Dictionary

All Word

9801 उपगीति ना. आर्या छन्दअन्तर्गतको, सम चरणमा पन्ध्र पन्ध्र र विषम चरणमा बाह्र बाह मात्रा हुने एक छन्द ।
9802 उपग्रह ना. १. कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह ।
9803 उपग्रह ना. २. अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण।
9804 उपग्रह ना. ३. पक्राउ; गिरफ्तारी ।
9805 उपग्रह ना. ४. कैदी; थुनुवा ।
9806 उपग्रहण ना. १. पक्रने वा गिरफ्तार गर्ने काम ।
9807 उपग्रहण ना. २. नजरबन्दी ।
9808 उपग्रहण ना. ३. संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया ।
9809 उपघात ना. १. सकेसम्मको जोड लगाउने काम; हत्ते हलाइ ।
9810 उपघात ना. २. काटमार गर्ने काम; प्रहार; वध; चोट; नाश; संहार ।
9811 उपघात ना. ३. इन्द्रिय शिथिल हुने क्रिया ।
9812 उपघातक / उपघाती वि. उपघात गर्ने; प्रहार गर्ने; आघात पुऱ्याउने ।
9813 उपचर्चा ना. १. सेवा; टहल; शुश्रूषा ।
9814 उपचर्चा ना. २. उपचार; चिकित्सा ।
9815 उपचार ना. १. बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज ।
9816 उपचार ना. २. बिरामीको सेवा शुश्रूषा वा टहल चाकरी।
9817 उपचार ना. ३. देखावटी सत्कार; बनावटी मानभाउ ।
9818 उपचार ना. ४. पूजाको अङ्ग वा विधान ।
9819 उपचार ना. ५. खुसामद ।
9820 उपचार ना. ६. घुस ।
9821 उपचारक वि. १. उपचार गर्ने ।
9822 उपचारक वि. २. सेवा वा टहल गर्ने। ना.
9823 उपचारक वि. ३. चिकित्सक।
9824 उपचार कक्ष ना. १. डाक्टर, वैद्य, कम्पाउन्डर आदिले व्यक्तिगत रूपमा सेवा गर्न तथा व्यवसाय चलाउन खोलेको उपचार गर्ने कक्ष ।
9825 उपचार कक्ष ना. २. कुनै संस्था वा निकायले परोपकारका निम्ति निःशुल्क जाँच गर्ने र यथाशक्ति औषधी पनि वितरण गर्ने कक्ष ।
9826 उपचार खर्च ना. कुनै कर्मचारीलाई सरकारी कामका सिलसिलामा बिरामी परेमा वा चोटपटक लागी घाइते भएमा उपचार वा तन्दुरुस्तीका लागि सम्बन्धित कार्यालय वा संस्थाबाट एकमुस्ट वा पटक पटक गरी दिइने खर्च ।
9827 उपचारात्मक वि. १. उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको ।
9828 उपचारात्मक वि. २. कुनै रोग लागेपछि रोग निको पार्न वा रोग हटाउन गरिने (प्रक्रिया, शिक्षण इ.) ।
9829 उपचारात्मकता ना. उपचारात्मक हुनुको भाव, स्थिति वा प्रक्रिया ।
9830 उपचारी वि. उपचार गर्ने; उपचारक।
9831 उपचुनाव ना. उपनिर्वाचन।
9832 उपज ना. १. खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु ।
9833 उपज ना. २. कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु।
9834 उपज ना. ३. मनमा उठ्ने कुनै भावना; सुझबुझ ।
9835 उपज ना. ४. सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो ।
9836 उपजाति ना. १. जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद ।
9837 उपजाति ना. २. अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द ।
9838 उपजीविका ना. प्रधान जीविकादेखि अतिरिक्त अर्को आम्दानी; फुटकर वा अतिरिक्त आय ।
9839 उपजीवी वि. अरूको आश्रय वा आधारमा जीवननिर्वाह गर्ने; परतन्त्र ।
9840 उपजीव्य वि. १. अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको । ना.
9841 उपजीव्य वि. २. कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि ।
9842 उपट्ट वि. १. चौपट्ट; बिछट्ट; औधी । क्रि.वि.
9843 उपट्ट वि. २. अति नै; ज्यादै ।
9844 उपताल ना. समुद्रको पानी थुनिएर बनेको ताल; समुद्रको छेउछाउमा भँगालो फाटेर बनेको ताल ।
9845 उपती ना. १. कुनै काम वा खेतीपाती, रोजगार आदिबाट भएको आम्दानी; कमाइ; आय।
9846 उपती ना. २. आयस्ता ।
9847 उपत्यका ना. पहाडका फेदीको समथर जमिन; बेसी ।
9848 उपदंश ना. लिङ्गको छाला वा टोप्रामा ससाना बिमिरा निस्कने एक प्रकारको सरुवा रोग; भिरङ्गी ।
9849 उपदंशी वि. उपदंश रोगले पीडित; भिरङ्गे ।
9850 उपदफा ना. ठुलो दफाभित्रको सानो दफा; लघु अनुच्छेद; उपबन्ध ।