Dictionary

All Word

10551 उल्ल्याउनु प्रे. क्रि. १. उल्लिने पार्नु; उल्लिन लगाउनु ।
10552 उल्ल्याउनु प्रे. क्रि. २. उल्लीबिल्ली पार्नु; मूर्ख तुल्याउनु ।
10553 उल्ल्याहट ना. उल्लिने क्रिया वा प्रक्रिया; उल्लुपना ।
10554 उवा ना. हिमालतिर हुने एक प्रसिद्ध अन्न ।
10555 उशीर ना. जरो सुगन्धित हुने कुशका जातको घाँस; खसखसको बोट ।
10556 उष (:) ना. उषा; प्रभात ।
10557 उषःकाल ना. बिहानीपखको समय; अरुणोदयभन्दा पहिलेको समय ।
10558 उषःपाषाण ना. प्रागैतिहासिक पुरातत्त्वविद् बेन्जामिन हेरिसनले जम्मा गरेका पाषाण उपकरण ।
10559 उषा ना. १. अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल ।
10560 उषा ना. २. अरुणोदयको आकाशको लाली ।
10561 उषा ना. ३. वाणासुरकी छोरी ।
10562 उषकाल ना. मिरमिरे बिहानी; उषःकाल ।
10563 उषाश्मयुग ना. आजभन्दा सात करोड वर्षपहिले प्रारम्भ भएको युग; स्तनपायी प्राणीको सृष्टि प्रारम्भ भएको युग ।
10564 उष्ट्र ना. उँट ।
10565 उष्ण वि. १. धेरै तातो; अति गरम; तप्त । ना.
10566 उष्ण वि. २. गर्मी; घाम ।
10567 उष्ण वि. ३. राप ।
10568 उष्ण वि. ४. ग्रीष्म ऋतु ।
10569 उष्ण कटिबन्ध ना. भूगोलका कर्कट र मकररेखाहरूका बिचमा पर्ने ज्यादै गर्मी हुने भाग ।
10570 उष्ण प्रदेश ना. गर्मी हुने भाग वा क्षेत्र; गर्मी मुलुक ।
10571 उष्णोत्स ना. धरातलका छिद्रबाट जोडसँग निस्कने तातो पानीको फोहोरा ।
10572 उष्म ना. १. गर्मीको समय; ग्रीष्म ऋतु ।
10573 उष्म ना. २. गर्मी; ताप ।३. गरम मिजास ।
10574 उष्म ना. ४. सकारको साथमा उच्चरित हुने (श, ष, स इ.) ।
10575 उष्मज ना. गर्मीको समयमा वा गर्मीबाट पैदा हुने किरो।
10576 उष्मीभवन ना. शब्दका अनुष्म ध्वनिहरू उष्म ध्वनिमा परिवर्तन हुने प्रक्रिया (जस्तो- माथितिर > मास्तिर ) ।
10577 उस् वि.बो. १. कुनै काम गर्न झिँजो वा पट्यारलाग्दा मुखबाट निस्कने आवाज ।
10578 उस् वि.बो. २. अर्काले भनेका कुरालाई मन नपराएको जनाउने शब्द ।
10579 उस सर्व. विभक्ति लाग्दा हुने 'ऊ' को तिर्यक् रूप (जस्तै- उसले, उसलाई इ.) ।
10580 उसर ना. १. नुनिलो माटो भएको जमिन ।
10581 उसर ना. २. बोटबिरुवाहरू केही नउम्रने जमिन; बाँझो जग्गा; ऊषर।
10582 उसरी क्रि.वि. उसो गरी; त्यसरी ।
10583 उसिन्नु स.क्रि. अनाज, फल, मासु आदिलाई पानी हालेर पकाउनु; गुम्स्याउनु; उमाल्नु; बफाउनु।
10584 उसिनपसिन ना. हे. असिनपसिन ।
10585 उसिनपासिन ना. १. पकाउने, पस्कने आदि भान्साको काम ।
10586 उसिनपासिन ना. २. इच्छा नहुँदा नहुँदै पनि करबलले पकाई पस्की खान दिने क्रिया ।
10587 उसिना वि. १. उसिनेको; बफाएको । ना.
10588 उसिना वि. २. उसिनेको धान वा त्यस्तो धानको चामल ।
10589 उसिनाइ ना. उसिन्ने भाव, क्रिया वा प्रक्रिया ।
10590 उसिनाहा / उसिनुवा वि. / ना. उसिना ।
10591 उसिसनिसिस क्रि.वि. १. हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस ।
10592 उसिसनिसिस क्रि.वि. २. ना. त्यसरी असजिलो हुने वा निसासिने स्थिति ।
10593 उसै क्रि.वि. १. उसो नै, त्यसै ।
10594 उसै क्रि.वि. २. विनाकामले; काम नभईकन ।
10595 उसै क्रि.वि. ३. पैसा वा मोल नतिरीकनै ।
10596 उसो वि. ऊजस्तो; उस्तो ।
10597 उस्ताद ना. १. सङ्गीत, नृत्य आदिको गुरु ।
10598 उस्ताद ना. २. गवैया । वि.
10599 उस्ताद ना. ३. काम गर्न सिपालु; निपुण; पोख्त।
10600 उस्ताद ना. ४. धूर्त ।