Dictionary

All Word

9501 उद्द्योत ना. १. चमक; प्रकाश ।
9502 उद्द्योत ना. २. ग्रन्थको विभाग; अध्याय । वि.
9503 उद्द्योत ना. ३. चम्किलो; उज्ज्वल ।
9504 उद्द्योतित वि. प्रकाशयुक्त; प्रज्वलित ।
9505 उद्धत वि. १. खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र ।
9506 उद्धत वि. २. चपर्चन्ड; उच्छृङ्खल ।
9507 उद्धत वि. ३. धक नभएको; ढिटो ।
9508 उद्धरण ना. १. उठाउने वा उकास्ने काम ।
9509 उद्धरण ना. २. कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार ।
9510 उद्धरण ना. ३. खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम ।
9511 उद्धरण ना. ४. एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोऱ्याउने काम।
9512 उद्धरण ना. ५. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश ।
9513 उद्धरणी ना. पढिसकेको पाठ अभ्यासका लागि दोहोऱ्याउने क्रियाप्रक्रिया; उद्धरण।
9514 उद्धरणीय वि. १. उद्धार गर्न योग्य ।
9515 उद्धरणीय वि. २. उद्धरण दिन लायक ।
9516 उद्धर्षण ना. १. आनन्द वा प्रहर्षित गराउने काम ।
9517 उद्धर्षण ना. २. उत्तेजना।
9518 उद्धर्षण ना. ३. रोमाञ्च ।
9519 उद्धव ना. १. नातामा मामा पर्ने कृष्णका एक मित्र; देवश्रवा ।
9520 उद्धव ना. २. यज्ञको अग्नि ।
9521 उद्धव ना. ३. उत्सव; पर्व ।
9522 उद्धार ना. १. कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुऱ्याउने वा पार लगाउने काम; त्यसरी नै कष्ट, विपत्ति वा सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ ।
9523 उद्धार ना. २. तलबाट उठाएर मास्तिर राख्ने काम; झिक्ने क्रिया ।
9524 उद्धार ना. ३. सुधार; मर्मत; जीर्णोद्धार ।
9525 उद्धारक वि. १. उद्धार गर्ने; उपकार गर्ने; सच्याउने ।
9526 उद्धृत वि. १. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश) ।
9527 उद्धृत वि. २. माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको ।
9528 उद्धृत वि. ३. उखेलिएको; उक्काइएको; उक्साइएको ।
9529 उद्धृत वि. ४. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको ।
9530 उद्धृत वि. ५. खोलिएको; उधारिएको ।
9531 उद्बन्ध ना. १. पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन ।
9532 उद्बन्ध ना. २. मास्तिरबाट कसिएको बन्धन । वि.
9533 उद्बन्ध ना. ३. बन्धनबाट छुटेको; नबाँधिएको ।
9534 उद्बन्धन ना. हे. उद्बन्ध ।
9535 उद्बुद्ध वि. १. ज्ञान पाएको; प्रबुद्ध।
9536 उद्बुद्ध वि. २. बिउँझएको; जागेको; जागृत ।
9537 उद्बोध ना. १. बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण ।
9538 उद्बोध ना. २. फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण ।
9539 उद्बोधक वि. १. बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने ।
9540 उद्बोधक वि. २. सम्झना दिलाउने ।
9541 उद्बोधक वि. ३. उद्दीप्त गराउने; जगाउने ।
9542 उद्बोधन ना. १. बोध वा ज्ञान गराउने क्रिया वा भाव ।
9543 उद्बोधन ना. २. बिउँझाउने वा जाग्रत् गराउने काम ।
9544 उद्बोधित वि. बोध गराइएको; ज्ञान गराइएको ।
9545 उद्बोधनीय वि. उद्बोधन गर्न लायक; ज्ञान गराउन योग्य; बिउँझाउन उचित ।
9546 उद्भट वि. १. उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल ।
9547 उद्भट वि. २. प्रचण्ड; प्रकाण्ड; प्रबल ।
9548 उद्भट वि. ३. ज्यादै ठुलो; अजङको ।
9549 उद्भाव ना. १. प्रत्यक्ष हुने वा अस्तित्वमा आउने काम; जन्म; उत्पत्ति; प्रादुर्भाव।
9550 उद्भाव ना. २. उद्गम; मूल ।