Dictionary

All Word

11001 एकाकी वि. २. एक्लो गतिविधि मन पराउने; एकलकाँटे ।
11002 एकाक्षर वि. १. एउटा मात्र अक्षर भएको; एकाक्षरी । ना.
11003 एकाक्षर वि. २. एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र ।
11004 एकाक्षर परिवार ना. वाक्यका प्रत्येक शब्द एक अक्षरको हुने, वाक्यमा शब्द जहाँ आए पनि त्यसको रूपमा परिवर्तन नहुने भाषिक परिवार (तिब्बती, चिनियाँ, बर्मेली आदि) ।
11005 एकाक्षरी वि. १. एउटा अक्षर मात्र भएको (मन्त्र; कोश आदि ) |
11006 एकाक्षरी वि. २. एक अक्षरबाट मात्र बनेको (शब्द) ।
11007 एकाग्र वि. १. मन वा चित्तलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; एउटै कुरामा मात्र मन लगाएको; स्थिर मन भएको; एकचित्त । क्रि.वि.
11008 एकाग्र वि. २. मनलाई एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र ध्यान दिएर; एकचित्त भएर।
11009 एकाग्रचित्त वि. मन वा चित्तलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एउटै कुरा वा विचारमा मात्र मन दिने; एकचित्त ।
11010 एकाग्रता ना. एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनाको भाव वा अवस्था ।
11011 एकाघर ना. १. भिन्न नभएको परिवार; अंशबन्डा भई तेरोमेरो नभएको परिवार; मानु नछुट्टिएको परिवार; सगोलमा बसेको परिवार ।
11012 एकाघर ना. २. सगोलमा बसेका परिवारको घर; साझा घर ।
11013 एकाङ्की ना. १. एक अङ्क मात्र भएको वा हुने आफैंमा पूर्ण; छोटो नाटक; एक अङ्क मात्र हुने एक प्रकारको दृश्यकाव्य ।
11014 एकाङ्की ना. २. रूपकका दश भेदमध्ये भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथीजस्ता एक अङ्क मात्र हुने रूपक । वि.
11015 एकाङ्की ना. 3. एक अङ्क भएको ।
11016 एकाङ्गिता ना. एउटै अङ्ग भएको अवस्था; परस्परको सम्बद्धता ।
11017 एकाङ्गी वि. १. एक अड्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग ।
11018 एकाङ्गी वि. २. कुनै निर्णय आदि दिँदा एक अङ्गका सम्बन्धमा मात्र विचार गरेर दिइएको; एक पक्षका बारेमा मात्र सोचिएको; एकतर्फी ( कुरा, निर्णय आदि) ।
11019 एकाङ्गी वि. ३. एउटै कुरामा मात्र लागिरहने; आफ्नो जिद्दी नछोड्ने; एकोहोरो; एकसुरे ।
11020 एकात्म वि. अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर एक भएको; एकाकार; अभिन्न ।
11021 एकात्मता ना. १. एकाकार हुनाको भाव वा अवस्था; गुण, प्रकृति आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थिति।
11022 एकात्मता ना. २. अभिन्नता; एकता ।
11023 एकात्मवाद ना. सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बिचमा अभेद सम्बन्ध मान्ने सिद्धान्त; जीव र ईश्वरका बिचमा एकता देख्ने सिद्धान्त; अद्वैतवादी सिद्धान्त ।
11024 एकात्मवादी वि. एकात्मवादको अनुयायी; एकात्मवादको अनुसरण गर्ने ।
11025 एकादशाह ना. १. मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने क्रिया; एघारौँमा गरिने प्रेतकर्म ।
11026 एकादशाह ना. २. कोही व्यक्ति मरेको एघारौँ दिन ।
11027 एकादशाह ना. ३. एघारौँ दिन ।
11028 एकादशी ना. हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौँ तिथि; दशमीपछिको तिथि ।
11029 एकादेश ना. अरूलाई दन्त्यकथा सुनाउँदा वा भन्दा सुरुमा अनिश्चित देशलाई निर्देशन गर्न भनिने शब्द; अनिश्चित देश; कुनै देश |
11030 एकाध वि. १. पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै ।
11031 एकाध वि. २. अनिश्चित र थोरै सङ्ख्याको; एक वा आधा; केही केही ।
11032 एकाधिक वि. एकभन्दा बढी सङ्ख्याको; एकभन्दा बेसी; कैयौँ ।
11033 एकाधिकार ना. कुनै उद्योगव्यापार, खरिदबिक्री, कामकुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने वा भएको स्थिति; कुनै काम, वस्तु वा व्यापारमा एउटै व्यक्तिको मात्र पूर्ण अधिकार; एकलौटी अधिकार; एकाधिपत्य |
11034 एकाधिकारी वि. एकाधिकार भएको; एकाधिकार चाहने वा गर्ने ।
11035 एकाधिकारवाद ना. एकाधिकारमा विश्वास गर्ने मान्यता वा सिद्धान्त |
11036 एकाधिकारवादी वि. एकाधिकारवादको अनुयायी; एकाधिकारमा विश्वास गर्ने ।
11037 एकाधिपति ना. कुनै कामकुरो, देश आदिमा पूर्ण आधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति ।
11038 एकाधिपत्य ना. १. कुनै काम, वस्तु वा देशमा कुनै एक व्यक्तिको पूर्ण प्रभुत्व हुने वा भएको स्थिति; एकाधिपति हुनाको भाव वा अवस्था ।
11039 एकाधिपत्य ना. २. एकाधिकार ।
11040 एकान वि. १. एकगुना (दुनोट पढ्दा ) ।
11041 एकान वि. २. एक जनाले मात्र थाहा पाउने; एउटामा मात्र सीमित; एक जनामा टुङ्गिने ।
11042 एकान दोकान वि. एक जनाको मुखबाट अर्काको कानमा पुग्ने; एकदुई जनाले मात्र जान्ने ।
11043 एकाना ना. १. चार पैसा बराबर मूल्य भएको सिक्का; चारपैसे मुद्रा; एकआने सिक्का; एकन्नी ।
11044 एकाना ना. २. चार पैसा ।
11045 एकान वि. १. एउटा बिराम वा भुल गर्ने । ना.
11046 एकान वि. २. एक आना।
11047 एकानी दोकानी ना. एकअर्कामा अलिअलि गर्दै भनाभन हुने काम; थोरै थोरै हुँदाहुँदै चर्कने भनाबैरी; बाझाबाझ ।
11048 एकाने वि. एक आना मूल्य बराबरको; एक आना मोलको; एक आना पर्ने ।
11049 एकाने दोकाने क्रि.वि. एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर (गोप्य कुरा फैलिने किसिम); एकान दोकान हुने किसमले ।
11050 एकान्त वि. १. कोही नभएको; मानिस हत्तपत्त नपुग्ने (ठाउँ); सुनसान; निछ्याम; एकलास । ना.