Dictionary

All Word

9101 उत्तरपद ना. समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद ।
9102 उत्तर पुस्तिका ना. प्रश्नको उत्तर दिने पुस्तिका वा कागत ।
9103 उत्तर मध्यमा ना. संस्कृततर्फ पूर्वमध्यमा र शास्त्रीका बिचको इन्टर वा प्रमाणपत्र समकक्षको परीक्षा वा तह ।
9104 उत्तर प्रत्युत्तर ना. जवाफ सवाल; प्रश्नोत्तर; भनाभन ।
9105 उत्तर फाल्गुनी ना. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; बाह्रौँ नक्षत्र ।
9106 उत्तर भाद्रपद ना. सत्ताइस नक्षत्रमध्ये एक; छब्बिसौँ नक्षत्र ।
9107 उत्तर मीमांसा ना. पूर्वमीमांसा र उत्तरमीमांसामध्ये एक; वेदान्त दर्शन ।
9108 उत्तरा ना. १. उत्तर; जवाफ।
9109 उत्तरा ना. २. महाभारतप्रसिद्ध अभिमन्युकी पत्नी ।
9110 उत्तराकाङ्क्षी वि. जवाफ चाहने; उत्तरको आशा गर्ने (व्यक्ति)।
9111 उत्तराखण्ड ना. देवदेवताको निवासस्थल तथा पुण्यभूमि मानिएको भारतवर्षको उत्तरपट्टिको भाग; हिमालका आसपासको खण्ड ।
9112 उत्तराधिकार ना. कुनै व्यक्ति मरेपछि वा उसको हक छुटेपछि निजको सम्पत्ति, अधिकार वा पद आदि पाउने हक ।
9113 उत्तराधिकारी वि. उत्तराधिकार पाउने; हकवाला ।
9114 उत्तरापेक्षी वि. जवाफको आशा गर्ने; उत्तर चाहने ।
9115 उत्तराभिमुख वि. १. उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको ।
9116 उत्तराभिमुख वि. २. उत्तर दिन तम्सेको ।
9117 उत्तरायण ना. १. पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय ।
9118 उत्तरायण ना. २. सूर्य मकररेखाबाट उत्तरतर्फ लाग्ने काम ।
9119 उत्तरार्द्ध/उत्तरार्ध ना. कुनै वस्तुको पछिल्लो आधा भाग; पछिल्लो आधा; दुई भागमध्ये अन्तिम भाग (ग्रन्थ आदिको); अर्धी।
9120 उत्तराषाढा ना. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; एक्काइसौँ नक्षत्र ।
9121 उत्तरित वि. जवाफ दिइसकिएको; उत्तर दिइएको ।
9122 उत्तरीय ना. १. पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने । वि.
9123 उत्तरीय ना. २. उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित ।
9124 उत्तरीय ना. ३. माथिको; मास्तिरको; माथिल्लो ।
9125 उत्तरीय वस्त्र ना. १. घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो, दौरा, मयलपोस, क्वाँच, कोट, इस्टकोट, लबेदा, चोँगा इ.); आङको लुगा ।
9126 उत्तरीय वस्त्र ना. २. पछ्यौरा; बर्को; खास्टो ।
9127 उत्तरोत्तर क्रि.वि. १. पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम।
9128 उत्तरोत्तर क्रि.वि. २. दिनदिनै; प्रतिदिन।
9129 उत्तरोत्तर क्रि.वि. ३. एकपछि अर्को; क्रमशः; लगातार ।
9130 उत्ताउलो वि. १. उचितभन्दा बढ्ता ।
9131 उत्ताउलो वि. २. अस्वाभाविक ढाँचा देखाउने; उचितभन्दा बढ्ता ठाँट पार्ने ।
9132 उत्ताउलो वि. ३. निर्लज्ज; लाज नभएको ।
9133 उत्ताउल्याइँ ना. उत्ताउलो हुनाको भाव; उत्ताउलोपन ।
9134 उत्तान वि. जमिनतर्फ पिठ्युँ अड्याएर सुतेको; चित परेको; उत्तानो ।
9135 उत्ताना टाङ ना. १. गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति।
9136 उत्ताना टाङ ना. २. जिल्लाराम; हरेस ।
9137 उत्ताना टाङ ना. ३. पूर्ण असफलता; पराजय; हार ।
9138 उत्तानु/उत्तानू वि. हे. उत्तानो।
9139 उत्ताने वि. उत्तानो परेको; उत्तानो परेर गरिने वा खेलिने (पौडी आदि) ।
9140 उत्तानो वि. १. जमिनतर्फ पिठ्युँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको ।
9141 उत्तानो वि. २. गहिरो नभएको; बिचको भाग बिटसँग नजिक भएको (तावा, ताप्के आदि) ।
9142 उत्ताप ना. १. गर्मी; तातो; उष्णता ।
9143 उत्ताप ना. २. आँच; ताप ।
9144 उत्ताप ना. ३. मनको पीडा; वेदना; दर्द; दुखाइ ।
9145 उत्ताप ना. ४. चिन्ता; व्यग्रता; आकुल स्थिति ।
9146 उत्तापित वि. १. गर्माइएको; तताइएको ।
9147 उत्तापित वि. २. उत्तेजित गरिएको ।
9148 उत्तापित वि. ३. दुःखी; पीडित ।
9149 उत्तारण ना. १. पार लगाउने काम; उतार्ने काम ।
9150 उत्तारण ना. २. समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार ।