Dictionary

All Word

9051 उत्कृष्ट वि. १. सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम ।
9052 उत्कृष्ट वि. २. माथि उठेको; चढेको ।
9053 उत्कृष्ट वि. ३. राम्रोसँग खनजोत गरिएको; जोतिएको ।
9054 उत्कृष्टता ना. उत्कृष्ट हुनाको भाव वा अवस्था ।
9055 उत्कोच ना. अधिकारवालालाई आफ्नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस ।
9056 उत्क्रम ना. १. माथि चढ्ने वा उक्लने काम; उत्थान ।
9057 उत्क्रम ना. २. हिँड्ने काम; प्रस्थान ।
9058 उत्क्रमण ना. उत्क्रम।
9059 उत्क्रान्ति ना. १. बहिर्गमन; प्रस्थान; हिँड्ने काम ।
9060 उत्क्रान्ति ना. २. उफ्रने काम; फड्को ।
9061 उत्क्रान्ति ना. ३. प्राणत्याग; मृत्यु ।
9062 उत्क्रान्ति धेनु ना. धर्मशास्त्रअनुसार प्राण जाने बेलामा गरिने गाईदान ।
9063 उत्क्रोश ना. १. ठुलो स्वर; ठुलो खलबली; कोलाहल; चिच्च्याहट ।
9064 उत्क्रोश ना. २. घोषणा; गर्जन ।
9065 उत्क्षिप्त ना. १. जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि। वि.
9066 उत्क्षिप्त ना. २. उफारिएको; मास्तिर फ्याँकिएको ।
9067 उत्क्षेप/उत्क्षेपण ना. १. मास्तिर फ्याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम ।
9068 उत्खनक वि. माटामुनि गडेदबेका धन, माल आदि खनेर निकाल्ने; जमिन खनेर पुरातात्त्विक अवशेषको खोजी गर्ने (व्यक्ति)।
9069 उत्खनन ना. १. जमिनमुनि खनेर पुरातात्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम।
9070 उत्खनन ना. २. गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम ।
9071 उत्तप्त वि. १. ज्यादै तातो पारिएको; धकधकाउँदो ।
9072 उत्तप्त वि. २. अतासिएको; सन्तप्त।
9073 उत्तप्त वि. ३. रिसाएको; क्रुद्ध ।
9074 उत्तम वि. १. सबैभन्दा असल; जाती; बेस; उम्दा ।
9075 उत्तमता ना. उत्तम बन्नाको भाव वा अवस्था; श्रेष्ठता ।
9076 उत्तम पुरुष ना. १. सबै कुराबाट माथिल्लो तहको मानिस।
9077 उत्तम पुरुष ना. २. संस्कृत तथा नेपाली व्याकरणका अनुसार बोल्ने व्यक्तिलाई बुझाउने सर्वनाम (म, हामी) ।
9078 उत्तमा ना. १. श्रेष्ठ स्त्री ।
9079 उत्तमा ना. २. एक प्रकारको जडीबुटी ।
9080 उत्तमा दूती ना. साहित्यमा मिठा मिठा र राम्रा कुराले नायक नायिकालाई सम्झाई बुझाई गर्ने दूती ।
9081 उत्तमा नायिका ना. क्रुद्ध पतिलाई समेत सँभालेर अनुकूल बनाउने पतिव्रता नायिका; स्वकीया नायिका ।
9082 उत्तमाङ्गुल ना. १. आठ जौ बराबरको नापो; पौने इन्ची ।
9083 उत्तमाङ्गुल ना. २. ठुलो औँला; मानक अङ्गुल ।
9084 उत्तमोत्तम वि. सबभन्दा असल; सर्वोत्तम; सर्वश्रेष्ठ ।
9085 उत्तर ना. १. कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जवाफ ।
9086 उत्तर ना. २. परीक्षामा सोधिएका प्रश्नका सम्बन्धमा लिखित वा मौखिक रूपमा दिइने बयान वा कुरा ।
9087 उत्तर ना. ३. सूर्योदय भएतिर मुख फर्काउँदा देब्रेतिर पर्ने दिशा; दक्षिण दिशाको विपरीत दिशा ।
9088 उत्तर ना. ४. पछि आउने समय।
9089 उत्तर ना. ५. महाभारतकालीन विराट् राजाको छोराको नाम। वि.
9090 उत्तर ना. ६. पछिको; पछिल्लो ।
9091 उत्तरकाण्ड ना. उत्तरार्धका कथा वा घटनाको वर्णन भएको अंश (रामायणको उत्तरकाण्ड)।
9092 उत्तरकाल ना. आउँदो समय; भविष्यत्काल ।
9093 उत्तरक्रिया ना. मानिसको प्राण गएपछि मृतकका उद्धारका लागि गरिने काजक्रिया; दाहसंस्कार; अन्त्येष्टि ।
9094 उत्तर तर्फका कम्यान्डिङ जनरल ना. राणाशासन कालमा दक्षिणतर्फका कम्यान्डिङ जनरलपछिको रोलवाला।
9095 उत्तरदाता वि. १. उत्तर दिने; जवाफ दिने ।
9096 उत्तरदाता वि. २. उत्तरदायी; जिम्मेवार ।
9097 उत्तरदायित्व ना. जवाफदेही; जिम्मेवारी ।
9098 उत्तरदायी वि. जिम्मेवार; जवाफदेही हुने ।
9099 उत्तरपक्ष ना. प्रश्नको मण्डन वा खण्डन; जवाफ; पछिल्लो भाग ।
9100 उत्तरपत्र ना. परीक्षा आदिमा प्रश्नको जवाफ लेख्ने कापी; उत्तरपुस्तिका ।