Dictionary

All Word

8951 उडका ना. लामो चुच्चो हुने बट्टाईका रङ्गको सारौँजत्रो, सिमसारमा पाइने एक चरो; चाहा; लामचुच्चे ।
8952 उडन ना. उड्ने काम ।
8953 उडनतस्तरी ना. परीकथाहरूमा पाइने आकाशमा उड्ने डुङ्गा; काल्पनिक हवाईजहाज ।
8954 उडनधर्मी वि. उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि) ।
8955 उडन्ता वि. १. कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा) ।
8956 उडन्ता वि. २. नचाहिँदो किसिमले खर्च गर्ने; फजुलखर्ची; खर्चालु ।
8957 उडन्ता वि. ३. जहाँतहीँ पुग्ने; घुमन्ता ।
8958 उडन्ताम् वि. हे. उडन्ता ।
8959 उडन्ती वि. हे. उडन्ता ।
8960 उडन्ते वि. उड्ने जातको; उडुवा ।
8961 उडाइ ना. उड्ने भाव, क्रिया वा प्रक्रिया ।
8962 उडाइनु क.क्रि. उड्ने पारिनु; उड्न लाइनु ।
8963 उडाउनु प्रे.क्रि. १. उड्न लाउनु; उड्ने पार्नु। स.क्रि.
8964 उडाउनु प्रे.क्रि. २. खिसिटिउरी गर्नु; गिज्याउनु ।
8965 उडाउनु प्रे.क्रि. ३. भएनभएको कुरा गाँसेर उराल्नु, फुर्क्याउनु ।
8966 उडाउनु प्रे.क्रि. ४. नचाहिँदो किसिमले धनपैसा मास्नु; बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु।
8967 उडाउनु प्रे.क्रि. ५. बतासले धुलोमाटो आदि सगरमा लानु ।
8968 उडाउनु प्रे.क्रि. ६. नाङ्लो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु ।
8969 उडाउनु प्रे.क्रि. ७. कुनै वस्तु थाहा नपाई लानु; चोर्नु ।
8970 उडाउनु प्रे.क्रि. ८. कुनै कामकुरो मिलिक्कै सक्नु।
8971 उडाउनु प्रे.क्रि. ९. खानेकुरो फुर्तीसाथ छिटै खानु ।
8972 उडान ना. १. पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजद्वारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान।
8973 उडान ना. २. उड्ने क्रिया वा भाव; उडाइ ।
8974 उडान कर ना. हवाईजहाजबाट प्रस्थान गर्दा विमानस्थलमा उठाइने अतिरिक्त शुल्क।
8975 उडान सेवा ना. हवाईसेवा ।
8976 उडालु वि. १. धेरै समयसम्म उड्ने स्वभावको ।
8977 उडालु वि. २. अनियन्त्रित रूपमा खर्च गर्ने; खर्चालु ।
8978 उडिल्याइँ ना. उडिल्याउने चाल; बहकावट ।
8979 उडिल्याउनु स.क्रि. कसैलाई नभएका कामकुरामा सर्काउनु वा जिस्क्याउनु; उडाउनु।
8980 उडु ना. १. नक्षत्र; तारा ।
8981 उडु ना. २. चरा; पक्षी ।
8982 उडु ना. ३. डुङ्गा; नाउ ।
8983 उडुगण ना. ताराको समूह; नक्षत्रपुञ्ज ।
8984 उडुपति ना. चन्द्रमा ।
8985 उडुल्को ना. सम्म ठाउँमा केही उठेको भाग ।
8986 उडुवा वि. १. उड्ने स्वभावको।
8987 उडुवा वि. २. बेप्रमाणको; आधारहीन; उडन्ता ।
8988 उडुवा वि. ३. चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची ।
8989 उडुवा भ्यागुतो ना. सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औँलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा गाँठा परेको, रुखमा बस्ने र एक रुखबाट अर्को रुखमा हातखुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूहमा पर्ने यो भ्यागुतो, नेपाल, भारत आदि देशमा पाइन्छ।)।
8990 उडुवा माछो ना. अगाडि पखेटा फैलिएर चराको जस्तै भएको, फुत्त फुत्त पानीमा उड्न सक्ने, अन्दाजी १० इन्च लामो हुने एक माछो (माछासमूहमा पर्ने यो माछो हिन्द र आन्ध्र महासागरमा पाइन्छ।)।
8991 उडुवा लोखर्के ना. लामो भुवादार, ध्वाँसे परेको शरीर र ठुला कान भएको, रुखमा बस्ने, राति हिँडडुल गर्ने र १३५ मिटरसम्म उड्न सक्ने लोखर्के। (स्तनधारी समूहमा पर्ने यस लोखर्केको छाला फैलिएर पखेटाजस्तो बनेको हुन्छ)।
8992 उडुस ना. पलङ, बिछ्यौना, झुल आदिमा हुने, गहतजस्तो कलेजी रङको, मानिसको रगत चुस्ने च्याप्टो किरा ।
8993 उडुसे वि. उडुसजस्तो; उडुसको छाँटको ।
8994 उड्कनु स.क्रि. १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु ।२. आफूबाट भएगरेका कामकुरा बारम्बार दोहोऱ्याउनु ।
8995 उड्कनु स.क्रि. ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने-नचाहिने कुरा गरेर बाझ्नु ।
8996 उड्कनु स.क्रि. ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भुस वा खरानी दलेर सफा गर्नु ।
8997 उड्काइ ना. उड्कने भाव वा क्रियाप्रक्रिया ।
8998 उड्काइनु क.क्रि. उड्कन लाइनु ।
8999 उड्काउनु प्रे.क्रि. उड्कन लाउनु; अर्काको दोष कोट्ट्याउनु ।
9000 उड्कुसी-मुड्कुसी ना. केटाकेटीले भुईंमा हात फिँजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल ।