|
|
|
|
|
|---|---|---|---|
| 11051 | एकान्त | वि. | २. गोप्य वार्ता । |
| 11052 | एकान्तवास | ना. | कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नुपग्ने ठाउँमा बस्ने काम; एकान्तको बास; एक्लो बसाइ । |
| 11053 | एकान्तवासी | वि. | एकान्तवास गर्ने; एक्लै बस्ने वा रहने । |
| 11054 | एकान्ती | वि. | १. माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता); एककाने । |
| 11055 | एकान्ती | वि. | २. बाहिरी, भित्री नभएको; एकसरो (टोपी) । |
| 11056 | एकान्नब्बे | ना. | १. नब्बे र एकको योगबाट बनेको सङ्ख्या, (१ को अङ्क। वि. |
| 11057 | एकान्नब्बे | ना. | २. नब्बे र एकको योगबाट बनेको । |
| 11058 | एकान्नब्बेऔँ/ एकान्नब्बेयौँ | वि. | गन्दै जाँदा एकान्नब्बे सङ्ख्यामा पर्ने; एकान्नब्बे सङ्ख्याको । |
| 11059 | एकान्वित | ना. | कार्य, स्थान र समयमध्ये कुनै एक मिलेको स्थिति। |
| 11060 | एकापार्वण | ना. | १. औँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध । |
| 11061 | एकापार्वण | ना. | २. एउटाको मात्र उद्देश्यले पर्वविशेषमा गरिने श्राद्ध । |
| 11062 | एकाबिहान | ना. | रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झसमिसे; सखार । |
| 11063 | एकाम्मे / एकाम्य | वि. | एकसमान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास । |
| 11064 | एकार | ना. | १. 'ए' अक्षर । |
| 11065 | एकार | ना. | २. व्यञ्जनवर्णमाथि लाग्ने 'ए' को चिह्न; एकलख (े ) | |
| 11066 | एकार्थक | वि. | १. एउटै मात्र अर्थ भएको; अलग अलग अर्थ नभएको; एकार्थी । |
| 11067 | एकार्थक | वि. | २. परस्पर समान वा उस्तै अर्थ भएको; समानार्थक; समानार्थी ( सूर्य र भानु, आँखा र नयन, पुस्तक र किताब इ.) । |
| 11068 | एकार्थक | वि. | २. खण्डकाव्यभन्दा ठुलो महाकाव्यभन्दा; मझौला काव्य; उपमहाकाव्य | |
| 11069 | एकावली | ना. | १. साहित्यमा कुनै वर्णनका क्रममा एकपछि अर्को वस्तु वा कुराको शृङ्खलाबद्ध वर्णन हुँदा पर्ने एक अलङ्कार । |
| 11070 | एकावली | ना. | २. एक लहर मात्र भएको मोतीको माला। |
| 11071 | एकाश्रयी | वि. | एउटैको मात्र आश्रय भएको; एकाधीन । |
| 11072 | एकाश्रयी काव्य | ना. | महाकाव्य बन्नाका लागि आवश्यक सबै अङ्ग पूरा नभए तापनि कथासूत्रमा बाँधिएको, आठभन्दा बढी सर्ग भएको; अति कम पात्र भएको एक प्रकारको काव्य । |
| 11073 | एकाह | वि. | १. एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने । ना. |
| 11074 | एकाह | वि. | २. प्रायः सातब्राह्मणद्वारा एकै दिनमा पूरा गरिने श्रीमद्भागवतको पारायण; एक दिनमा सकिने भागवतको पाठ | |
| 11075 | एकासी | ना. | १. असी र एकको योगबाट बनेको सङ्ख्या; ८१ को अङ्क । वि. |
| 11076 | एकासी | ना. | २. असी र एकको योगबाट बनेको; असी र एकका योगको । |
| 11077 | एकासिऔँ/ एकासियौँ | वि. | गन्दै लैजाँदा एकासी सङ्ख्यामा परेको; एकासी सङ्ख्याको । |
| 11078 | एकीकरण | ना. | १. दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम । |
| 11079 | एकीकरण | ना. | २. सम्बन्धित विषयवस्तुलाई मिलाएर एकता वा मतैक्य स्थापित गर्ने काम । |
| 11080 | एकीकृत | वि. | धेरै विषयवस्तुलाई मिलाएर एक बनाइएको; एकीकरण गरिएको । |
| 11081 | एकीकृत पाठ्यक्रम | ना. | एकअर्का विषयक्षेत्रको रेखालाई वास्ता नगरी अध्ययनीय विस्तृत क्षेत्र वा समग्र जीवनका महत्त्वपूर्ण समस्यामा केन्द्रित गरी विभिन्न एकाइ वा खण्डहरूको अर्थ पूरा र सङ्गठित रूपमा मिश्रण गरिएको पाठ्यक्रम । |
| 11082 | एकीभाव | ना. | १. एउटै वा एकै रूपको हुने काम वा स्थिति । |
| 11083 | एकीभाव | ना. | २. एकत्र हुने काम; जम्मा हुने काम । |
| 11084 | एकीभूत | वि. | १. भिन्न-भिन्न वस्तु घुलमिल भएर एउटै भएको; मिसिएको; मिलेको । |
| 11085 | एकीभूत | वि. | २. जम्मा भएको; एकत्रित । |
| 11086 | एकुन्टा | वि. | १. एक एकवटा । क्रि.वि. |
| 11087 | एकुन्टा | वि. | २. एक एक गरेर । |
| 11088 | एकुन्द्रो | वि. | १. एक दिन बिराएर आउने (ज्वरो) । |
| 11089 | एकुन्द्रो | वि. | २. एक दिन बिराएर हुने वा गरिने (काम) । |
| 11090 | एकुवा | ना. | शरीरमा बल्झिरहने कुनै पनि घाउ (उदा.- जति ओखती गरे पनि उनको घाउमा एकुवा पल्टिरहेकै छ । ) । |
| 11091 | एकुवा: | ना. | ढिम्रीलाई सानो वा ठुलो पार्ने ज्याबल । |
| 11092 | एकुवार | ना. | १. कुनै खोलाको एकातिरको मात्र तीर । |
| 11093 | एकुवार | ना. | २. अप्ठेरो ठाउँ । |
| 11094 | एकुवार | ना. | ३. दुईखापे ढोकाको कुनै एउटा फग्लेँटो; एउटा खापा । |
| 11095 | एकुवारै | क्रि.वि. | जँगार नतरीकन; खोलाको एकापट्टिको तीरतीरै । |
| 11096 | एकुवा हिलो | ना. | हिउँदबर्खे औँलाको काप खाइरहने हिले रोग । |
| 11097 | एउटा | वि. | हे. एकौटा। |
| 11098 | एकेक | वि. | एक एक; हरेक; प्रत्येक | |
| 11099 | एकेडेमी | ना. | १. साहित्य, कला, संस्कृति, विज्ञानको क्षेत्रमा विशिष्ट काम गर्ने एक संस्था । हे. प्रज्ञा प्रतिष्ठान । |
| 11100 | एकेडेमी | ना. | २. शिक्षण संस्थाहरूको शैक्षिक विभाग | |