Dictionary

All Word

9001 उड्केला ना. चाक र दुई पैतालाले मात्र टेकेर बस्ने काम; टुक्रुक्कको बसाइ।
9002 उड्डयन ना. जमिन छाडेर आकाशमार्गबाट हिँड्ने काम; उडान (जस्तो- हवाई उड्डयन) ।
9003 उड्दो वि. उडिरहेको; छिटो, छरितो । स्त्री. उड्दी ।
9004 उड्दो चरो खसाल्नु टु. असम्भव काम गर्नु ।
9005 उत् उप. उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ द्योतन गर्ने उपसर्ग (उद्योग, उत्पात, उत्पादन इ.) ।
9006 उतर्सिनु अ.क्रि. १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु ।
9007 उतर्सिनु अ.क्रि. २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु ।
9008 उतर्स्याइ ना. उतर्सिने क्रिया वा प्रक्रिया ।
9009 उतर्स्याइनु क.क्रि. उतर्सिने गराइनु; उतर्सिन लाइनु ।
9010 उतर्स्याउनु प्रे.क्रि. उतर्सिन लाउनु; झर्कने पार्नु ।
9011 उता ना. यो. उसतर्फ; त्यता; उहाँ ।
9012 उता उति क्रि.वि. उता कतै; उतातिर; यताउति; उताहुँदो ।
9013 उतार्नु स.क्रि. १. गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु ।
9014 उतार्नु स.क्रि. २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु ।
9015 उतार्नु स.क्रि. ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु।
9016 उतार ना. १. सकलबाट सारेको पत्र; नकल ।
9017 उतार ना. २. टिपोट; टिप्पणी ।
9018 उतार ना. ३. उद्धृत अंश; उद्धरण।
9019 उतार ना. ४. सङ्गीतमा चढेको स्वर ओर्लने काम; अवरोह ।
9020 उतारपतार ना. अर्कालाई होच्याउने र खेदो गर्ने काम; ऐरोखेदो ।
9021 उतारिनु क.क्रि. उतार्ने काम गरिनु; उकासिनु ।
9022 उतार्नी ना. कसैको पछाडि उसको दोषको बखान गर्ने काम; अर्काको कुरा काट्ने काम; बदख्वाइँ ।
9023 उति वि. १. पहिलेको नाप वा भनाइसरह; ऊजति; उत्ति; त्यत्ति; जति ।
9024 उति वि. २. धेरै; प्रशस्त ।
9025 उतिको वि. त्यति धेरै; भने जस्तै बढी; धेरै; ज्यादा; उत्तिको ।
9026 उतिन्जेल क्रि.वि. तोकिएको बेलासम्म; त्यतिबेरसम्म; त्यतिन्जेल; उतिन्ज्याल ।
9027 उतिन्ज्याल क्रि.वि. उतिन्जेल ।
9028 उतिमाथि क्रि.वि. यति भनेर पनि; भन्दाभन्दै; एक पटक फेरि राम्ररी बुझाएर पनि ।
9029 उतिस ना. हे. उत्तिस ।
9030 उत्कट वि. ज्यादै तीव्र; कडा ।
9031 उत्कटता ना. उत्कट हुनाको भाव वा अवस्था; तीव्रता; कडापन; उग्रता ।
9032 उत्कण्ठा ना. कुनै विषयबारे सुन्न, देख्न वा कुनै वस्तु पाउनका निम्ति हुने छटपटी; प्रबल इच्छा; चौचौ; उत्सुकता ।
9033 उत्कण्ठित ना. उत्सुक ।
9034 उत्कण्ठितता ना. उत्कण्ठित हुने भाव वा अवस्था ।
9035 उत्कण्ठिता ना. साहित्यमा सङ्केतस्थानमा आफ्नो इष्ट नायकसँग भेट नहुँदा नाना तर्क गर्ने नायिका ।
9036 उत्कर्ष ना. १. मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम ।
9037 उत्कर्ष ना. २. बढोत्तरी; उन्नति; समृद्धि ।
9038 उत्कर्ष ना. ३. भाउ, मूल्य आदिमा हुने वृद्धि ।
9039 उत्कर्षक वि. १. मास्तिर तान्ने।
9040 उत्कर्षक वि. २. उत्कर्ष वा उन्नति गर्ने; उन्नायक ।
9041 उत्कर्षण ना. खनजोत गर्ने काम; तान्ने वा घिच्च्याउने काम ।
9042 उत्कर्षी वि. उत्कर्ष गराउने ।
9043 उत्कालिका ना. १. उत्कण्ठा; उत्सुकता ।
9044 उत्कालिका ना. २. फूलको कोपिला ।
9045 उत्कालिका ना. ३. तरङ्ग; लहर ।
9046 उत्कालिका ना. ४. लामो लामो समास हुने गद्य ।
9047 उत्कीर्ण वि. १. धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको ।
9048 उत्कीर्ण वि. २. लेखिएको; लिखित; अङ्कित ।
9049 उत्कीर्ण वि. ३. छरिएको; छिरलिएको ।
9050 उत्कीर्ण वि. ४. जडिएको; खचित ।