Dictionary

All Word

10851 एकतमासको वि. २. एकोहोरो; एकसुरे ।
10852 एकतर्फी वि. एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षबारे मात्र सोचिएको; एकतर्फको; एकपक्षको; एकलौटी ।
10853 एकतर्फी फैसला ना. अदालतमा परेको कुनै मुद्दामा एक पक्ष हाजिर नभई भएको फैसला |
10854 एकता ना. १. एक हुनाको भाव वा अवस्था ।
10855 एकता ना. २. विचार, उद्देश्य आदिमा सबै परस्पर मिलेर बस्ने काम; ऐक्य ।
10856 एकता ना. ३. समानता; बराबरी |
10857 एकतान वि. १. एउटै विचारमा मात्र लागेको, कुनै एउटाकुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय ।
10858 एकतान वि. २. बिचमा क्रम टुटेको अक्षुण्ण ।
10859 एकतारे ना. १. आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक प्रसिद्ध बाजा | वि.
10860 एकतारे ना. २. एउटा मात्र ताराको चिह्न भएको (झन्डा आदि) ।
10861 एकतारे क्रि.वि. एकनाससँग निरन्तर; लगातार ।
10862 एकताली क्रि.वि. एक पालि; एकपल्ट ।
10863 एकतिस ना. १. तिस र एकको योगबाट बनेको संङ्या; ३१ को अङ्क । वि.
10864 एकतिस ना. २. तिस र एकको योगबाट वनेको ।
10865 एकतिसौँ वि. १. गन्दै जाँदा एकतिस सङ्ख्यामा परेको; एकतिस सङ्ख्याको।
10866 एकतीस ना. हे. एकतिस ।
10867 एकतीसौँ वि. हे. एकतिसौँ ।
10868 एकत्र क्रि.वि. १. एकै स्थानमा जम्मा भएर; एकै ठाउँमा; एक समूहमा ।
10869 एकत्रित वि. एकै ठाउँमा जम्मा गरिएको; समेटिएको; एकत्र पारिएको ।
10870 एकत्व ना. एक हुनाको अवस्था वा भाव; एकता ।
10871 एकदंष्ट्र ना. १. गणेश । वि.
10872 एकदंष्ट्र ना. २. एउटा मात्र दाहा भएको; एकदाऱ्हे |
10873 एकदन्त वि. १. एउटै मात्र दाँत भएको (हात्ती आदि ) | ना.
10874 एकदन्त वि. २. गणेश ।
10875 एकदन्ता / एकदन्ते वि. एउटा मात्र दन्त वा दाँत भएको; (हात्ती ) ।
10876 एकदम क्रि.वि. १. एकाएक; अकस्मात् ।
10877 एकदम क्रि.वि. २. तत्काल; झट्ट; तुरुन्त । वि.
10878 एकदम क्रि.वि. ३. पर्याप्त थुप्रै; धेरै; ज्यादै ।
10879 एकदल ना. १. कुनै उद्देश्यमा संलग्न मानिसहरूको एउटा गुट वा समूह; एउटा पार्टी ।
10880 एकदल ना. २. एक दिउल । ३ तरकारी, सागपात आदिको अङ्कुर पलाउनुअघिको समूह वा बीज ।
10881 एकदलीय वि. १. एउटै मात्र दल भएको (व्यवस्था शासन पद्धति इ.) ।
10882 एकदलीय वि. २. एक दिउल वा फग्ल्याँटो भएको ।
10883 एकदलीय वि. ३. एकदल बिउ राखिएको ।
10884 एकदेशी / एकदेशीय वि. १. कुनै एउटा देश, ठाउँ वा खण्डसि मात्र सम्बन्ध राख्ने; कुनै एक देश वा ठाउँमा मात्र हुने ।
10885 एकदेशी / एकदेशीय वि. २. कुनै खास अवसर वा ठाउँमा मात्र लागु हुने; जहाँतहीं प्रयोग नहुने ।
10886 एकदेशी / एकदेशीय वि. ३. कुनै एक देशको वा त्यस देशसँग सम्बन्धित ।
10887 एकधर्मी वि. १. एक धर्म मान्ने; एउटै धर्मको अनुयायी ।
10888 एकधर्मी वि. २. परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै ।
10889 एकनास वि. १. परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने ।
10890 एकनास वि. २. परस्पर घटीबढी नभएको; बराबरको । क्रि.वि.
10891 एकनास वि. ३. नरोकिईकन; उस्तै गरेर लगातार; निरन्तर ।
10892 एकनिष्ठ वि. १. एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको ।
10893 एकनिष्ठ वि. २. एउटै विषय वा कुरामा मात्र मन दिने; एकाग्र चित्त भएर एउटै कामकुरामा लागिरहने ।
10894 एकन्नी ना. १. चार पैसा बराबर मूल्य भएको सिक्का; चारपैसे मुद्रा; एकआने सिक्का ।
10895 एकन्नी ना. २. चार पैसा वा एक आनाको भारतीय मुद्रा |
10896 एकपक्षीय वि. १. एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको ।
10897 एकपक्षीय वि. २. एकतर्फबाट मात्र हुने, गरिने वा एक तर्फलाई मात्र फाइदा हुने; एकतर्फी ।
10898 एकपत्नी ना. १. पतिव्रता स्त्री ।
10899 एकपत्नी ना. २. विवाहिता स्त्री ।
10900 एकपत्नी व्रत ना. १. एउटै स्त्रीसित बाहेक अर्कोसित विवाह वा प्रेमसम्बन्ध नराख्ने व्रत वा सिद्धान्त । वि.