Dictionary

All Word

13951 काकताली ना. २. संयोगले; पूर्वयोजनाविना नै।
13952 काकताली न्याय ना. संयोगवश हुन वा मिल्न जाने कुनै घटना।
13953 काकदन्त ना. १. कागको दाँत।
13954 काकदन्त ना. २. अस्तित्व नै नभएको असम्भव कुरो।
13955 काकपक्ष ना. बालक वा तन्नेरीहरूका दुवै कनपटीका लामा लामा केश (विशेष गरेर छेत्रीहरूको)।
13956 काकपद/पाद ना. १. हस्तलिखित ग्रन्थादि पाण्डुलिपिमा कुनै अक्षर, पद आदि छुटेको सङ्केत गर्दा प्रयोग गरिने चिह्न (^); कागखुट्टे।
13957 काकपद/पाद ना. २. सम्भोगको एक विशेष रीति।
13958 काकपुष्ट ना. कोइली; कोकिल।
13959 काकबलि ना. १. कार्तिक कृष्ण त्रयोदशीका दिन धार्मिक दृष्टिकोणले कागलाई खान दिइने चिजबिज; कागतिहारको दिन कौवालाई दिइने बलि।
13960 काकबलि ना. २. श्राद्धका समयमा कौवालाई दिइने भोजनको अंश।
13961 काकवन्ध्या ना. एउटा मात्र छोरो पाएर फेरि कुनै सन्तान जन्माउने स्त्री।
13962 काकली ना. १. मधुर अस्फुट ध्वनि; श्रुतिमधुर तरङ्ग; मन्दमधुर स्वर।
13963 काकली ना. २. कैँची।
13964 काका १ ना. बाबुको भाइ; कान्छा बाबु; कान्छाबा।
13965 काका २ क्रि.वि. १. काग वा कौवा कराउँदा आवाज निस्कने चालमा। ना.
13966 काका २ क्रि.वि. २. त्यस्तो आवाज।
13967 काकाकुल ना. १. पानीका लागि मेघमा भर पर्ने एक पक्षी; चातक।
13968 काकाकुल ना. २. पानी खान लाग्दा नदिनेलाई प्रयोग गरिने शब्द।
13969 काकाकौवा ना. १. कल्की भएको, रङगीबिरङ्गी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा।
13970 काकाकौवा ना. २. सालको पातलाई बिचमा चिरी सिन्का घुसारेर कौवाका पखेटा जस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल।
13971 काकातिल ना. घाँटीमा रातो डल्लो झुन्डिएको एक पक्षी।
13972 काकातुवा ना. हे. काकाकौवा।
13973 काकी ना. काकाकी स्त्री; कान्छी आमा।
13974 काकु ना. १. भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन।
13975 काकु ना. २. स्वीकारात्मक अर्थलाई प्रकट गर्ने निषेधात्मक शब्द।
13976 काकु ना. ३. गुनगुनाहट।
13977 काकु ना. ४. जिब्रो।
13978 काकुल ना. मिलाएर छाँट पारी काटिएको कपाल; जुल्फी।
13979 काकुलाइ ना. काकुलिने क्रिया वा प्रक्रिया।
13980 काकुलिनु अ.क्रि. घुम्रिनु; कुलकुलाउँदो हुनु (कपाल आदि)।
13981 काकुवक्रोक्ति ना. कण्ठध्वनि विकारका आधारमा वक्ताले बोलेको वाक्य सुनेर श्रोताले अभिप्रेत अर्थबाट इतर अर्थको व्यञ्जना गर्ने वाक्विन्यास; वक्रोक्ति अलङ्कारको एक भेद।
13982 काकोल ना. १. एक जातको काग; कालो काग, पहाडी काग; ढोले।
13983 काकोल ना. २. सर्प।
13984 काकोल ना. ३. विष ( हलाहल )।
13985 काकोली ना. मरुई लताविशेष।
13986 काख ना. बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलेँटीको माथिल्लो भाग; अङ्क।
13987 काखको बालो ना. चिचिलो बालक; साह्रै सानो नानी।
13988 काखी ना. काँधको जोर्नी पर्ने कुममन्तिरको खोपिल्टो; खुकुनी; कोखेलो।
13989 काखे वि. १. अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक)।
13990 काखे वि. २. काखमा राख्न मात्र ठिक्क हुने।
13991 काग १ ना. १. औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो।
13992 काग १ ना. २. मटितेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक।
13993 काग २ ना. चिल्लो कालो प्वाँख हुने, रुखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा; काक।
13994 कागखुट्टे ना. हे. काकपद/काकपाद।
13995 कागचुच्चे ना. कागको टाउकाको जस्तो आकारको फल फल्ने, निलो फूल फुल्ने, करेलाको झैँ पात हुने लताविशेष; त्यसकै फल वा फूल।
13996 कागज ना. कागत; पत्र।
13997 कागजपत्र ना. विभिन्न विषयका कागजहरू; कागजात।
13998 कागज जाँच ना. हे. कागत जाँच।
13999 कागजात ना. विभिन्न विषय लेखिएका कागजहरूको फाइल; कागजपत्र; मिसिल।
14000 कागजी वि. १. कागजसम्बन्धी; कागजमा आधारित।