Dictionary

All Word

10051 उपवास ना. २. अनशन; लङ्घन।
10052 उपवासक / उपवासी वि. उपवास गर्ने; निराहार बस्ने ।
10053 उपविद्या ना. १. व्यावहारिक वा लौकिक विद्या ।
10054 उपविद्या ना. २. गौण वा साधारण विद्या ।
10055 उपविधा ना. विभिन्न विधाका अङ्ग, उपाङ्ग; विधाका अन्तर्गत आउने ससाना विधा ।
10056 उपविधि ना. १. कुनै विधि वा नियमअन्तर्गत बनेको सानो नियम; विनियम ।
10057 उपविधि ना. २. गौण वा अपेक्षाकृत कम महत्त्वको विधि ।
10058 उपविभाग ना. कुनै ठुलो विभागअन्तर्गतको सानो विभाग; शाखा ।
10059 उपविभाजन ना. मूल विभाजनअन्तर्गतको विभाजन; सानोतिनो विभाजन ।
10060 उपविष ना. विशेष घातक नभएको हल्का किसिमको विष (भाङ, धतुरो आदि) ।
10061 उपविषय ना. मुख्य विषयअन्तर्गत रहेको सानोतिनो खालको विषय ।
10062 उपविष्ट वि. बसेको वा रहेको ।
10063 उपवीत ना. १. जनै; यज्ञसूत्र ।
10064 उपवीत ना. २. व्रतबन्ध; उपनयन ।
10065 उपवेद ना. १. मुख्य चार वेददेखि भिन्न वेद (आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद); लौकिक विद्या ।
10066 उपव्याख्या ना. व्याख्याअन्तर्गत आउने सानोतिनो व्याख्या; व्याख्यापछिको व्याख्या ।
10067 उपशमन ना. १. मनको इच्छा वा वासनालाई शमन गर्ने काम; इन्द्रिय निग्रह |
10068 उपशमन ना. २. शान्त रहने स्थिति वा काम ।
10069 उपशङ्का ना. शङ्कामाथिको पनि शङ्का; शङ्कामा पनि शङ्का ।
10070 उपशाखा ना. शाखाको पनि शाखा; सानो शाखा; प्रशाखा ।
10071 उपशाला ना. घरमा आएका पाहुनाहरूलाई बसाउने सानो घर; पाहुनाघर ।
10072 उपशिक्षक ना. प्रधान शिक्षकपछिको शिक्षक; सहायक शिक्षक ।
10073 उपशिष्य ना. शिष्यको पनि शिष्य; चेलाको चेलो ।
10074 उपशीर्षक ना. मुख्य शीर्षकअन्तर्गत रहने सानो शीर्षक; सहायक शीर्षक ।
10075 उपसंवाद ना. १. मुख्य संवादका पहिले गरिने सामान्य संवाद ।
10076 उपसंवाद ना. २. परस्परको प्रतिज्ञा वा कबुल; सम्झौता; सन्धि ।
10077 उपसंस्कार ना. मुख्य संस्कारको अङ्ग बनेको संस्कार; पछि गरिएको संस्कार; गौण संस्कार ।
10078 उपसंहार ना. १. कुनै विषयको समाप्ति; अन्त।
10079 उपसंहार ना. २. कुनै पुस्तक वा लेखको मुख्य विषयक्रमलाई टुङ्ग्याउन वा निचोडरूप दिन लेखिने अन्तिम अंश।
10080 उपसंहार ना. ३. सारांश; निचोर।
10081 उपसंहारी वि. १. उपसंहार गर्ने ।
10082 उपसंहारी वि. २. उपसंहार लेख्ने ।
10083 उपसचिव ना. राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको पद ।
10084 उपसभापति ना. सभापतिलाई सघाउने वा निजको अनुपस्थितिमा सभापतिको काम सँभाल्ने अधिकारी; उपाध्यक्ष।
10085 उपसभामुख ना. कुनै देशको प्रतिनिधिसभामा सभामुखको सहायकका रूपमा रहने वा निजको अनुपस्थितिमा सभामुखको कार्यभार सँभाल्ने व्यक्ति वा त्यस्तो पद ।
10086 उपसमिति ना. कुनै कार्य सम्पन्न गर्न गठित, मुख्य समितिअन्तर्गतको सानो समिति ।
10087 उपसम्पादक वि. १. सम्पादकका मातहतमा रहेर वा निजलाई सघाई सम्पादनको काम गर्ने । ना.
10088 उपसम्पादक वि. २. सहयोगी सम्पादक ।
10089 उपसर्ग ना. शब्दका अगाडि रहेर मूल शब्दका अर्थमा उकाल, ओराल, भिन्नता आदिको अर्थ दिने अव्यय शब्द (प्र, परा, अप, सम् आदि) ।
10090 उपसागर ना. भूभागभित्र घुसेको समुद्रको भाग; सानो समुद्र; खाडी ।
10091 उपसीमान्त भूमि ना. विशेष किसिमले फाइदा नहुने खेतीपाती भएको जग्गा; अनुर्वरा भूमि ।
10092 उपस्थ ना. १. तल्लो भाग; पुछारको अंश।
10093 उपस्थ ना. २. जननेन्द्रियका आसपासको प्रदेश; काछ ।
10094 उपस्थ ना. ३. काख ।
10095 उपस्थापन ना. कुनै सभा, संस्था आदिमा प्रस्ताव राख्ने वा प्रस्ताव पेस गर्ने काम वा प्रक्रिया ।
10096 उपस्थित वि. १. हाजिर भएको; नजिक रहेको ।
10097 उपस्थित वि. २. हेक्का भएको; सम्झनामा आएको ।
10098 उपस्थिति ना. उपस्थित हुने काम वा अवस्था; हाजिरी; विद्यमानता ।
10099 उपस्थिति पञ्जिका / पुस्तिका ना. हाजिरी जनाउने कापी; हाजिरी बही ।
10100 उपहसित वि. उपहास गरिएको; हँस्सी उडाइएको; हँसीठट्टा गरिएको ।