Dictionary

All Word

9701 उनी सर्व. 'ऊ' सर्वनामको मध्यम आदरार्थी शब्द; तिनी ।
9702 उन्जेल प्रत्य. क्रियाका पछाडि लागेर उद्देश्यको अवधि सूचित गरी 'तक' वा 'सम्म' को अर्थ बुझाउने एक प्रत्यय। (गरुन्जेल, खाउन्जेल, भनुन्जेल इ.)।
9703 उन्नत वि. १. मास्तिर उठेको; अग्लो; उँचो ।
9704 उन्नत वि. २. उत्तम; श्रेष्ठ।
9705 उन्नत वि. ३. उन्नति भएको; समृद्ध ।
9706 उन्नत बीज ना. राम्रोसँग बालीनाली सप्रने असल बिउ ।
9707 उन्नति ना. १. उन्नत हुनाको अवस्था, क्रिया वा भाव; बढिबढाउ; चर्तिकला; तरक्की; अभिवृद्धि ।
9708 उन्नति ना. २. कुनै कार्य वा क्षेत्रमा भएको उद्योग; उद्यम; व्यवसाय ।
9709 उन्नतिशील वि. १. उन्नतितिर लम्केको; उन्नति गर्न चाहने ।
9710 उन्नतिशील वि. २. उन्नति गर्ने योग्यता भएको ।
9711 उन्नतोदर ना. १. वृत्तको बिच भाग उठेको खण्ड वा अंश। वि.
9712 उन्नतोदर ना. २. पेट बढेको वा फुलेको ।
9713 उन्नयन ना. १. उन्नति गर्ने काम; माथितिर उठाउने वा लैजाने काम ।
9714 उन्नयन ना. २. माथिल्लो कक्षा, प्रमुख स्थान, उच्च पद आदिमा पुऱ्याउने काम।
9715 उन्नयन ना. ३. नेपालीमा प्रकाशित एक पत्रिका।
9716 उन्नाइस ना. १. दश र नौको योगसङ्ख्या; १९ को अङ्क। वि.
9717 उन्नाइस ना. २. दश र नौका योगसङ्ख्याको; एक कम बिस।
9718 उन्नाइसौँ वि. गन्तीका क्रमले उन्नाइस सङ्ख्यामा पर्ने; उन्नाइस सङ्ख्याको ।
9719 उन्नायक वि. १. उन्नयन गर्ने, माथि लैजाने वा उठाउने।
9720 उन्नायक वि. २. अग्ल्याउने; उन्नत पार्ने ।
9721 उन्नायक वि. ३. बढाउने; वृद्धि गर्ने ।
9722 उन्नायक वि. ४. सपार्ने ।
9723 उन्निद्र वि. १. निद्रा नलाग्ने; निद्रा नपर्ने ।
9724 उन्निद्र वि. २. फुलेको; विकसित। ना.
9725 उन्निद्र वि. ३. निद्रा नलाग्ने वा साह्रै कम निद्रा लाग्ने एक रोग ।
9726 उन्नैस ना. हे. उन्नाइस ।
9727 उन्नैसौँ वि. उन्नाइसौँ ।
9728 उन्मत्त वि. १. मात्तिएको; उद्धत ।
9729 उन्मत्त वि. २. नसा लागेको; मदमत्त; मदान्ध ।
9730 उन्मत्त वि. ३. सिल्ली; बहुलाहा ।
9731 उन्मत्तता ना. उन्मत्त हुनुको भाव वा अवस्था; उद्धतपना; पागलपन।
9732 उन्मत्त भैरव ना. पशुपतिनाथका मन्दिरदेखि दक्षिणपट्टि रहेका एक प्रसिद्ध भैरव ।
9733 उन्मत्तलिङ्गी वि. बहुलाएको वा छँटाएको बहाना गर्ने; सन्कीको स्वाङ पार्ने ।
9734 उन्मनी ना. एकनाससित नाकका टुप्पामा दृष्टि लगाउने हठयोगको एक क्रिया वा स्थिति ।
9735 उन्माद ना. १. मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी ।
9736 उन्माद ना. २. शोक, वियोग आदिले चित्तविभ्रम हुने सञ्चारी भावको एक भेद ।
9737 उन्मादक वि. उन्माद चढाउने; मात लाउने; नसाले लट्ठ पार्ने ।
9738 उन्मादग्रस्त वि. १. उन्मादको रोग लागेको; बहुलाएको । ना.
9739 उन्मादग्रस्त वि. २. बहुलाहा ।
9740 उन्मादी वि. १. मात चढेको; नसा लागेको; उन्मत्त | ना.
9741 उन्मादी वि. २. बहुलाए; पागल ।
9742 उन्मीलन ना. १. आँखा खुल्ने वा उघ्रने काम ।
9743 उन्मीलन ना. २. फुल्ने क्रिया वा अवस्था (फूल) ।
9744 उन्मीलन ना. ३. विकसित हुने काम ।
9745 उन्मीलन ना. ४. प्रकट हुने वा सामुन्ने आउने काम ।
9746 उन्मीलित वि. १. खुलेको; उघ्रेको ।
9747 उन्मीलित वि. २. फुलेको; विकसित ।
9748 उन्मीलित वि. ३. मीलित भई दबिएको कुरा थाहा भएमा हुने एक अलङ्कार ।
9749 उन्मुक्त वि. १. मुक्त गरिएको; छाडिएको ।
9750 उन्मुक्त वि. २. बन्धनरहित; स्वतन्त्र ।