Dictionary

All Word

13901 कांस्यताल ना. २. मुजुरा वा झ्याली बजाउँदा सुनिने ध्वनि तरङ्ग।
13902 कांस्ययुग ना. काँसाको हतियारद्वारा युद्ध गर्ने युग; पुरातत्त्व- विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बिचको समयावधि।
13903 काइँकुइँ क्रि.वि. मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन; नाइँनास्ति; आनेकाने; चुँक्क।
13904 काइँकोरी ना. कपाल कोर्ने काम।
13905 काइँयो ना. हे. काँगियो।
13906 काइँली ना. हे. काहिँली।
13907 काइँलो ना. हे. काहिँलो।
13908 काइते ना. लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ।
13909 काइते अक्षर ना. डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले मात्र बुझ्नुपर्ने हस्तलिपि।
13910 काइदा ना. १. काम गर्ने तौरतरिका; कायदा; रीति; नियम। वि.
13911 काइदा ना. २. राम्रो; सुन्दर; असल (काइदाको घर, काइदाको दही इ.)।
13912 काइना ना. ठुलठुला पात र फूलहरू धेरैजसो झरिसकेपछि रहलपहल रहेका ससाना पात र फूल।
13913 काई ना. १. सिमसार वा रुखमा उम्रने हरियो मसिनु झ्याउ; पानीझ्याउ।
13914 काई ना. २. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस।
13915 काई ना. ३. बिरामी पर्दा हत्केला, पैताला, नङ आदिमा देखा पर्ने कालो मयल।
13916 काई ना. ४. सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल।
13917 काई ना. ५. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ।
13918 काई ना. ६. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली।
13919 काउँकाउँ क्रि.वि. हे. क्याउँक्याउँ।
13920 काउकाउ क्रि.वि. १. कुतकुती लाग्ने वा लगाउने किसिमले। ना.
13921 काउकाउ क्रि.वि. २. कागको बचेरो (बालबोलीमा)।
13922 काउकुती ना. शरीरका खास खास अङ्गमा हलुका स्पर्श गर्दा घोच्दा पैदा हुने हाँसो वा झस्को; कुतकुती; गुदगुदी।
13923 काउछे ना. १. सहिदहरूका कारणले चर्चित सिन्धुली जिल्लाको एक गाउँ। वि.
13924 काउछे ना. २. हे. काउसे।
13925 काउछे सिमी ना. हे. काउसे सिमी।
13926 काउछो ना. हे. काउसो।
13927 काउडीकाने वि. खास गरी बालकलाई माया गर्दा भनिने शब्द।
13928 काउडो वि. भैँसीलाई गाली गर्दा भनिने शब्द।
13929 काउन्टर ना. १. पसल, ब्याङ्क आदिमा पैसाको कारोबार वा लेनदेन गर्न व्यवस्था गरिएको अलग एकाइ वा ठाउँविशेष।
13930 काउन्टर ना. २. पैसा गन्ती गर्ने व्यक्ति।
13931 काउबुजी ना. १. किरो; गुजी; बुजी। (उदा.- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ ! )
13932 काउबुजी ना. २. हे. काउबुडी।
13933 काउबुडी ना. १. केटाकेटीहरूलाई काउकुती लगाउँदा भनिने शब्द; काउबुजी।
13934 काउबुडी ना. २. काउकुती।
13935 काउली १ ना. चारैतिर हरिया ठुला पात हुने र बिचमा सेतो ठुलो खँदिलो फूल फुल्ने तरकारीविशेष; फूलकोपी; फूलगोभी; कोपी।
13936 काउली २ ना. हे. काई; लेउ।
13937 काउलो ना. चिलाउनेका जस्ता पात हुने र गोल फल फल्ने, हृदयरोगलाई हित हुने फलविशेष।
13938 काउसे वि. काउसोजस्तो; काउसाको छाँटको।
13939 काउसे सिमी ना. निलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा।
13940 काउसो ना. १. निलो फूल फुल्ने, खैरो रङको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो। वि.
13941 काउसो ना. २. पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोऱ्याइँ गर्ने (मानिस)।
13942 काक ना. काग; कौवा।
13943 काकगवेषण ना. १. असम्भव कुरा वा वस्तुको खोजी।
13944 काकगवेषण ना. २. कागको जस्तो तिखो चलाखीले गरिने खोजतलास।
13945 काकगोलक ना. जुन आँखाले हेर्नुपऱ्यो त्यतैपट्टि सर्ने कागको आँखाको नानी। (त्यसै कल्पनामा कागलाई 'एकदृक्' भनिएको हो।)
13946 काकजङ्घा ना. १. कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी।
13947 काकजङ्घा ना. २. लालगेडी; रातीगेडी; रत्ती।
13948 काकजङ्घा ना. ३. मसी।
13949 काकजम्बु ना. कुवा वा तलाउ, नदीको नजिकमा हुने, अतिसानो, प्रायः कागैले मात्र खाने जामुनका जातको फल।
13950 काकताली ना. १. अकस्मात् वा अप्रत्याशित रूपबाट भएको दुर्घटना। क्रि.वि.