Dictionary

All Word

10101 उपहार ना. १. कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना।
10102 उपहार ना. २. राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ चिनुस्वरूप दिइने वस्तु ।
10103 उपहारक वि. उपहार दिने; कोसेली चढाउने ।
10104 उपहास ना. १. अर्कालाई लज्जित तुल्याउन वा खिसीटिउरी गर्नका निम्ति गरिने हँस्सीठट्टा; गिल्ला ।
10105 उपहास ना. २. निन्दा; बदनामी ।
10106 उपहासक वि. उपहास गर्ने; हँस्सी उडाउने; गिल्ला गर्ने ।
10107 उपहास्य वि. उपहास गर्न योग्य; हँस्सी गर्न लायक ।
10108 उपहृत वि. उपहार चढाइएको; सौगात दिइएको ।
10109 उपांशु ना. एकान्तमा अरूले सुनिने गरी गरिएको देवताको प्रार्थना; मन्त्रजप ।
10110 उपाखण्ड ना. उत्पात; ज्यादा; औधी; उधुम ।
10111 उपाख्यान ना. १. पुरानो कथा; प्राचीन वृत्तान्त ।
10112 उपाख्यान ना. २. ठुलो कथाअन्तर्गत रहने सानो कथा ।
10113 उपाख्यान ना. ३. उखान ।
10114 उपाङ्ग ना. १. कुनै अङ्गको भाग; अवयव ।
10115 उपाङ्ग ना. २. कुनै वस्तुको अभावपूर्ति गर्ने अर्को सहायक वा पूरक वस्तु ।
10116 उपादान ना. १. लिने वा ग्रहण गर्ने काम ।
10117 उपादान ना. २. पाउने काम; प्राप्ति; उपलब्धि ।
10118 उपादान ना. ३. कुनै वस्तुको उपयोग गर्ने काम वा प्रक्रिया ।
10119 उपादान ना. ४. बोध; ज्ञान ।
10120 उपादान ना. ५. कुनै वस्तु तयार हुने सामग्री; साधन; कारण; हेतु ।
10121 उपादान ना. ६. कुनै कामका निम्ति दिइएको एकमुस्ट रकम ।
10122 उपादान कारण ना. कुनै वस्तुका उत्पादनमा रहने मुख्य भौतिक वस्तु (जस्तै- कपडाको उपादान कारण धागो) ।
10123 उपादेय वि. १. लिन लायक; ग्रहण गर्न योग्य ।
10124 उपादेय वि. २. उत्तम; श्रेष्ठ।
10125 उपादेय वि. ३. काम लाग्ने; उपयोगी।
10126 उपादेयता ना. १. ग्रहण गर्न योग्य हुनाको भाव वा अवस्था ।
10127 उपादेयता ना. २. उपयोगिता ।
10128 उपाधि ना. १. योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा।
10129 उपाधि ना. २. एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट ।
10130 उपाधि ना. ३. उपद्रव; उत्पात।
10131 उपाधि ना. ४. कर्तव्यको विचार; धार्मिक चिन्तन ।
10132 उपाधिधारी वि. उपाधि पाएको; पदवी पाएको ।
10133 उपाध्यक्ष ना. कुनै संस्था आदिमा अध्यक्षको सहायक भएर काम गर्ने अधिकारी; उपसभापति ।
10134 उपाध्याय ना. १. वेदवेदाङ्ग पढाउने गुरु ।
10135 उपाध्याय ना. २. शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति ।
10136 उपाध्याय ना. ३. उत्तम ब्राह्मणजाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द ।
10137 उपाध्यायी ना. १. शिक्षिका; उपाध्याया ।
10138 उपाध्यायी ना. २. अध्यापककी पत्नी; गुरुमा।
10139 उपान्त वि. १. अन्त्यभन्दा पहिलेको; छेउका नजिकको । ना.
10140 उपान्त वि. २. लेख्दा दायाँबायाँ छोडिने कागतको भाग; मार्जिन ।
10141 उपाम्मे वि. अगाध; ज्यादै; अपाम्मे ।
10142 उपाय ना. १. कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति ।
10143 उपाय ना. २. उद्योग; प्रयत्न; सफलताका नजिक पुऱ्याउने मुख्य कुरो ।
10144 उपायसिद्ध वि. उपायबाट सिद्ध हुन सक्ने ।
10145 उपायान्तर वि. खास उपायदेखि बाहेकको; उपायदेखि भिन्न ।
10146 उपार्जन ना. खेतीपाती, इलम, उद्योग आदिबाट गरिने कमाइ; आम्दानी ।
10147 उपार्जनीय वि. १. कमाउन योग्य ।
10148 उपार्जनीय वि. २. सङ्ग्रह गर्न लायक ।
10149 उपार्जित वि. १. कमाइएको; आम्दानी गरिएको ।
10150 उपार्जित वि. २. सङ्ग्रह गरिएको; बटुलिएको ।