Dictionary

All Word

10301 उमर्को ना. सासको रोकाहट; निसासिने क्रिया ।
10302 उमा ना. महादेवकी पत्नी वा शक्ति; दुर्गा; पार्वती ।
10303 उमाइ ना. उम्ने भाव, क्रिया वा प्रक्रिया ।
10304 उमाइनु क.क्रि. उम्ने पारिनु; उम्न लाइनु; उँगाइनु ।
10305 उमाउनु प्रे. क्रि. उम्ने पार्नु; उम्न लाउनु ।
10306 उमापति ना. महादेव ।
10307 उमार्नु प्रे. क्रि. उम्रने पार्नु; उम्रन लगाउनु ।
10308 उमार ना. १. उम्रने क्रिया वा प्रक्रिया ।
10309 उमार ना. २. उम्राइको छिमल (उदा.- एकै उमारमा बारी हरियै भएछ । )।
10310 उमाराइ ना. उमार्ने क्रिया वा प्रक्रिया ।
10311 उमारिनु क.क्रि. उमार्ने काम गरिनु; उम्रने पारिनु ।
10312 उमाल्नु प्रे. क्रि. उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु।
10313 उमाल ना. १. उम्लने क्रिया; उम्लाइ ।
10314 उमाल ना. २. दुध, तेल आदि उम्लँदाखेरि उठेको भुल्को।
10315 उमालिनु क.क्रि. उमाल्ने काम गरिनु; उम्लने पारिनु ।
10316 उमिनु अ.क्रि. उम्ने होइनु; उँगिनु; उङिनु ।
10317 उमेठ्नु अ.क्रि. हे. उमठ्नु ।
10318 उमेठाइ ना. उमेठ्ने भाव, क्रिया वा प्रक्रिया ।
10319 उमेठाइनु अ.क्रि. उमठिने पारिनु ।
10320 उमेठिनु अ.क्रि. उमठिने होइनु ।
10321 उमेद ना. हे. उम्मेद ।
10322 उमेदवार वि. उम्मेदवार ।
10323 उमेदवारी ना. उम्मेदवारी ।
10324 उमेर ना. १. आफ्नो जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग ।
10325 उमेर ना. २. जीवनको कुनै पनि अवस्था (बाल्यकाल, यौवन, वार्धक्य इ.) ।
10326 उमेर ना. ३. तरुणावस्था; बैँस ।
10327 उमेरदार वि. १. पाको उमेरको; हुर्किएको ।
10328 उमेरदार वि. २. तन्नेरी; बैँसालु ।
10329 उमेरदारी ना. १. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो । वि.
10330 उमेरदारी ना. २. भर्खरको उमेरको; पट्ठो ।
10331 उम्कनु अ.क्रि. १. बन्धनबाट मुक्त हुनु; छुट्नु ।
10332 उम्कनु अ.क्रि. २. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु ।
10333 उम्कनु अ.क्रि. ३. खुल्नु; खुस्कनु ।
10334 उम्कनु अ.क्रि. ४. भाग्नु; फुत्कनु ।
10335 उम्कनु अ.क्रि. ५. कामबाट छुटकारा पाउनु।
10336 उम्काइ ना. उम्कने क्रिया वा प्रक्रिया ।
10337 उम्काइनु क.क्रि. उम्कने पारिनु; उम्कन लगाइनु ।
10338 उम्काउनु प्रे. क्रि. उम्कने गराउनु; फुत्काउनु ।
10339 उम्किनु अ.क्रि. १. उम्कनु ।
10340 उम्किनु अ.क्रि. २. उम्कने होइनु ।
10341 उम्क्याइ ना. उम्किने क्रिया वा प्रक्रिया; उम्काइ ।
10342 उम्टनु स.क्रि. ज्यापु झार्नका निम्ति उइँटोद्वारा रुवा पेल्नु ।
10343 उम्टाइ ना. उम्टने क्रिया वा प्रक्रिया ।
10344 उम्टाइनु क.क्रि. उम्टने पारिनु; उम्टन लगाइनु ।
10345 उम्टाउनु प्रे. क्रि. उम्टने पार्नु; उम्टन लगाउनु ।
10346 उम्तिनु अ.क्रि. उन्मत्त हुनु; मात्तिनु; उम्लिनु ।
10347 उम्त्याइँ ना. उम्तिने क्रिया वा प्रक्रिया ।
10348 उम्त्याइनु क.क्रि. उम्तिने पारिनु ।
10349 उम्त्याउनु प्रे. क्रि. उम्तिने पार्नु ।
10350 उम्त्याहट ना. उम्तिने क्रिया वा प्रक्रिया ।