Dictionary

All Word

9201 उत्थित नरवानर ना. वानरसदृशानुगण र मानवानुगण दुवैमा पर्ने, गोडाको भरमा उठेर हिँड्ने मानवजस्तो वानर ।
9202 उत्थित मानव ना. उठेर हिँड्न सक्ने मानवानुगणभित्र पर्ने प्राचीन समयको मानव ।
9203 उत्निखेर क्रि.वि. कुनै काम वा घटना भएकै बेलामा; त्यसै समयमा; तत्काल; तुरुन्तै; उतिखेर।
9204 उत्निखेरै क्रि.वि. तुरुन्त नै; समयको प्रतीक्षा नगरीकनै; तत्कालै ।
9205 उत्पत तेल ना. रुखका विभिन्न अङ्गबाट उडेर जाने सुवासयुक्त तेल ।
9206 उत्पत्ति ना. १. जन्म; आविर्भाव; पैदा; उद्भव ।
9207 उत्पत्ति ना. २. निस्कने काम; आउने काम ।
9208 उत्पत्ति ना. ३. देखा पर्ने काम; प्रकट ।
9209 उत्पत्तिवाद ना. १. मानव समुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद ।
9210 उत्पत्तिवाद ना. २. भरतको रससूत्रका व्याख्याता भट्टलोल्लटद्वारा प्रतिपादित रसको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त ।
9211 उत्पत्तिवाद ना. ३. शब्दार्थका सम्बन्धमा अर्थबाट शब्द उत्पत्ति हुन्छ भनेर मान्ने सिद्धान्त ।
9212 उत्पन्न वि. १. पैदा भएको; जन्मेको; आविर्भूत।
9213 उत्पन्न वि. २. देखावटमा आएको; निस्केको; प्रकट |
9214 उत्पन्न वि. ३. निर्माण गरिएको; बनाइएको ।
9215 उत्पन्न वि. ४. उब्जाइएको वा उब्जेको ।
9216 उत्पल ना. कमल, खास गरी नीलकमल ।
9217 उत्पात ना. १. आकस्मिक रूपमा हुने कष्टदायक कुनै घटना; उपद्रव (आगलागी, उल्कापात, भूकम्प, बाढी, महामारी इ.) ।
9218 उत्पात ना. २. अशान्ति; कोलाहल; हलचल।
9219 उत्पात ना. ३. ठुलो झैझगडा; दङ्गा ।
9220 उत्पाती वि. उत्पात गर्ने; उपद्रवी; उत्पातसम्बन्धी ।
9221 उत्पादक वि. १. जन्माउने; पैदा गर्ने ।
9222 उत्पादक वि. २. नयाँ वस्तु निकाल्ने; यन्त्र, कारखाना आदिबाट औद्योगिक सामग्रीको उत्पादन गर्ने (समुदाय वा व्यक्ति)।
9223 उत्पादकता/त्व ना. उत्पादन गर्ने अवस्था वा भाव ।
9224 उत्पादन ना. १. उब्जा; पैदावार; उब्जनी।
9225 उत्पादन ना. २. उत्पन्न गर्ने वा जन्माउने काम ।
9226 उत्पादन ना. ३. औद्योगिक यन्त्रबाट नयाँ नयाँ मालसामान तयार गर्ने वा बनाउने काम ।
9227 उत्पादन ना. ४. उत्पन्न गरेर वा उब्जाएर तयार पारिएको वस्तु ।
9228 उत्पादन कर ना. उत्पादन गरेबापत सरकारका तर्फबाट लाग्ने शुल्क ।
9229 उत्पादन कार्य ना. उपभोग्य सामग्रीहरूको उत्पादन गर्ने काम; आवश्यक वस्तुहरू तयार गर्दै जाने काम ।
9230 उत्पादन रेखा ना. औद्योगिक संस्था आदिबाट भएका वा हुने कुनै वस्तुका पैदावारीको खास बिन्दु वा सीमाको मापन ।
9231 उत्पादन व्यय ना. उत्पादनमा लाग्ने खर्च ।
9232 उत्पादन शक्ति ना. उत्पादन गर्ने क्षमता ।
9233 उत्पादनशील वि. उत्पादन गर्ने ।
9234 उत्पादन शुल्क ना. देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादन कर ।
9235 उत्पादित वि. १. पैदा गरिएको; उब्जाइएको ।
9236 उत्पादित वि. २. उत्पादन गरिएको; तयार पारिएको ।
9237 उत्पादित वि. ३. जन्माइएको ।
9238 उत्पादी वि. उत्पादक; उत्पादन गर्ने; पैदा गर्ने ।
9239 उत्पीडक वि. अर्कालाई सताउने; कष्ट वा दुःख दिने ।
9240 उत्पीडन ना. पीडा; कष्ट; सताउने काम ।
9241 उत्पीडित वि. दुःख दिइएको; सताइएको; पीडित ।
9242 उत्पुलक वि. १. अति हर्षले रोमाञ्चित; खुसीले आङ जुरुङ्ङ भएको ।
9243 उत्पुलक वि. २. अति प्रसन्न; प्रहर्षित ।
9244 उत्प्रसव ना. आमाको गर्भबाट समय नपुग्दै बच्चा झरेर मर्ने काम; गर्भ तुहिने काम; गर्भपात ।
9245 उत्प्रेक्षक वि. उत्प्रेक्षा गर्ने; सोच्ने ।
9246 उत्प्रेक्षण ना. १. सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम।
9247 उत्प्रेक्षण ना. २. एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना ।
9248 उत्प्रेक्षा ना. १. अन्दाज; अनुमान।
9249 उत्प्रेक्षा ना. २. असावधानी; लापर्बाही ।
9250 उत्प्रेक्षा ना. ३. हे. उत्प्रेक्षण।