Dictionary

All Word

10751 ॠद्धि ना. ३. अलौकिक शक्ति ।
10752 ॠद्धि ना. ४. गणेशका दुई सेविकामध्ये एक ।
10753 ॠद्धि ना. ५. लक्ष्मी ।
10754 ॠद्धि ना. ६. पार्वती ।
10755 ॠद्धिसिद्धि ना. १. धनसम्पत्ति वा ऐश्वर्यको वृद्धि र इच्छित कार्यमा सफलता; समृद्धि र सफलता ।
10756 ॠद्धिसिद्धि ना. २. गणेशका दुई सेविका ( ॠद्धि र सिद्धि) ।
10757 ॠषभ ना. १. धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल।
10758 ॠषभ ना. २. सङ्गीतका सात स्वरमध्ये दोस्रो ( रे ) ।
10759 ॠषभ ना. ३. श्रेष्ठ; उत्तम ।
10760 ॠषभदेव ना. १. पुराणअनुसार राजा नाभिका पुत्र र विष्णुका चौबिस अवतारमध्ये एक ।
10761 ॠषभदेव ना. २. जैन धर्मका आदितीर्थङ्कर ।
10762 ॠषभी ना. १. पुरुषको जस्तो दाह्रीजुँगा पलाएकी स्त्री; मर्दानी आइमाई ।
10763 ॠषभी ना. २. गाई ।
10764 ॠषि ना. १. सात्त्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति ।
10765 ॠषि ना. २. वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति; वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति; मुनि; तपस्वी ।
10766 ॠषिॠण ना. ॠषिहरूबाट प्राप्त आध्यात्मिक, भौतिक आदि ज्ञानका बदलामा ब्राह्मण, क्षत्रिय, वैश्यहरूले ॠषिहरूका प्रति गर्नुपर्ने कर्तव्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ आदि ।
10767 ॠषिकल्प वि. ॠषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ॠषिजस्तो; ॠषिसमान; ॠषितुल्य ।
10768 ॠषिकुल ना. १. ॠषिहरूको वंश ।
10769 ॠषिकुल ना. २. प्राचीन समयमा ॠषिहरू बस्ने आश्रम ।
10770 ॠषिकुल ना. ३. विद्यार्थीहरूलाई वेदवेदाङ्गादि पढाउने आश्रम; गुरुकुल ।
10771 ॠषितर्पणी ना. गोत्र, प्रवर आदिका प्रवर्तक ॠषिहरूलाई सम्झेर तर्पण गरिने पूर्णिमा; श्रावण शुक्ल पूर्णिमा; जनैपूर्णिमा ।
10772 ॠषिपञ्चमी ना. शरीरशुद्धिका निम्ति पर सर्न थालेका र विवाहित स्त्रीहरूद्वारा सप्तर्षिको पूजा गरिने दिन; भाद्र शुक्ल पञ्चमी ।
10773 ॠष्टि ना. १. दुवैतिर धार भएको तरबार ।
10774 ॠष्टि ना. २. हातहतियार ।
10775 ॠष्य ना. एक प्रकारको जङ्गली गाई; नील गाई ।
10776 ॠष्यमूक ना. रामायणका कथाअनुसार वानरका राजा सुग्रीव बस्ने, दक्षिण भारतको एक पर्वत ।
10777 ॠष्यशृङ्ग ना. विभाण्डक नाउँका ॠषिका पुत्र; एक प्रसिद्ध पौराणिक ॠषि ।
10778 संस्कृत वर्णमालाको एघारौँ तथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौं स्वरवर्ण; परम्परागत रूपमा कण्ठतालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
10779 ए. वि.बो. १. एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द । (उदा.- ए, मैले भनेको थिएँ । ए, हो र भन्या ! ) ।
10780 ए. वि.बो. २. कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम ! आज यति काम गर है ? ए यता आइज । ) ।
10781 एउटा वि. कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एक मात्र; यौटा ।
10782 एक ना. १. पूर्ण राशिमा सङ्ख्याक्रमका हिसाबले पहिलो सङ्ख्या; १ को अङ्क। वि.
10783 एक ना. २. एउटा; यौटा ।
10784 एक ना. ३. अरूभन्दा श्रेष्ठ; सर्वश्रेष्ठ; अद्वितीय; मुख्य; प्रमुख ।
10785 एक ना. ४. शक्ति, गुण आदिका दृष्टिले उस्तै; तुल्य; सदृश। (उदा.- हाम्रा लागि दुवै छिमेकी एक हुन् ।) ।
10786 एककण्ठ वि. दुई वा तीन जना मिली कविता, वेद आदि पढ्दा र गीत गाउँदा एउटै स्वर हुने वा आउने ।
10787 एककाँधे ना. हल गोरुमध्ये एउटा निर्धो भई हल नमिल्ने भएमा बलिया गोरुलाई बढी भार पर्ने गरी हल्लुँडो सारी जोत्ने काम ।
10788 एककालिक / कालीन वि. १. कुनै एउटा समयमा मात्र हुने; एक चोटि मात्र हुने; एक पटकको; एक पटके ।
10789 एककालिक / कालीन वि. २. एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन ।
10790 एककुण्डल ना. १. एउटा कानमा मात्र कुण्डल लगाउने व्यक्ति ।
10791 एककुण्डल ना. २. शेषनाग।
10792 एककुण्डल ना. ३. बलराम।
10793 एककुण्डल ना. ४. कुबेर ।
10794 एक कोषीय वि. एक कोष भएको; त्रिखण्डारम्भ युगको ( जीव वा प्राणी) ।
10795 एकखुट्टे वि. १. एउटा मात्र खुट्टो हुने वा एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको । ना.
10796 एकखुट्टे वि. २. एउटा खुट्टो देखिने वा त्यस्तै आकारको 'ए' स्वर वर्णको नेपाली नाम |
10797 एकखुट्टे वि. ३. एउटा खुट्टाले मात्र टेकेर उफि्रँदै खेलिने खेल।
10798 एकखुरे वि. एउटा मात्र खुर भएको; खुर नफाटेको (गधा, टट्टु आदि) ।
10799 एकगेडे वि. १. एउटा मात्र गेडा भएको । ना.
10800 एकगेडे वि. २. एउटा मात्र गेडा हुने एक किसिमको माला।