Dictionary

All Word

13751 कहर ना. १. विपत्ति; आपत्; सङ्कट।
13752 कहर ना. २. दुःख; हैरानी।
13753 कहर काट्नु टु. दुःख खेप्नु। (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पऱ्यो)।
13754 कहराउनु अ.क्रि. कुनै कुराले च्याँठिनु; झर्किनु।
13755 कहलाइ ना. कहलाउने भाव क्रिया वा प्रक्रिया।
13756 कहलाइनु अ.क्रि. प्रसिद्ध होइनु; राम्रो वा नराम्रो नाम चलेको होइनु।
13757 कहलाउनु अ.क्रि. नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु।
13758 कहलिनु अ.क्रि. प्रसिद्ध हुनु; नाउँ चल्नु।
13759 कहल्याइ ना. कहलिने भाव, क्रिया वा प्रक्रिया।
13760 कहल्याइनु क.क्रि. साबित गराइनु; कायल पारिनु।
13761 कहल्याउनु स. क्रि. १. कायल पार्नु; साबित पार्नु।
13762 कहल्याउनु स. क्रि. २. हप्काउनु; तर्साउनु।
13763 कहाँ क्रि.वि. १. कुन ठाउँमा; कता। अव्य.
13764 कहाँ क्रि.वि. २. कहाँ हो कहाँ; समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द। (उदा.- कहाँ राजा भोज, कहाँ गङ्गू तेली। - उखान।)
13765 कहाइ ना. कहने भाव, क्रिया वा प्रक्रिया।
13766 कहाइनु क.क्रि. भनाइनु; कहन लाइनु।
13767 कहाउनु प्रे.क्रि. भनाउनु; कहन लाउनु।
13768 कहानी ना. मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले कथासूत्रमा उनिएको भावप्रधान वा विषयप्रधान घटना भएको रचना; कथा; किस्सा; आख्यायिका।
13769 कहार ना. परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति। स्त्री. कहार्नी; कहारिन।
13770 कहालिनु अ.क्रि. डर वा अत्यासले रिँगटा लाग्नु; कहाली लाग्नु; डराउनु; तर्सनु; आत्तिनु।
13771 कहाली ना. १. कुन्नै अग्लो ठाउँबाट तलतिर हेर्दा लाग्ने डर वा रिँगटा।
13772 कहाली ना. २. डरलाग्दो वस्तु देख्ता हुने अत्यास।
13773 कहावत ना. कुनै तथ्य वा अनुभूत सत्य भएको लोकप्रचलित कथन; लोकोक्ति; उखान।
13774 कहिनु क.क्रि. भनिनु; बताइनु।
13775 कहिरन ना. थाहा दिने उद्देश्यले कहिएको वा भनिएको कुरा; बयान; विवरण; हुलिया।
13776 कहिले क्रि.वि. कुन समयमा, कुन बखतमा; कुन बेला।
13777 कहिलेकहीँ/काहीँ क्रि.वि. कुनै कुनै समयमा; बेलाबखत; आकलझुक्कल।
13778 कहिल्यै क्रि.वि. कहिले पनि।
13779 कहीँ क्रि.वि. १. कुनै ठाउँमा; कतै।
13780 कहीँ क्रि.वि. २. कुनै बेला; कुनै समयमा; कोही बखतमा।
13781 का प्रत्य. १. सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न। ना. यो.
13782 का प्रत्य. २. 'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका; लामका लाम इ.)।
13783 काँकरी ना. हे. काँक्री। (उदा.- काँकरीको बानैबान, कुदी आयो हनुमान; काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान)।
13784 काँक्री ना. ससानो खालको काँक्रो; काँक्रोको क्षुद्रतावाचक शब्द; काँकरी।
13785 काँक्री बियाँ वि. काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)।
13786 काँक्रेविहार ना. सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल। (उक्त भग्नावशेषमा ठुलठुला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन्।)
13787 काँक्रो ना. खास गरी वर्षाकालमा लहरामा झाङ्गिएर फल्ने, हरियो वा सेतो, पातलो बोक्रा भएको र लाम्चो आकारको, सलादमा राखिने वा अचार पार्न हुने फलविशेष; ककडी। काँक्रो चोरलाई मुड्कीको सास्ती (उखान)।
13788 काँगियो ना. १. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगयो; कँगिनी; काइँयो।
13789 काँगियो ना. २. काँगियोजस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेँलो फूल फुल्ने एक जातको रुख।
13790 काँगियो ना. ३. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन्। )।
13791 काँगियो ना. ४. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।
13792 काँग्रेस ना. हे. कङ्ग्रेस।
13793 काँच ना. बालुवा, सोडा, चुन आदि मिसाएर तयार पारिएको तथा चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने वस्तु; सिसा।
13794 काँचुली ना. शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र।
13795 काँचुली फेरिनु टु. खराब अवस्थाबाट राम्रो अवस्थामा पुग्नु; स्थितिमा परिवर्तन आउनु।
13796 काँचो वि. १. नपाकेको; प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.)।
13797 काँचो वि. २. यन्त्र वा कलाद्वारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ.); अपरिपक्व।
13798 काँचो वि. ३. बुद्धि, विचार, व्यवहार आदिमा पाको नभएको (काँचो मान्छे, काँचो उमेर इ.)।
13799 काँचो कचिलो वि. नपाकेको र चिचिलो ( फलफूल वा खाद्य पदार्थ)।
13800 काँचो पदार्थ ना. माल तयार हुनुभन्दा पूर्वको वस्तु; कच्चा पदार्थ।