Dictionary

All Word

10201 उबडखाबड वि. २. त्यस्तो बाटो वा ठाउँ ।
10202 उबाइ ना. उबाउने क्रिया वा प्रक्रिया ।
10203 उबाइनु क.क्रि. उबाउने काम गरिनु; उघाइनु ।
10204 उबाउनु स.क्रि. पानी, अनाज आदिमा अँजुली वा भाँडा गाडेर झिक्नु; उघाउनु ।
10205 उबार्नु स.क्रि. १. कुनै निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गरेर बचाउनु ।
10206 उबार्नु स.क्रि. २. जगेरा राख्नु; जतन गर्नु ।
10207 उबार ना. जोगिएर रहेको अंश वा मात्रा; बचत ।
10208 उबाराइ ना. उबार्ने क्रिया वा प्रक्रिया ।
10209 उबारिनु क.क्रि. उबार्ने काम गरिनु ।
10210 उबारु वि. १. उबार्ने (मान्छे)।
10211 उबारु वि. २. उब्रेको (वस्तु) ।
10212 उब्जनु अ.क्रि. १. उब्जा हुनु; बालीनाली फल्नु ।
10213 उब्जनु अ.क्रि. २. अकस्मात् निस्कनु; प्रकट हुनु ।
10214 उब्जनु अ.क्रि. ३. विचार फुर्नु ।
10215 उब्जनी ना. उब्जा; उत्पादन; उब्जाबाली ।
10216 उब्जनी शक्ति ना. उब्जा हुने क्षमता; जग्गाजमिनको बालीनाली राम्रोसँग सप्रने शक्ति ।
10217 उब्जा ना. १. जग्गाजमिनबाट हुने अन्नपातको आम्दानी; उब्जनी ।
10218 उब्जा ना. २. उत्पादन ।
10219 उब्जाइ ना. उब्जने भाव, क्रिया वा प्रक्रिया ।
10220 उब्जाइनु क.क्रि. उब्जाउने काम गरिनु ।
10221 उब्जाउ ना. १. उब्जा हुने क्रिया वा प्रक्रिया ।
10222 उब्जाउ ना. २. उब्जा । वि.
10223 उब्जाउ ना. ३. प्रशस्त मात्रामा उब्जा हुने; उर्वर ।
10224 उब्जाउनु प्रे. क्रि. १. उब्जने पार्नु; उब्जा हुने तुल्याउनु ।
10225 उब्जाउनु प्रे. क्रि. २. उत्पन्न गर्नु; उत्पादन गर्नु ।
10226 उब्जिनु अ.क्रि. १. हे. उब्जनु ।
10227 उब्जिनु अ.क्रि. २. उत्पादन हुनु; उत्पादित हुनु ।
10228 उब्जिलो वि. १. उब्जाउ; उत्पादनशील ।
10229 उब्जिलो वि. २. उर्वर ।
10230 उब्रनु अ.क्रि. बचत हुनु; शेष रहनु; बाँकी रहनु ।
10231 उब्रा ना. जुम्लामा प्रचलित चलनअनुसार छरछिमेकीहरू बसी गफ गर्ने घरको एक खण्ड; ओथरा; बैठकघर; पञ्चायती घर ।
10232 उब्राइ ना. उब्रने भाव, क्रिया वा प्रक्रिया ।
10233 उब्रिनु अ.क्रि. १. हे. उब्रनु ।
10234 उब्रिनु अ.क्रि. २. उब्रने होइनु ।
10235 उब्रीपाब्री/ उब्रेपाब्रे/ उब्रोपाब्रो ना. १. उब्रेको वस्तु; उबारु वस्तु ।
10236 उब्रीपाब्री/ उब्रेपाब्रे/ उब्रोपाब्रो ना. २. रहलपहल ।
10237 उभड्नु अ.क्रि. १. उत्तेजित हुनु; भड्कनु; उभारिनु ।
10238 उभड्नु अ.क्रि. २. उक्सनु; माथि आउनु; प्रकट हुनु ।
10239 उभडाइ ना. उभड्ने भाव, क्रिया वा प्रक्रिया।
10240 उभय क्रि.वि. दुई नै; दुवै ।
10241 उभयचर वि. जल र थल दुवै स्थानमा गति भएको वा हिँड्न सक्ने (भ्यागुतो, कछुवा इ)। ) ।
10242 उभयतः क्रि.वि. १. दुवैतिर; दुवैपट्टि ।
10243 उभयतः क्रि.वि. २. दुवैतर्फबाट ।
10244 उभयनिष्ठ वि. १. दुवैमा बराबर आस्था वा निष्ठा राख्ने ।
10245 उभयनिष्ठ वि. २. दुवैमा रहेको ।
10246 उभयपक्ष ना. शुक्ल र कृष्ण पक्ष ।
10247 उभयपक्षीय वि. १. दुईतिरको; दुईतर्फी वा दुई पक्ष भएको ।
10248 उभयपक्षीय वि. २. दुवै पक्षसित सम्बन्ध भएको ।
10249 उभयमध्यस्थ वि. दुई थरीका बिचमा रहेर काम गर्ने (बिहेको लमी, कुराकानीको दोभासे इ.) ।
10250 उभयमुखी वि. १. दुईतिर मुख हुने; दुई मुख हुने; दुईमुखे ।