Dictionary

All Word

8551 उक्काइनु क.क्रि. उक्काउन लाइनु।
8552 उक्काउनु स.क्रि. उक्कन लाउनु।
8553 उक्किनु अ.क्रि. उक्कनु।
8554 उक्त वि. १. भनिएको; बताइएको; वर्णन गरिएको।
8555 उक्त वि. २. माथिको; भर्खरको।
8556 उक्ता ना. एक पाउमा एक मात्र अक्षर हुने वर्णवृत्त।
8557 उक्ताइ ना. उक्ताउने भाव, क्रिया वा प्रक्रिया |
8558 उक्ताइनु अ.क्रि. क्ताउने होइनु;, उच्चाट लाग्ने होइनु।
8559 उक्ताउनु अ.क्रि. कुनै कामकुराबाट दिक्क हुनु वा वाक्क हुनु; उच्चाट लाग्नु; अमन हुनु।
8560 उक्ति ना. १. भनाइ; कथन।
8561 उक्ति ना. २. खास महत्त्वको वाक्य; सारगर्भित भनाइ |
8562 उक्तिप्रत्युक्ति ना. सवालजवाफ; कुराकानी; संवाद; कथोपकथन।
8563 उक्रिम ना. रिन चुक्ता भएको स्थिति; ऋणबाट छुटकारा; ऋणमुक्ति; उऋण।
8564 उक्लनु अ.क्रि. माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु।
8565 उक्लाइ ना. उक्लने काम वा प्रक्रिया |
8566 उक्लाइनु क.क्रि. १. उक्लन लाइनु।
8567 उक्लाइनु क.क्रि. २. उकेरा लाउने काम गरिनु।
8568 उक्लाउनु प्रे. क्रि. / स.क्रि. उक्लन लाउनु।
8569 उक्लाउनु स.क्रि. पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु।
8570 उक्लिनु अ.क्रि. १. हे. उक्लनु।
8571 उक्लिनु अ.क्रि. २. उकालो लागिनु।
8572 उक्सनु अ.क्रि. १. रोटी आदि पकाउँदा आगोमा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु; भुक्लुक्क हुनु।
8573 उक्सनु अ.क्रि. २. घाउखटिरा सुनिनु।
8574 उक्सनु अ.क्रि. ३. कामबाट फुर्सत पाउनु; उत्रनु।
8575 उक्साइ ना. उक्सने भाव वा क्रियाप्रक्रिया ।
8576 उक्साइनु क.क्रि. उक्सने पारिनु; उक्सन लाइनु ।
8577 उक्साउनु प्रे. क्रि. उक्सने पार्नु; उक्सन लाउनु ।
8578 उक्सिनु अ.क्रि. १. उक्सनु ।
8579 उक्सिनु अ.क्रि. २. उक्सने काम होइनु ।
8580 उखडा ना. रैतीका नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगदी वा जिन्सी उठाउन पाउने गरी कमाउन दिने जमिन; रैतीले कमाउने त्यस्तो व्यवस्था भएको जग्गा । ( १९८१ सालमा 'क' नं. को फारम खडा गरी जमिनदारले 'उखडा' का नाउँमा दर्ता गरेको यस्तो जग्गा भूमिसुधार ऐन, २०२० लागु भएपछि केही मुआबजा दिएर रैतीका नाउँमा दर्ता गरिएको छ र उखडा उन्मूलन भइसकेको छ । ) ।
8581 उखन्ड वि. ज्यादा; अति; बिछट्ट; धेरै; असाध्यै ।
8582 उखन्ड वि. रैतीका नाउँमा दर्ता नभई सरकारको अधीनमा रहेको (जमिन) ।
8583 उखरमाउलो ना. १. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप ।
8584 उखरमाउलो ना. २. ज्यादै कडा गर्मी; भावर।
8585 उखरमाउलो ना. ३. छुकछुके बानी; अति चञ्चलता ।
8586 उखरमाउलो ना. ४. उच्छृङ्खलता ।
8587 उखरमाउलो ना. ५. प्रेमीप्रेमिका आदिका बिच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख ।
8588 उखरमाउलो ना. ६. सहिनसक्नु झगडा | वि.
8589 उखरमाउलो ना. ७. ज्यादै चञ्चल; अस्थिर ।
8590 उखाड्नु स.क्रि. १. बोटबिरुवा आदिलाई जरसहित उखेल्नु ।
8591 उखाड्नु स.क्रि. २. रहेबसेको ठाउँबाट हटाउनु; झिक्नु ।
8592 उखाडाइ ना. उखाड्ने क्रिया वा प्रक्रिया ।
8593 उखाडिनु क.क्रि. उखाड्ने काम गरिनु ।
8594 उखान ना. लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला उक्ति; लोकोक्ति; आहान; कहावत ।
8595 उखान तुक्का / टुक्का ना. लोकोक्ति र मुहावरा ।
8596 उखार्ता ना. उखुको टुप्पो; उखुको बिउ ।
8597 उखाल ना. वमन; वान्ता; छाद; उल्टी; वाक ।
8598 उखालपखाल क्रि.वि. १. सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम); उपर्तली ।
8599 उखालपखाल क्रि.वि. २. थामिनसक्ने गरी (काम पर्ने चाल ); छेलोखेलो।
8600 उखाल्नु स.क्रि. १. कसैलाई उठीबास लाउनु; ढुटीमाटी पार्नु ।