Dictionary

All Word

9451 उद्घाटक वि. ३. ताल।
9452 उद्घाटन ना. १. आवरण वा पर्दा हटाउने काम।
9453 उद्घाटन ना. २. खोल्ने वा प्रकट गर्ने, गराउने काम।
9454 उद्घाटन ना. ३. कुनै नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउनका निम्ति कुनै विशिष्ट व्यक्तिद्वारा औपचारिक उत्सव वा कृत्यका रूपमा कार्यारम्भ गरिने आधुनिक पारिपाटी ।
9455 उद्घाटित वि. उद्घाटन गरिएको; खोलिएको; उघारिएको ।
9456 उद्घोष ना. १. ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा ।
9457 उद्घोष ना. २. सार्वजनिक सूचना; जनाउ ।
9458 उद्घोष ना. ३. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना ।
9459 उद्घोषक वि. उद्घोषणा गर्ने; सार्वजनिक सूचना दिने ।
9460 उद्घोषण/उद्घोषणा ना. १. बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम ।
9461 उद्घोषण/उद्घोषणा ना. २. सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्ण कुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा ।
9462 उद्घोषित वि. घोषणा गरिएको; सूचना गरिएको ।
9463 उद्दण्ड वि. १. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक ।
9464 उद्दण्ड वि. २. दण्डको भय नभएको; सजायको डर नभएको ।
9465 उद्दण्ड वि. ३. निडर; निर्भय ।
9466 उद्दण्ड वि. ४. कडा स्वभावको; प्रचण्ड; जन्ड ।
9467 उद्दाम वि. १. कुनै बन्धनमा नपरेको; बन्धनरहित ।
9468 उद्दाम वि. २. कडा; प्रचण्ड; उग्र ।
9469 उद्दाम वि. ३. भयङ्कर; डरलाग्दो ।
9470 उद्दिष्ट वि. १. औँल्याइएको; तोकेर देखाइएको ।
9471 उद्दिष्ट वि. २. उद्देश्य लिइएको; लक्षित ।
9472 उद्दिष्ट वि. ३. बयान गरिएको; बताइएको ।
9473 उद्दिष्ट वि. ४. व्याख्या गरिएको ।
9474 उद्दीप ना. १. बल्ने वा प्रज्वलित हुने काम ।
9475 उद्दीप ना. २. उत्तेजित गर्ने वा हुने काम ।
9476 उद्दीपक वि. १. उद्दीपन गर्ने; उत्तेजक ।
9477 उद्दीपक वि. २. हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने । ना.
9478 उद्दीपक वि. ३. इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै पनि तत्त्व ।
9479 उद्दीपन ना. १. उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था ।
9480 उद्दीपन ना. २. मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति।
9481 उद्दीपन ना. ३. रसनिष्पत्तिको कारणभूत विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक ।
9482 उद्दीपित वि. १. उद्दीपन गराइएको; जगाइएको ।
9483 उद्दीपित वि. २. बलेको; प्रज्वलित; उद्दीप्त ।
9484 उद्दीप्त वि. १. बिउँझाइएको; जागृत ।
9485 उद्दीप्त वि. २. उद्दीपन भएको; उत्तेजित ।
9486 उद्दीप्त वि. ३. देदीप्यमान; चम्केको; प्रज्वलित।
9487 उद्दीप्ति ना. उद्दीप्त हुनाको भाव वा अवस्था ।
9488 उद्देश ना. १. कुनै कामकुराका बारेमा निर्देश वा सङ्केत गर्ने काम।
9489 उद्देश ना. २. चाहना; इच्छा; अभिलाषा ।
9490 उद्देश ना. ३. कुनै नयाँ कुराको खोजी; अन्वेषण ।
9491 उद्देश ना. ४. कारण; हेतु ।
9492 उद्देश ना. ५. न्यायशास्त्रमा प्रतिज्ञा नामक तत्त्व।
9493 उद्देश ना. ६. लक्ष्य; ध्येय; उद्देश्य ।
9494 उद्देश ना. ७. लिच्छविकालमा देशमा विभिन्न भागलाई इलाका वा क्षेत्रमा विभाजित गरिएको खण्ड ।
9495 उद्देश्य ना. १. कुनै खास कामकुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना ।
9496 उद्देश्य ना. २. चाहना गरिएको काम, पदार्थ वा विषय; लक्ष्य; ध्येय ।
9497 उद्देश्य ना. ३. केही कामकुरा भनिने वाक्यको पहिलो अंश वा खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र कर्मपदमध्ये पहिलो भाग ।
9498 उद्देश्यमूलक वि. कुनै विशेषता प्राप्त गर्ने दृष्टिले गरिने; उद्देश्यप्रधान भएको ।
9499 उद्देश्य विधेय ना. वाक्यका कर्ता र क्रियासँग सम्बद्ध दुई भाग वा खण्ड; उद्देश्य र विधेय ।
9500 उद्देश्य सावधिक वि. खास अवधिभित्र पूरा गर्ने दृष्टिले बनाइएको र सो अवधिमा पूरा गर्न सकिने ।