Dictionary

All Word

9601 उद्यापन ना. २. विधिपूर्वक कुनै कार्य पूरा गर्ने क्रिया; उपसंहार ।
9602 उद्योग ना. १. कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम; उद्यम ।
9603 उद्योग ना. २. प्रयत्न; कोसिस; प्रयास ।
9604 उद्योग ना. ३. परिश्रम; मिहिनेत ।
9605 उद्योग धन्दा ना. कच्चा मालबाट व्यवहारमा चाहिने मालसामान बनाउने व्यवस्था वा कारखाना; इलम उद्योग ।
9606 उद्योगपति ना. उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति ।
9607 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ना. उद्योग, वाणिज्य र आपूर्तिसम्बन्धी विभागको कार्य सञ्चालन गर्ने मन्त्रालय ।
9608 उद्योग विभाग ना. उद्योग तथा वाणिज्यसम्बन्धी काम गर्ने विभाग ।
9609 उद्योगी वि. उद्योग गर्ने वा प्रयत्न गर्ने; कुनै उद्योग खोल्ने; मिहिनेती; उद्यमी ।
9610 उद्रनु अ.क्रि. हे. उध्रनु ।
9611 उद्रिनु अ.क्रि. उध्रिनु ।
9612 उद्रेक ना. १. भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार प्रवाहको आधिक्य ।
9613 उद्रेक ना. २. अधिकता; प्रचुरता ।
9614 उद्विग्न वि. १. उद्वेगले भरिएको; आकुल; व्याकुल ।
9615 उद्विग्न वि. २. भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित ।
9616 उद्विग्नता ना. उद्विग्न हुनुको भाव; आकुलता; चिन्ता; व्याकुलता ।
9617 उद्वीक्षण ना. मास्तिर हेर्ने काम; टाढासम्म हेर्ने क्रिया वा अवस्था; दूरवीक्षण।
9618 उद्वेग ना. १. तीव्र वेग वा गति; छिटो हिँडाइ ।
9619 उद्वेग ना. २. मनको हडबडी; अस्थिर स्थिति ।
9620 उद्वेग ना. ३. रिसको आवेग; झोक ।
9621 उद्वेलन ना. १. मडारिएर वा अटाई, नअटाई बग्ने काम ।
9622 उद्वेलन ना. २. छचल्किने भाव वा अवस्था ।
9623 उद्वेलित वि. १. बाढी आएको; प्रवाहित ।
9624 उद्वेलित वि. २. छचल्केको ।
9625 उधमुन्टे वि. १. मुख तलतिर फर्केको; निहुरमुन्टे; घोसे । ना.
9626 उधमुन्टे वि. २. पुरुषको जननेन्द्रिय; लिङ्ग ।
9627 उधार्नु स.क्रि. १. सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु ।
9628 उधार्नु स.क्रि. २. घरका छानाको खर, पराल आदि झिक्नु; उचेर्नु ।
9629 उधाराइ ना. उधार्ने क्रिया वा प्रक्रिया ।
9630 उधारिनु क.क्रि. उधार्ने काम गरिनु; बन्धन खुस्काइनु ।
9631 उधारो ना. १. पछि मोल चुक्त्याउने गरी किनबेच गर्ने काम वा प्रक्रिया ।
9632 उधारो ना. २. पछि मोल तिर्ने गरी लिएको जिन्सी ॠण ।
9633 उधिनु अ.क्रि. हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु; धारिलो हुनु ।
9634 उधिन्नु स.क्रि. १. गाडिएको वस्तु खनीखोस्री झिक्नु; खोतल्नु ।
9635 उधिन्नु स.क्रि. २. व्यवस्थित रहेका मालमत्तालाई अस्तव्यस्त हुने गरी कुनै निहुँ वा कारणले खोतल्नु ।
9636 उधिनपाधिन ना. उधिन्ने काम वा प्रक्रिया; खोतल्ने चाल; खोतलखातल; खोस्रीखास्री ।
9637 उधिनाइ ना. उधिन्ने क्रिया वा प्रक्रिया ।
9638 उधिनाहा वि. उधिन्ने स्वभावको; खोतल्ने बानी भएको ।
9639 उधिनिनु क.क्रि. उधिन्ने काम गरिनु; खोतलिनु ।
9640 उधुम वि. १. चौपट्ट; ज्यादा; अति; औधी । ना.
9641 उधुम वि. २. राडो; रडाको, बिघ्न ।
9642 उधुमी/उधुमे वि. उधुम मच्चाउने; रडाको निकाल्ने; उपद्र्याहा; भस्मासुरे।
9643 उधुम्याहा उधुमी; उधुमे ।
9644 उध्याइ ना. १. उधिने क्रिया वा प्रक्रिया। [उध्याउ+आइ]
9645 उध्याइ ना. २. उध्याउने क्रिया वा प्रक्रिया ।
9646 उध्याइनु क.क्रि. उधिन लाइनु; सान लगाइनु ।
9647 उध्याउनु स.क्रि. १. काट्ने हतियारलाई ढुङ्गामा वा सानमा घोटेर धार निकाल्नु; सान लाउनु; धारिलो पार्नु । प्रे.क्रि.
9648 उध्याउनु स.क्रि. २. उधिन लाउने पार्नु; धारिलो बनाउन लगाउनु ।
9649 उध्रनु अ.क्रि. १. सिउनी खुस्कनु; बन्धन फुस्कनु। स.क्रि.
9650 उध्रनु अ.क्रि. २. कुनै पाठ वा उक्तिलाई बारबार पढिरहनु; दोहोऱ्याउनु; आवृत्ति गर्नु ।