Dictionary

All Word

10801 एकचक्र वि. १. एउटै मात्र चक्र वा पाङ्ग्रो भएको (रथ, बग्गी आदि)।
10802 एकचक्र वि. २. एउटै राजाद्वारा शासन गरिएको (देश, प्रदेश आदि) ।
10803 एकचक्र वि. ३. चक्रवर्ती । ना
10804 एकचक्र वि. ४. सूर्य ।
10805 एकचक्र वि. ५. सूर्यको रथ ।
10806 एकचालिस ना. १. चालिस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१ को अङ्क । वि.
10807 एकचालिस ना. २. चालिस र एकको योगबाट बनेको; गन्तीका क्रममा चालिस पछि आउने ।
10808 एकचालिसौँ वि. गन्दै जाँदा एकचालिस सङ्ख्यामा परेको; चालिस भन्दा लगत्तै पछिको; एकचालिस सङ्ख्याको ।
10809 एकचालीस ना. हे . एकचालिस ।
10810 एकचालीसौँ वि. हे. एकचालिसौँ ।
10811 एकचित्त क्रि.वि. १. मन वा चित्तलाई अन्त नडुलाईकन एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र मन लगाएर; एकाग्र भएर; एकोहोरो मनले । वि.
10812 एकचित्त क्रि.वि. २. एउटा कुरामा मात्र ध्यान दिएको; एकाग्र ।
10813 एकचुल्ठे वि. १. एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको । ना.
10814 एकचुल्ठे वि. २. एक चुल्ठो पारी बाटिएको कपाल ।
10815 एकचोटि क्रि.वि. एकपटक; एकझमट; एकपल्ट ।
10816 एकछत्त वि. ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान ।
10817 एकछत्र वि. १. एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको; एकै जनाको शासनाधिकारभित्र रहेको; एउटै शासकद्वारा शासित (राज्य आदि) । ना.
10818 एकछत्र वि. २. एकतन्त्र ।
10819 एकछाक ना. १. एक दिनमा कुनै पनि समय एकपल्ट मात्र खाना खाने काम; त्यसरी खाइने खाना ।
10820 एकछाक ना. २. एकछाकी; हविष्य भोजन |
10821 एकछाकी/एकछाके ना. १. व्रत आदिका लागि वा स्वास्थ्यका दृष्टिले एक छाक मात्र खाने दिन; श्राद्धको अघिल्लो दिन । वि.
10822 एकछाकी/एकछाके ना. २. दिनभरमा एकछाक मात्र खाने ।
10823 एकछापे वि. नेपालमा राणाशासनको समयमा मुख्तियारको मात्र छाप लागेको कागत; एउटै मात्र छाप लागेको कागत ।
10824 एकजाइ ना. एउटैको मात्र अधिकार; एकलौटी भएको अवस्था; एकछत्र |
10825 एकजात क्रि.वि. १. अलिकति पनि कत्ति पनि; थोरै पनि । वि.
10826 एकजात क्रि.वि. २. एउटै आमाबाबुबाट जन्मेको; एउटै शाखाको; सहोदर (दाजु, भाइ; बान्धव आदि) । ना.
10827 एकजात क्रि.वि. ३. एउटै जात; अभिन्न जात; उस्तै जाति; समान जाति ।
10828 एक जाति वि. १. एउटै जातको; उस्तै जातको ।
10829 एक जाति वि. २. एउटै वंशमा जन्मेको; एउटै वंशको । ना.
10830 एक जाति वि. ३. एउटै जाति; एकै जात।
10831 एकजातीय वि. एउटै जातिमा जन्मेको; एउटै वर्ग वा समुदायको; एउटै जातको ।
10832 एकजिउ वि. अलगअलग भए पनि एउटै जिउका जस्ता; एउटै ज्यानजस्ता; साऱ्है मिलेका ।
10833 एकजुवा ना. १. घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई बुझाउने शब्द | वि.
10834 एकजुवा ना. २. अन्दाजी एकजुवा बराबर नापको ( घाम ) ।
10835 एक झप्को ना. १. एकपल्ट झपक्क लाग्ने निद्रा ।
10836 एक झप्को ना. २. एकपल्ट झपक्क निदाएपछिको बिउँझाइ |
10837 एक झमट क्रि.वि. १. एकचोटि; एकपटक; एकपल्ट । ना.
10838 एक झमट क्रि.वि. २. तत्काल आउने एउटा वेग वा फोक्का ।
10839 एक झमट क्रि.वि. ३. ताक; एकपल्टको नियालाइ |
10840 एकटक क्रि.वि. आँखा नचिम्लीकन हेरेको हेऱ्यै; एकनाससित नियालेर |
10841 एकट्ठा वि. एक ठाउँमा जम्मा भएको; एकत्र (भेला) ।
10842 एकड ना. चारहजार आठसय चालिस वर्गगज भूमिको नाप ।
10843 एकतन्त्र ना. १. राज्यसञ्चालनको सबै अधिकार एउटै व्यक्तिका हातमा भएको शासनव्यवस्था; देशको सार्वभौमिकता एउटै व्यक्तिमा निहित शासनव्यवस्था । वि.
10844 एकतन्त्र ना. २. एउटै व्यक्तिको मात्र अधिकार भएको; एउटा व्यक्तिभन्दा अरू कसैको हकभोग नभएको; एकछत्र।
10845 एकतन्त्रवाद ना. एउटै व्यक्तिको शासनाधिकारमा विश्वास गर्ने राजनीतिक सिद्धान्त; एकतन्त्रमा विश्वास गर्ने मत वा वाद ।
10846 एकतन्त्रवादी वि. एकतन्त्रवादमा विश्वास गर्ने; एकतन्त्रवादको अनुयायी ।
10847 एकतन्त्री वि. राज्यको शासन व्यवस्थामा एउटै व्यक्तिको मात्र अधिकार भएको (शासन) ।
10848 एकतमास ना. १. अरूभन्दा भिन्न हुनाको अवस्था वा भाव; अनौठोपन; विलक्षणता ।
10849 एकतमास ना. २. एउटै मात्र विचारमा तल्लीन रहने बानी; एकोहोरोपन; एकसुरेपन; ।
10850 एकतमासको वि. १. अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको; विलक्षण।