Dictionary

All Word

8701 उङाइनु क.क्रि. उङ्न लाइनु; उङ्ने पारिनु ।
8702 उङाउनु प्रे. क्रि. उङ्न लाउनु; उङ्ने पार्नु ।
8703 उङिनु अ.क्रि. उङ्ने काम होइनु ।
8704 उचनिच ना. १. अज्ञान वा भुलले भएको त्रुटि;प्रमाद; तलमाथि परेको कुरा; भुलचुक ।
8705 उचनीच ना. हे. उचनिच ।
8706 उचाइ ना. उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ ।
8707 उचाल्नु स.क्रि. १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु ।
8708 उचाल्नु स.क्रि. २. पिठ्यूँमा हाल्नु; बोक्नु ।
8709 उचाल्नु स.क्रि. ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु ।
8710 उचाल्नु स.क्रि. ४. अग्ल्याउनु; उँचो पार्नु ।
8711 उचालाइ ना. उचाल्ने क्रिया वा प्रक्रिया ।
8712 उचालिनु क.क्रि. उचाल्ने काम गरिनु; उठाइनु ।
8713 उचित वि. कुनै अवसर, परिस्थिति आदिका निम्ति उपयुक्त वा अनुकूल; जस्तो हुनुपर्ने हो त्यस्तै; सुहाउँदो; ठिक्क; योग्य; मिल्दो; मुनासिब ।
8714 उचेर्नु स.क्रि. छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु ।
8715 उचेराइ ना. उचेर्ने काम वा प्रक्रिया ।
8716 उचेराइनु क.क्रि. उचेर्न लाइनु ।
8717 उचेराउनु प्रे. क्रि. उचेर्न वा उघार्न लाउनु ।
8718 उचेरिनु क.क्रि. उचेर्ने काम गरिनु; उघारिनु ।
8719 उचेरो ना. नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो ।
8720 उच्च वि. १. अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो ।
8721 उच्च वि. २. असल; श्रेष्ठ; उत्तम; विशिष्ट ।
8722 उच्च वि. ३. सबभन्दा माथि रहेको; माथिल्लो ।
8723 उच्च वि. ४. उपल्लो तहको; स्तरीय ।
8724 उच्च अदालत ना. १. जिल्ला अदालतभन्दा माथिल्लो र सर्वोच्च अदालतभन्दा तल्लो तहको न्यायालय; क्षेत्रीय अदालत ।
8725 उच्च अदालत ना. २. प्रादेशिक अदालत ।
8726 उच्चतम वि. सबैभन्दा अग्लो; हद उँचो; सर्वश्रेष्ठ; सर्वोत्तम ।
8727 उच्चता ना. उच्च हुनाको भाव वा अवस्था; उँचाइ; श्रेष्ठता ।
8728 उच्चताबोध ना. आफू ठुलो हुँ भन्ने मानसिकता; उच्चताग्रन्थि ।
8729 उच्चताभास ना. आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने मनोवृत्ति; उच्चताबोध; गुरुताभास ।
8730 उच्चरण ना. कण्ठ, तालु, दन्त आदि स्थानबाट शब्द निस्कने काम; उच्चारण।
8731 उच्चरित वि. मुखबाट शब्द निकालिएको; उच्चारण गरिएको; बोलिएको ।
8732 उच्च वर्ग ना. समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्लो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी ।
8733 उच्च शिक्षा ना. प्रवेशिकाभन्दा माथिल्लो तहको शिक्षा; स्नातक तहदेखि माथिको शिक्षा ।
8734 उच्च सदन ना. द्विसदनात्मक व्यवस्थापिका भएको राज्य व्यवस्थामा निर्वाचित वा मनोनीतसमेतका प्रतिनिधिको माथिल्लो सदन ।
8735 उच्च स्तर वि. १. माथिल्लो तह; उत्कृष्ट कोटि ।
8736 उच्चस्तरीय वि. १. माथिल्लो तहको; दर्जा, मान,प्रतिष्ठा आदिका दृष्टिले नाम चलेको ।
8737 उच्चस्तरीय वि. २. कुलपरम्परा, धनसम्पत्ति र सभ्यताका दृष्टिले प्रख्यात ।
8738 उच्चाकाङ्क्षा ना. महान् वा महत्त्वपूर्ण कामकुराको आकाङ्क्षा; ठुलो इच्छा वा चाहना ।
8739 उच्चाकाङ्क्षी वि. महत्त्वकाङ्क्षी ।
8740 उच्चाट ना. १. लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ ।
8741 उच्चाट ना. २. तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति ।
8742 उच्चाट ना. ३. तन्त्रका छ अभिचारकर्ममध्ये एक ।
8743 उच्चाट ना. ४. लुछ्ने वा उखेल्ने काम ।
8744 उच्चाटन ना. १. तन्त्रमन्त्रको प्रयोगले गरिने त्रास वा संहार; तन्त्रका छ अभिचार कर्ममध्ये एक ।
8745 उच्चाटन ना. २. उराठ; झर्को ।
8746 उच्चाटिलो वि. उराठलाग्दो; उच्चाटलाग्दो ।
8747 उच्चायुक्त ना. कुनै विशेष विभाग वा कामका निम्ति नियुक्त उच्च अधिकारी ( चिफ कमिस्नर ) ।
8748 उच्चार ना. मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली; उच्चारण।
8749 उच्चारक वि. उच्चार वा उच्चारण गर्ने; बोल्ने ।
8750 उच्चारक अङ्ग ना. स्वरयन्त्रदेखि माथिका विभिन्न उच्चारण अवयव ।