Dictionary

All Word

10601 उस्तादी ना. उस्तादमा रहेको गुण वा दायित्व ।
10602 उस्तै वि. उस्तो नै, ऊ जस्तै; त्यस्तै ।
10603 उस्तो वि. १. ऊजस्तो; त्यस्तो । क्रि.वि.
10604 उस्तो वि. २. त्यत्तिको; प्रायः; त्यति धेर ।
10605 उहाँ सर्व. १. 'ऊ' को सम्मानसूचक शब्द; मान्यजनलाई सङ्केत गर्दा भनिने शब्द । क्रि.वि.
10606 उहाँ सर्व. २. त्यहाँ; त्यस ठाउँमा; वहाँ ।
10607 उहिले क्रि.वि. धेरै वर्षपहिले; प्राचीन कालमा; अघि नै ।
10608 उहिल्यै क्रि.वि. उहिले नै; पहिले नै ।
10609 उहीँ अव्य. १. उहाँ नै; त्यहाँ नै । सर्व.
10610 उहीँ अव्य. २. उहाँ नै ।
10611 उही सर्व. ऊ नै; त्यही ।
10612 उहुँ वि.बो. १. अस्वीकार वा निषेध बुझाउने शब्द; अहँ ।
10613 उहुँ वि.बो. २. कुनै पीडा, स्वाङ, नक्कल इ. बुझाउँदा प्रयोग गरिने शब्द।
10614 उहु वि.बो. असह्य पीडा वा दुःख हुँदा मुखबाट निस्कने शब्द । (उदा.- उहु, मेरो पेट साह्रै दुख्यो ! )।
10615 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च र बन्दसमेत मानिएको दीर्घ स्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
10616 सर्व. १. प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो ।
10617 सर्व. २. टाढाको वस्तुलाई औँल्याएर वा तोकेर देखाउँदा भनिने शब्द ।
10618 ऊँचनीच ना. हे. उचनिच ।
10619 ऊँचाइ ना. हे. उचाइ ।
10620 ऊँचो वि. हे. उचो ।
10621 ऊँट ना. हे. उँट ।
10622 ऊकार ना. १. 'ऊ' अक्षर।
10623 ऊकार ना. २. उकारको दीर्घ रूप (ू)।
10624 ऊ जुनी ना. १. पूर्वजन्म।
10625 ऊ जुनी ना. २. मरेपछि फेरि हुने जन्म ।
10626 ऊढ वि. १. बिहा भएको; विवाहित।
10627 ऊढ वि. २. स्वास्नी पाल्ने अभिभारा बोकेको ।
10628 ऊढा वि. बिहा भएकी; विवाहिता ।
10629 ऊद ना. हे. उद ।
10630 ऊन ना. हे. उन ।
10631 ऊनी ना. हे. उनी।
10632 ऊरू ना. तिघ्रा ।
10633 ऊरुज वि. १. जाँघबाट उत्पन्न भएको । ना.
10634 ऊरुज वि. २. परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्‌को जाँघबाट जन्मेको भनिने वैश्यजाति ।
10635 ऊरुज स्तम्भ ना. गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक भेद ।
10636 ऊर्ज ना. आत्मबल; आत्मशक्ति; प्राण; हिम्मत ।
10637 ऊर्जस्वल / ऊर्जस्वी वि. १. बलवान्; शक्तिशाली ।
10638 ऊर्जस्वल / ऊर्जस्वी वि. २. प्राणवान् ।
10639 ऊर्जस्वल / ऊर्जस्वी वि. ३. हिम्मत भएको ।
10640 ऊर्जा ना. १. बल; शक्ति ।
10641 ऊर्जा ना. २. भोजन ।
10642 ऊर्जा ना. ३. सास; श्वास ।४. उत्साह ।
10643 ऊर्जा ना. ५. कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल ।
10644 ऊर्जा प्रजनक ना. जेनरेटर ।
10645 ऊर्जा सङ्कट ना. ऊर्जाको अभावमा हुने दुःख वा आपत्ति ।
10646 ऊर्ण ना. हे. ऊन।
10647 ऊर्णनाभ ना. माकुरो ।
10648 ऊर्ध्व वि. माथिल्लो; माथिको; उँभो ।
10649 ऊर्ध्वकेश वि. ठाडा ठाडा कपाल हुने; कपाल जिङ्ग्रिङ्ङ परेको ।
10650 ऊर्ध्वगामी वि. १. मास्तिर जाने; चढ्ने ।