Dictionary

All Word

8851 उजुरी पत्र ना. उजुरीको कागत ।
8852 उजेल्नु स.क्रि. भाँडाकुँडा, गरगहना आदिलाई आगोमा पोलेर वा अमिलो पदार्थ आदिले धोएर चम्किलो पार्नु; चमकदार बनाउनु।
8853 उजेलिनु क.क्रि. उजेलो पार्ने काम गरिनु ।
8854 उजेली वि. १. झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात) ।
8855 उजेली वि. २. अँध्यारोमा चमक आउने (ढुङ्गा, रुख आदि)।
8856 उजेलीकाठ ना. राति उज्यालो देखिने काठ ।
8857 उजेलीपच्छे ना. शुक्लपक्ष।
8858 उजेली रात ना. जुनेली रात।
8859 उज्जन्ड वि. १. नियम, अनुशासनको पालन नगर्ने; रुखो स्वभावको ; उच्छृङ्खल; उद्धत ।
8860 उज्जन्ड वि. २. कसैलाई नगन्ने; अटेरी ।
8861 उज्जन्ड वि. ३. खरो स्वभावको; उद्दण्ड ।
8862 उज्जर वि. १. चहकिलो; खुल्दो; चम्किलो ।
8863 उज्जर वि. २. सफा; सुकिलो ।
8864 उज्जर वि. ३. उज्यालो ।
8865 उज्जीवन ना. बाँच्ने आस हराएको व्यक्तिले उपचार आदिद्वारा स्वास्थ्यलाभ गर्ने काम; नयाँ जीवनको प्राप्ति ।
8866 उज्जीवित वि. पुनर्जीवन पाएको; फेरि जीवन प्राप्त गरेको ।
8867 उज्जैन ना. भारतमा स्थित सात मोक्षपुरीमध्ये एक; महाकवि कालिदासको 'मेघदूत' खण्डकाव्यमा उल्लिखित ऐतिहासिक स्थान ।
8868 उज्ज्वल वि. १. उज्यालो; चहकदार ।
8869 उज्ज्वल वि. २. सफा; सुकिलो; निर्मल ।
8870 उज्ज्वल वि. ३. निष्कलङ्क; बेदाग; कञ्चन ।
8871 उज्ज्वलता ना. उज्ज्वल हुनाको भाव, गुण वा स्थिति; उज्यालोपन; चहक; चमक।
8872 उज्ज्वलन ना. १. चमक; कान्ति ।
8873 उज्ज्वलन ना. २. बल्ने काम ।
8874 उज्ज्वलन ना. ३. आगो ।
8875 उज्ज्वलित वि. चम्किलो; उज्ज्वल पारिएको ।
8876 उज्यालिनु अ.क्रि. उज्यालो देखिनु; चमकदार देखिनु ।
8877 उज्यालो वि. १. अँध्यारो नभएको; प्रकाशयुक्त ।
8878 उज्यालो वि. २. उज्जर; चम्किलो ।
8879 उज्यालो वि. ३. सुहाउँदो; खुल्दो । ना
8880 उज्यालो वि. ४. प्रकाश; ज्योति ।
8881 उज्राँती ना. हे. उजराती।
8882 उझाइ ना. उझाउने काम वा प्रक्रिया; उजाइ ।
8883 उझाइनु क.क्रि. उझाउने काम गरिनु; उजाइनु ।
8884 उझाउनु स.क्रि. हे. उजाउनु ।
8885 उझिन्डिनु अ.क्रि. १. कुनै वस्तु अग्लो ठाउँमा डोरी आदिले बाँधिएर लट्किनु; झुन्डिनु; टाँगिनु ।
8886 उझिन्डिनु अ.क्रि. २. घाँटीमा डोरी आदिको पासो लाएर आत्महत्या गर्नु ।
8887 उझिन्डो ना. १. कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, भुँड्को भाँडाको घाँटीमा बाँधिने डोरी ।
8888 उझिन्डो ना. २. घाँडो; अल्झो ।
8889 उझिन्ड्याइ ना. उझिन्डिने अवस्था वा काम।
8890 उझिन्ड्याइनु क.क्रि. उझिन्ड्याउने काम गरिनु ।
8891 उझिन्ड्याउनु स.क्रि. १. झुन्ड्याउनु; टाँग्नु; लट्काउनु । प्रे.क्रि. [उझिन्डि+याउ+नु]
8892 उझिन्ड्याउनु स.क्रि. २. उझिन्डो पार्नु; उझिन्डिन लाउनु ।
8893 उझिन्ड्याउनु स.क्रि. ३. घाँडो वा अल्झो लाउनु ।
8894 उञ्छ ना. खेतबारीबाट बालीनाली काटेर भित्र्याइसकेपछि भुईंमा बाँकी रहेका वा मिल्किएका अन्न; सिला ।
8895 उञ्छवृत्ति ना. खेतबारीमा बाली भित्र्याएपछि रहेपहेको अन्न वा बाला जम्मा गरेर जीविका चलाउने काम; त्यस्तो किसिमले गरिने जीवन निर्वाह।
8896 उञ्छशील वि. सिला खोजेर जीवन धान्ने (व्यक्ति) ।
8897 उटक ना. १. पाहारिलो जमिन; अग्लो भूमि; थुम्की; टारी जमिन।
8898 उटक ना. २. पानी नलाग्ने जग्गा ।
8899 उटज ना. घाँस, पराल वा स्याउला आदिले बनेको सानो घर; छाप्रो; झुप्रो; कुटी; झुपडी ।
8900 उटपटाङ/उटपट्याङ वि. १. नचाहिँदो उपद्रो मात्र गरिरहने; उरन्ठेउलो।