Dictionary

All Word

10451 उल्का ना. १. कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज; धूमकेतु ।
10452 उल्का ना. २. आकस्मिक रूपमा हुने उत्पात; अचानक आइपरेको उपद्रो ।
10453 उल्का ना. ३. अगुल्टो; बल्दो दाउरो ।
10454 उल्काइ ना. उल्कने क्रिया वा प्रक्रिया ।
10455 उल्काइनु क.क्रि. उल्कने पारिनु; उल्कन लाइनु ।
10456 उल्काउनु प्रे. क्रि. १. उल्कने पार्नु; उल्कन लाउनु ।
10457 उल्काउनु प्रे. क्रि. २. उल्लीबिल्ली पार्नु ।
10458 उल्कामुख ना. १. एक प्रकारको राँकेभूत; राँकेभूत ।
10459 उल्कामुख ना. २. स्याल ।
10460 उल्काहट ना. उल्कने तथा उल्काउने क्रिया वा प्रक्रिया ।
10461 उल्किनु अ.क्रि. १. हे. उल्कनु ।
10462 उल्किनु अ.क्रि. २. उल्कने होइनु ।
10463 उल्की ना. उल्क्याइँ ।
10464 उल्क्याइँ ना. उल्किने क्रिया वा प्रक्रिया ।
10465 उल्क्याइनु क. क्रि. उल्किने पारिनु; उल्किन लगाइनु ।
10466 उल्क्याउनु प्रे. क्रि. उल्किने पार्नु; उल्किन लगाउनु ।
10467 उल्क्याहट ना. उल्किने अथवा उल्काउने क्रिया वा प्रक्रिया ।
10468 उल्क्याहा वि. उल्किने स्वभावको; उल्कीमा लाग्ने ।
10469 उल्छिनु अ.क्रि. कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु ।
10470 उल्छ्याइ ना. उल्छिने क्रिया वा प्रक्रिया ।
10471 उल्छ्याइनु अ.क्रि. उल्छिने होइनु ।
10472 उल्छ्याउनु प्रे. क्रि. उल्छिने पार्नु ।
10473 उल्झनु स.क्रि. १. पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु; हुत्त्याउनु ।
10474 उल्झनु स.क्रि. २. बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु। अ.क्रि.
10475 उल्झनु स.क्रि. ३. झन्झटमा फस्नु ।
10476 उल्झन ना. उल्झने स्थिति वा प्रक्रिया ।
10477 उल्झाइ ना. उल्झने क्रिया वा प्रक्रिया ।
10478 उल्झाइनु क. क्रि. उल्झने पारिनु; उल्झन लगाइनु ।
10479 उल्झाउनु स.क्रि. कुनै वस्तु हातले वा कुनै साधनले हुत्त्याउने काम गर्नु।
10480 उल्झाहट ना. उल्झने क्रिया वा प्रक्रिया ।
10481 उल्झिनु क. क्रि. उल्झने काम गरिनु ।
10482 उल्टनु अ.क्रि. १. उल्टो हुनु; पल्टनु ।
10483 उल्टनु अ.क्रि. २. एक पटक बाली भइसकेका गाईभैँसीले पुनः बहर वा राँगो खोज्नु ।
10484 उल्टनु अ.क्रि. ३. एक अड्डाले गरेका कुनै मुद्दाको फैसलाको विरुद्ध माथिल्लो अड्डाबाट फैसला हुनु; बदर हुनु । स.क्रि.
10485 उल्टनु अ.क्रि. ४. पानी नहालीकन फुको भुस, खरानी आदिले भाँडा साफ गर्नु; उड्कनु ।
10486 उल्टनु अ.क्रि. ५. फिँजिएको वा छरिएको बिस्कुन थुप्य्राउनु ।
10487 उल्टनु अ.क्रि. ६. फर्काउनु; उल्टो पार्नु ।
10488 उल्टाइ ना. उल्टिने भाव, क्रिया वा प्रक्रिया।
10489 उल्टाइनु क. क्रि. उल्टने पारिनु; उल्टन लगाइनु ।
10490 उल्टाइपल्टाइ ना. राम्ररी गरिने हेरफेर; उल्टापाल्टी ।
10491 उल्टाउनु प्रे. क्रि. १. उल्टो पार्नु ।
10492 उल्टाउनु प्रे. क्रि. २. बदर वा खारेज गराउनु अथवा गर्न लगाउनु ।
10493 उल्टापाल्टा / उल्टापाल्टी / उल्टापुल्टा ना. १. उलटपलट; हेरफेर; अदलीबदली ।
10494 उल्टापाल्टा / उल्टापाल्टी / उल्टापुल्टा ना. २. साटफेर; सट्टापट्टा | वि.
10495 उल्टापाल्टा / उल्टापाल्टी / उल्टापुल्टा ना. ३. विनाक्रमको; जथाभाबी ।
10496 उल्टिनु अ.क्रि. १. उल्टनु ।
10497 उल्टिनु अ.क्रि. २. उल्टने होइनु ।
10498 उल्टी ना. १. घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न ।
10499 उल्टी ना. २. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद ।
10500 उल्टी ना. ३. उल्टो ।