Dictionary

All Word

9951 उपभोग ना. १. सुख वा आनन्दको प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम ।
9952 उपभोग ना. २. भोजन गर्ने काम।
9953 उपभोग ना. ३. भोगविलास ।
9954 उपभोग ना. ४. स्त्रीसहवास गर्ने काम ।
9955 उपभोग ना. ५. कारखाना वा कृषिफर्म आदिबाट उत्पादन भएका वस्तुको भोगचलन गर्ने काम।
9956 उपभोगी वि. उपभोग गर्ने ।
9957 उपभोग्य वि. उपभोग गर्न लायक; भोग गर्न सुहाउँदो ।
9958 उपभोज्य वि. खान लायक; भोजन गर्न सकिने ।
9959 उपमण्डल ना. कुनै परिषद् वा मण्डलभित्रको सानो विभाग ।
9960 उपमन्त्री ना. मन्त्रीभन्दा तल्लो तहको मन्त्री ।
9961 उपमन्यु ना. एक गोत्रप्रवर्तक वैदिक ऋषिको नाम ।
9962 उपमन्यु गोत्र ना. उपमन्यु ऋषिका नाममा चलेको गोत्र वा वंशपरिचायक नाम ( ढकाल, ओली आदिको गोत्र ) ।
9963 उपमहाद्वीप ना. महाद्वीपभित्रको वा महाद्वीपका नजिकै रहेको ठुलो टापु; सानो महाद्वीप।
9964 उपमा ना. १. कुनै एक वस्तुलाई अर्को वस्तुका साथ दाँज्ने वा तुलना गर्ने काम ।
9965 उपमा ना. २. दृष्टान्त; उदाहरण ।
9966 उपमा ना. ३. समान रूप वा गुणको सादृश्य देखाउँदा हुने एक अर्थालङ्कार (उदा.- चम्पा छन् चन्द्रमाजस्ती हेर्दा अत्यन्त सुन्दरी) ।
9967 उपमाता ना. १. आमा बराबरकी स्त्री; धाईआमा ।
9968 उपमाता ना. २. सौतेनी आमा । वि.
9969 उपमाता ना. ३. उपमा दिने; तुलना गर्ने ।
9970 उपमान ना. १. कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व ।
9971 उपमान ना. २. न्यायका चार प्रकारका प्रमाणमध्ये एक ।
9972 उपमित वि. उपमा दिइएको; दाँजिएको ।
9973 उपमित्र ना. मित नलगाइएको तर व्यवहारले हितैषी भएको सँगी; साधारण साथी।
9974 उपमेय वि. १. उपमा दिन योग्य; तुलना गर्न लायक ।
9975 उपमेय वि. २. वर्णन गर्न योग्य; वर्णनीय। ना.
9976 उपमेय वि. ३. विशेष गुण वा आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु ।
9977 उपमेयोपमा ना. दुई समान वस्तुका पर्यायक्रमले परस्परमा उपमेय र उपमान हुने उपमा अलङ्कारको एक भेद ।
9978 उपयुक्त वि. १. ठिक; उचित; मनासिब ।
9979 उपयुक्त वि. २. सुहाउँदो; चाहिँदो; अनुकूल ।
9980 उपयुक्त वि. ३. लायक; योग्य ।
9981 उपयुक्त वि. ४. चलनमा ल्याइएको; उपयोग गरिएको ।
9982 उपयुक्तता ना. उपयुक्त हुनुको भाव वा अवस्था; औचित्य ।
9983 उपयोग ना. १. कुनै वस्तुलाई उपयोग वा व्यवहारमा ल्याउने काम; प्रयोग; व्यवहार ।
9984 उपयोग ना. २. फाइदा; लाभ ।
9985 उपयोगिता ना. १. उपयोगी हुनुको भाव वा स्थिति ।
9986 उपयोगिता ना. २. काम लाग्ने वा चलनमा आउन सक्ने कुनै वस्तुको गुण वा तत्त्व ।
9987 उपयोगितावाद ना. कुनै वस्तु वा सम्बन्धको महत्त्व त्यसको भौतिक उपयोगिता वा मानव समाजको कल्याणका निम्ति निर्भर हुनुपर्छ भन्ने सिद्धान्त ।
9988 उपयोगितावादी वि. उपयोगितावादको अनुयायी वा समर्थक ।
9989 उपयोगी वि. १. काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने ।
9990 उपयोगी वि. २. चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय।
9991 उपयोगी वि. ३. ठिक; चाहिँदो; योग्य।
9992 उपयोगी वि. ४. फाइदा दिने; लाभकारी ।
9993 उपर ना. १. कसैबाट लिनुपर्ने धनमाल, श्रीसम्पत्ति आदि लिने काम; असुल । ना. यो.
9994 उपर ना. २. माथि; मा ।
9995 उपरक्षक वि. १. पहरा बस्ने; चौकीदार ।
9996 उपरक्षक वि. २. मुख्य रक्षकका मातहतमा रहेर काम गर्ने रक्षकभन्दा एक तहमनिको रक्षक ।
9997 उपरखुट्टी ना. सुतेर वा खुट्टा भुईंमा झारी अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन; त्यस्तो बसाइको चाल ।
9998 उपरचट / उपरचोट वि. १. वज्र परेझैँ एक्कासि आइपरेको; माथिबाट खसेको वा झरेको (विपत्ति) । ना.
9999 उपरचट / उपरचोट वि. २. चोटमाथिको चोट ।
10000 उपरचोट्टा वि. चोट्टालाई पनि माथ गर्ने गरी आएको धूर्त; ठग; वञ्चक ।