Dictionary

All Word

9351 उदरम्भरी वि. १. आफ्नो मात्र पेट भर्न खोज्ने; मतलबी ।
9352 उदरम्भरी वि. २. धेरै खाने; घिच्चु ।
9353 उदरम्भरी वि. ३. पेटपाला ।
9354 उदरावरण ना. आन्द्राभुँडी र पेटका अरू सबै भाग छोप्ने जालो ।
9355 उदरी वि. १. ठुलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको । ना.
9356 उदरी वि. २. पेट बोकेकी स्त्री; गर्भवती नारी।
9357 उदाइ ना. उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय ।
9358 उदाइनु अ.क्रि. उदाउने होइनु; प्रकट होइनु ।
9359 उदाउनु अ.क्रि. १. उदय हुनु; झुल्कनु; प्रकट हुनु ।
9360 उदाउनु अ.क्रि. २. देखा पर्नु; साक्षात्कार हुनु ।
9361 उदाउनु अ.क्रि. ३. उन्नति हुनु; वृद्धि हुनु; बढ्नु; अभ्युदय हुनु।
9362 उदाङ्ग/उदाङ्गो वि. १. नछोपिएको; नढाकिएको; खुला ।
9363 उदाङ्ग/उदाङ्गो वि. २. उघ्रिएको; ड्वाङड्वाङती भएको; ह्वाङ्ङ भएको ।
9364 उदाङ्ङ/उदाङ्ङो वि. हे. उदाङ्ग/उदाङ्गो।
9365 उदात्त वि. १. ठुलो स्वरले उच्चारण गरिने वा गरिएको।
9366 उदात्त वि. २. उच्चारण गर्दा मुखमा मास्तिरपट्टि केही बेसी आघात पर्ने ( अ, आ आदि स्वरवर्ण)।
9367 उदात्त वि. ३. फुक्का मनको; दयालु; दाता; उदार ।
9368 उदात्त वि. ४. श्रेष्ठ; महान्।
9369 उदात्त वि. ५. वैदिक ॠचाका उच्चारणको एक भेद ।
9370 उदात्त वि. ६. ज्यादै बढाई, चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार ।
9371 उदान ना. प्राणीका शरीरमा डकार, हिक्का आदिका रूपमा माथि आउने वायु; शरीरका पाँच वायु प्राण, अपान, समान, व्यान र उदानमध्ये एक ।
9372 उदार्नु स.क्रि. हे. उधार्नु ।
9373 उदार वि. १. दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार ।
9374 उदार वि. २. उत्तम; श्रेष्ठ; विशिष्ट ।
9375 उदार वि. ३. सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने ।
9376 उदारचरित वि. १. असल चरित्र भएको; सच्चरित्र ।
9377 उदारचरित वि. २. सबैलाई समान रूपले व्यवहार गर्ने ।
9378 उदारचेता वि. उदार चित्त भएको; उदारचरित ।
9379 उदारता ना. १. उदार हुनाको अवस्था वा गुण ।
9380 उदारता ना. २. उच्च तथा उत्तम विचार; हितकारी भावना ।
9381 उदारता ना. ३. ग्रामीणता नहुने र पद नाचेजस्तो हुने, काव्यका दश गुणमध्ये एक ।
9382 उदारवाद ना. १. आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित, सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त ।
9383 उदारवाद ना. २. उदार नीति भएको विचार वा मत।
9384 उदारवादिता ना. उदारवादको भाव वा अवस्था ।
9385 उदारवादी वि. १. उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने ।
9386 उदारवादी वि. २. उदारतासम्बन्धी; उदार विचार भएको ।
9387 उदाराइ ना. उदार्ने काम वा प्रक्रिया; उधाराइ ।
9388 उदाराशय वि. १. उच्च विचार भएको; ठुलो उद्देश्य लिने।
9389 उदाराशय वि. २. उदार आशय भएको ।
9390 उदारिनु क.क्रि. उदार्ने काम गरिनु ।
9391 उदारीकरण ना. राजनीतिक, आर्थिक क्षेत्रमा अँगालिने उदार नीति ।
9392 उदास वि. १. कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त ।
9393 उदास वि. २. कसैका पक्षमा नलागेको; तटस्थ।
9394 उदास वि. ३. दुःखी ।
9395 उदास वि. ४. नचाहिँदो खर्च गर्ने; उडन्ता । ना.
9396 उदास वि. ५. बुद्ध धर्मावलम्बी नेवारजातिको एक भेद ।
9397 उदासिलो वि. उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो; नरमाइलो ।
9398 उदासी वि. १. उदास; दिकदार। ना.
9399 उदासी वि. २. सन्न्यासीको एक भेद ।
9400 उदासीन वि. १. विरक्त; उदास ।