Dictionary

All Word

14501 कारयिता वि. २. गराउने; गर्न लाउने।
14502 कारवाई ना. हे. कारबाही।
14503 कारा ना. १. कैद; बन्धन।
14504 कारा ना. २. कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह।
14505 कारा ना. ३. वीणाको गर्धनको तल्लो भाग।
14506 कारा ना. ४. पीडा; कष्ट।
14507 कारा ना. ५. सुनको काम गर्ने आइमाई।
14508 कारागार ना. जेल; झ्यालखाना; बन्दीगृह; कारा।
14509 कारागारिक ना. जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी; जेलको हाकिम।
14510 कारागृह ना. कारागार; जेलखाना।
14511 कारादण्ड ना. जेलमा थुन्ने सजाय; कैद सजाय; थुना।
14512 काराध्यक्ष ना. कारागृहको प्रशासनिक अधिकृत; जेलखानाको मुख्य हाकिम।
14513 काराबन्दी ना. कैदी; बन्दी; थुनुवा।
14514 कारावास ना. जेलमा थुनिने काम; कारागारको सजाय भोग्ने काम।
14515 कारिका ना. १. थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति।
14516 कारिका ना. २. नर्तकी।
14517 कारिका ना. ३. व्यवसाय; पेसा।
14518 कारिका ना. ४. व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि)।
14519 कारिगर ना. १. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी।
14520 कारिगर ना. २. कलपुर्जाको काम गर्ने व्यक्ति; कालिगड।
14521 कारिगरी ना. कारिगरको काम वा पेसा; कालिगडी; शिल्पकार्य।
14522 कारिणी वि. कारी; गर्ने; विशेषतः शब्दको पछिल्तिर जोडिएर 'गर्ने' भन्ने अर्थमा उत्तरपदका रूपमा आउने (कार्यकारिणी, प्रबन्धकारिणी इ.)।
14523 कारित वि. गराइएको; बनाइएको।
14524 कारिता ना. १. ऋणीको स्वीकृतिमा प्रचलित कानुन तोकेभन्दा बढी दरमा लिइने ब्याज।
14525 कारिता ना. २. कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.)।
14526 कारिन्दा ना. निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी; काइते; क्लर्क।
14527 कारी वि. गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ.)।
14528 कारुणिक वि. १. करुणाको भाव भएको; दयालु; कृपालु।
14529 कारुणिक वि. २. करुणायुक्त; करुणाले भरिएको।
14530 कारुण्य ना. करुणाको भाव वा अवस्था; दया वा कृपा।
14531 कारोबार ना. १. कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार।
14532 कारोबार ना. २. रकम वा कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; ऐँचोपैँचो।
14533 कारोबार ना. ३. उद्योगधन्दा; इलम; व्यवसाय।
14534 कारोबारी वि. कारोबार गर्ने; बेपारको पेसा अँगाल्ने; लेनदेन गर्ने।
14535 कार्गो ना. जल, स्थल वा हवाईमार्ग हुँदै एक ठाउँबाट अर्को ठाउँ पुऱ्याउन ल्याइएको मालमत्ता।
14536 कार्गो बुक ना. कुनै कम्पनी वा संस्था आदिले कार्गो सेवा उपलब्ध गर्नाका निम्ति गरिने अग्रिम अनुबन्ध।
14537 कार्गो सेवा ना. जल, स्थल वा हवाईमार्गबाट मालताल ल्याउनेलाने वा ओसारपसार गर्ने कार्य।
14538 कार्चोप ना. १. कपडामा बुट्टा भर्ने कला वा काम; बत्तुभराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी)।
14539 कार्चोप ना. २. बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन।
14540 कार्चोपी वि. कार्चोप वा बत्तु भरिएको; बुट्टा हालिएको।
14541 कार्चोपी टोपी ना. मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी।
14542 कार्टुन ना. कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औँल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको व्यङ्ग्यचित्र; व्यङ्ग्यचित्र।
14543 कार्ड ना. कुनै पर्व, उत्सव वा विवाह आदिका निमन्त्रणा छापिने वा अन्य विशेष लेखपढ आदिमा प्रयोग गरिने आयताकार, बाक्लो र दह्रो कागजको टुक्रा; पत्र। (निमन्त्रणाकार्ड, पोस्टकार्ड, पुस्तक लेनदेन कार्ड इ.)।
14544 कार्तवीर्य ना. कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन।
14545 कार्तिक ना. असौज र मङ्सिरका बिचको महिना; सातौँ महिना; कात्तिक।
14546 कार्तिकेय ना. युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वर्णन गरिएका शिवपुत्र; स्कन्द; अग्निभू; गङ्गापुत्र; षडानन; षण्मुख; कुमार; स्वामी- कार्तिक; मयूरवाहन।
14547 कार्तोस ना. बाक्लो गत्ता, धातु आदिबाट बनाइएको, टोटावाल बन्दुक, तोप, पिस्तौलमा बारुदजस्ता विस्फोटक पदार्थ बन्द गरिएको वस्तु; टोटा (पानीभित्र विस्फोट गराई यसबाट माछा मार्ने काम पनि गरिन्छ।)
14548 कार्नेस ना. घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि आवश्यकताअनुसार प्रत्येक तलाका बिचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको इँट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छ।
14549 कार्पेट ना. १. भुईं ढाक्न ओछ्याइने बाक्लो सादा वा बुट्टेदार कपडा; दरी।
14550 कार्पेट ना. २. पालकीका विभिन्न भेदमध्ये एक।