Dictionary

All Word

10401 उराल ना. आकाशतिर हुत्त्याउने क्रिया; माथितिर हुऱ्ऱ्याउने क्रिया ।
10402 उरालधुराल ना. उराल्ने र छर्ने काम; चम्काउने र धुरा पस्ने काम ।
10403 उरालपाँजे वि. १. धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने ।
10404 उरालपाँजे वि. २. छिटो; छरितो ।
10405 उरिलो ना. तिलको जस्तो मसिनो पात भई पहेँलो फूल फुल्ने एक प्रकारको झार ।
10406 उरुङ ना. थुप्रो; रास; थाक; चाङ ।
10407 उरुङखात वि. १. धेरै; प्रशस्त । क्रि.वि.
10408 उरुङखात वि. २. धेरै ।
10409 उरोज ना. छातीमा हुने विशेष किसिमका अङ्ग; स्तन; कुच; दुध।
10410 उर्गल ना. चिउरा, धान आदि कुट्ने काठको ओखल ।
10411 उर्दी ना. निश्चित कामका लागि सार्वजनिक रूपमा दिइएको अधिकारीको आज्ञा; आदेश ।
10412 उर्दी पोसाक ना. कार्यालय आदिको औपचारिक पोसाक ।
10413 उर्दु ना. अधिक मात्रामा अरबी अनि कम मात्रामा फारसी र तुर्केली भाषाका शब्द मिसिएको, फारसी लिपिमा लेखिने एक भाषा।
10414 उर्दू ना. हे. उर्दु ।
10415 उर्नी ना. एउटा मात्र तारको धागो हुने र रेटेर बजाइने एक खालको बाजा; एकतारे बाजा ।
10416 उर्फ संयो. हे. अथवा ।
10417 उर्लंदो वि. उर्लिरहेको ।
10418 उर्लनु अ.क्रि. १. नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु; बाढी आउनु; खोला बढ्नु ।
10419 उर्लनु अ.क्रि. २. मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु ।
10420 उर्लनु अ.क्रि. ३. बम्कनु; जङ्गिनु ।
10421 उर्लाइ ना. उर्लने क्रिया वा प्रक्रिया ।
10422 उर्लाइनु क.क्रि. उर्लने पारिनु ।
10423 उर्लाउनु प्रे. क्रि. उर्लने पार्नु ।
10424 उर्लाहट ना. उर्लने क्रिया वा प्रक्रिया ।
10425 उर्लिंदो वि. उर्लने खालको; उर्लने; बेगिलो ।
10426 उर्ल्याइँ उर्लिने क्रिया वा प्रक्रिया; उर्लाइँ ।
10427 उर्ल्याहट ना. उर्लिने क्रिया वा प्रक्रिया; उर्ल्याइँ ।
10428 उर्वर ना. धेरै उब्जनी हुने; धेरै कुरा वा वस्तु निस्कन सक्ने; उब्जाउ ।
10429 उर्वरक वि. १. उर्वर गराउने; मलिलो तुल्याउने । ना.
10430 उर्वरक वि. २. माटाको उर्वराशक्ति बढाउनका निम्ति खेतमा प्रयोग गरिने वस्तु; मल ।
10431 उर्वरक्षमता ना. भूमिलाई उर्वर तुल्याउने शक्ति; मलिलो पार्ने सामर्थ्य ।
10432 उर्वरता ना. १. उर्वरपना; मलिलोपना ।
10433 उर्वरता ना. २. जन्माउन वा उमार्न सक्ने गुण वा क्षमता।
10434 उर्वरा ना. १. धेरै उब्जाउ हुने भूमि; उब्जाउ जग्गा । वि.
10435 उर्वरा ना. २. हे. उर्वर ।
10436 उर्वशी ना. एक प्रसिद्ध अप्सरा; वसिष्ठ र अगस्त्यकी आमा ।
10437 उर्वी ना. १. पृथ्वी ।
10438 उर्वी ना. २. विस्तृत भूमि; मैदान ।
10439 उलटपलट / उलटपुलट ना. १. ठुलो परिवर्तन; हेरफेर; अदलीबदली ।
10440 उलटपलट / उलटपुलट ना. २. अव्यवस्था; गोलमाल ।
10441 उलटपलट / उलटपुलट ना. ३. परिवर्तन ।
10442 उलटफेर ना. उलटपुलट ।
10443 उलामाला ना. अर्काको लैलै; होहोरे ।
10444 उलिनी ना. आगो पार्न प्रयोग गरिने धार नभएको कर्द; चकमक ।
10445 उलिन्काठ ना. छत नभएको, कसैलाई बसाएर दुईतिरबाट दुई वा तीन जनाले बोकी लैजान हुने सवारी साधन; तामदान; ओलिन्काठ।
10446 उलूक ना. उल्लु चरो; लाटोकोसेरो ।
10447 उलेली ना. विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा ।
10448 उल्कनु अ.क्रि. १. उल्का झैँ नराम्रो परिणाम देखाउने काम हुनु ।
10449 उल्कनु अ.क्रि. २. छिहिलिनु; जिस्कनु; इत्तरिनु ।
10450 उल्कनु अ.क्रि. ३. लाजभाँड बोल्नु ।