गर्दा सहायक मुखमार्ग ।
93712 हाब्रो ना. ३. थुतुने ओढार ।
93713 हाम १ ना. १. खाने वा गाँस हाल्ने काम; खबाइ (बालबोलीमा ) |
93714 हाम १ ना. २. हाम्म।
93715 हाम २ ना. अर्द्धवृत्ताकार इन्द्रेनी।
93716 हाम ३ ना. उँचो ठाउँबाट तल फाल हाल्ने वा खस्ने काम; हामफलाइ ।
93717 हाम फलाइ ना. हाम फाल्ने काम; फालहलाइ।
93718 हाम फाल्नु अ.क्रि. उँचो ठाउँबाट जमिनमा वा पानीमा शरीरमा चोटपटक नलाग्ने गरी हुत्तिनु; फाल हाल्नु।
93719 हाम फालिनु अ.क्रि. फाल हालिनु।
93720 हामी सर्व. १. उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप।
93721 हामी सर्व. २. धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द।
93722 हामी सर्व. ३. 'म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम ।
93723 हाम्म क्रि.वि. १. ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी ना. २ अङ्कमाल; अँगालो (बालबोलीमा)।
93724 हाम्रो वि. हामीहरूको; मेरो शब्दको बहुवचन।
93725 हाय वि.बो. खेद, दया, सहानुभूति, करुणा, शोक आदि भाव प्रकट गर्ने शब्द; हाइ ।
93726 हायलकायल वि. १. कामकुरामा दिक्दार भएको; आत्तिएको; हैरान; कायल; हावाकावा।
93727 हायलकायल वि. २. थर्कमान; थरहरी ।
93728 हायहाय वि.बो. हाइहाइ।
93729 हायु १ वि. १. धेरै खाने; खाइद्यौ; खन्चुवा।
93730 हायु १ वि. २. आफ्नो खूबी नभएको; गतिपतिहीन।
93731 हायु २ ना. नेपालको पूर्वी पहाडी भागमा बसोबास गर्ने एक जाति।
93732 हार १ ना. १. युद्ध, खेल, प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित; आफ्नो हराइ; पराजय।
93733 हार १ ना. २. थाक्ने काम; थकाइ; शिथीलता।
93734 हार १ ना. ३. बाध्यता वा असमर्थताले निहुरनुपर्ने स्थिति; विवशता; लाचारी ।
93735 हार २ ना. १. गलामा पहिरिने फूल; रत्न आदिको माला।
93736 हार २ ना. २. बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री।
93737 हार २ ना. ३. लहर; पङ् क्ति; ताँती | वि.
93738 हार २ ना. ४. लाने वा ल्याउने।
93739 हार २ ना. ५. हरण गर्ने; चोर्ने।
93740 हार २ ना. ६. नाश गर्ने।
93741 हारक वि. १. खोसेर लिने; हरण गर्ने; खोस्ने।
93742 हारक वि. २. मनोहर; राम्रो। ना.
93743 हारक वि. ३. चोर।
93744 हारक वि. ४. लुटेरा; डाँका।
93745 हारक वि. ५. हार; माला।
93746 हारगुहार ना. १. चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना।
93747 हारगुहार ना. २. सङ्कट वा आपत्का वेलामा गरिने उद्धारकार्य
93748 हारजित ना. १. हार्ने वा जित्ने काम; जय र पराजय।
93749 हारजित ना. २. लाभ र हानि।
93750 हारदाम्लो ना. मालदाम्लो।